English

रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय मान्दैनौं



सरकारले कोरोना भाइरसको बेलायत भेरियन्टको बढ्दो संक्रमण दरलाई ध्यानमा राखेर कडाई गर्न थालेको छ । भारतमा नयाँ प्रकारको भाइरसको संक्रमण बढिरहेकाले विभिन्न निकायलाई सर्तकता अपनाउन आग्रह गर्दै बुधबार जनस्वास्थ मन्त्रालयले सूचना जारी गर्यो । उक्त निर्णयमा रात्रिकालीन व्यवसायलाई राति ९ बजेपछि बन्द गर्न मन्त्रालयको आग्रह छ । तर रात्रिकालीन व्यवसायीहरू यो निर्णयमा आपत्ति जनाएका छन् । प्रस्तुत छ, यही विषयमा केन्द्रित रही ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारीसंग गरिएको कुराकानीः

सरकारले रात्रिकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । यसमा तपाईको टिप्पणी ?

सरकारले गरेको यो निर्णय एकदमै नराम्रो निर्णय हो । हामीहरूको परिषद्मा यसबारे पत्र आइपुगेको छैन, हामीले पनि यो निर्णय सुनेको मात्र हो । रात्रिकालीन व्यवसाय ९ बजे बन्द भनेको छ । कोरोना के राती ९ बजे पछि मात्र लाग्ने हो ? दिउँसोको भिडभाड हुन्छ । राती लगभग मान्छे सबै सुतेका हुन्छन् । दिउँसो भन्दा राती भिडभाड कम हुन्छ । त्यसैले, दिउँसोभन्दा राती कोरोना फैलिने त्रास कम हुन्छ ।

नाइट क्लब र लजहरूले हजारौंलाई रोजगारी प्रदान गर्दै आएका छन् । नेपाल सरकारले अनुगमन गरेर, विज्ञ टोली खटाएर रात्रिकालीन व्यवसायीहरूले कोरोनाको दायरा पालना गरेका छन् वा छैनन्, बुझेर मात्र निर्णय लिनुपर्छ ।

त्यसो भए सरकारको यो निर्णय के एकोहोरो ढंगले आएको हो ?

हो, नेपाली जनतालाई ध्यानै नपुर्याई सरकारले एकोहोरो निर्णय गरेको छ । यस्तो निर्णय सरकारले बुझेर र समन्वय गरे निर्णय लिनुपर्ने हाम्रो मान्यता हो । सरकारको यो निर्णय एकदमै गलत छ ।

सरकारले हठात् यस्तो निर्णय किन गरेको होला ?

भारतमा कोरोना बढेकाले यस्तो निर्णय गरेको होला । तर, मान्छेलाई रोजी, रोटीको खाँचो छ । यसरी व्यवसाय बन्द गर्न लगाएर हामी त्यो पुरा गर्न सक्दैनौं । हाम्रो आर्थिक स्थिति कमजोर छ । यी सबै कुराहरू मध्यनजर गरेर सरकारले विचार गर्नुपर्छ ।

सरकारले के गर्नु पथ्र्यो ?

भइराखेको व्यापारलाई राती नौ बजे नै किन बन्द गर्ने ? बरु राती १२ बजेपछि बन्द गर्न भन्नुपथ्र्यो । रात्रिकालीन व्यवसाय भन्नुकोे अर्थ ९ बजे हुँदै होइन । राती नौ बजे व्यवसाय बन्द गर्नु भन्नुको अर्थ रातीको व्यवसाय बन्द गर भन्न खोजेको हो भन्ने लाग्छ ।

सरकारको यस्तो निणर्यले के–कस्तो असर पर्छ ?

सरकारको यो निर्णय लकडाउन भन्दा कडा भयो । यसले प्रत्यक्ष पर्यटन क्षेत्रमा असर पर्छ । यसका साथै प्रत्यक्ष वा अप्रत्यक्ष लगभग पाँच लाख मान्छेले यस क्षेत्रबाट रोजगारी पाएका छन्, यस्तो निर्णयले उनीहरूको रोजीरोटी बन्द हुन्छ । राती सञ्चालन हुने लज, क्लबलगायत ससाना चिया पसल, भट्टी पसल बन्द हुन्छन् । यस्तोमा मान्छेहरू चोरी गर्न बाध्य हुन्छन् । व्यवसायीहरू मारमा पर्छन् ।

सरकारको निर्णय आइसक्यो । अब के गर्नुहुन्छ ?

सरकारको यो निर्णय परिपक्व भएन । हामी यो निर्णय मान्दैनांै । हाम्रो परिषदमा कुनै किसिमको पत्र पनि आएको छैन र हामीसंग कुनै किसिमको समन्वय गरिएको छैन । यदि पत्र आएमा पर्यटन मन्त्रालयमार्फत् हामीले रात्रिकालीन व्यवसाय खोल्न पाउनुपर्छ भनेर पहल गर्छौं ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो