English

बरु कोरोना लागोस् तर लकडाउन नहोस्



ठमेलमा रात्रिकालीन व्यवसाय गर्दै आएकी पञ्चकुमारी तामाङलाई फेरि लकडाउनको चिन्ताले पिरोल्न थालेको छ । सरकारले धमाधम रात्रिकालीन व्यवसाय, स्कूल, कलेज बन्द गर्ने र भीडभाड गर्न नदिने निर्णय सुनाएपछि उनी फेरि लकडाउन हुने हो कि भन्ने चिन्तामा छिन् । उनलाई ‘लकडाउन’ शब्द सुन्दा पनि अहिलेदेखि नै डर लाग्न थालेको छ ।

मैले एक वर्ष कामै गरिन, यत्तिकै बसेँ, बल्ल काम गर्न थालेको हो, अब फेरि सरकारले लकडाउन गर्छ कि भन्ने डर छ, उनी भन्छिन्, हल्ला त्यस्तै सुन्छु, खै अब के पो गर्नु ।

सरकारले यही सोमवार २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नहुन र रात्रिकालीन व्यापार, व्यवसाय बन्द गर्न निर्देशन दिएको थियो । ठूला व्यवसायीहरू सरकारको यो निर्देशन मान्न तयार छैनन् भने साना व्यवसायी अब के गर्ने भन्ने दोधारमा छन् ।

मैले एक वर्ष कामै गरिन, यत्तिकै बसेँ, बल्ल काम गर्न थालेको हो, अब फेरि सरकारले लकडाउन गर्छ कि भन्ने डर छ, पञ्चकुमारी भन्छिन्, हल्ला त्यस्तै सुन्छु, खै अब के पो गर्नु ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोल यदि सरकारले फेरि व्यवसाय बन्द गरे नेपालको पर्यटन क्षेत्र नै धरापमा पर्ने बताउँछन् । उनी भन्छन्, पर्यटन क्षेत्रकै मुटु मानिएको ठमेल बजारको रात्रिकालीन र दिवाकालीन व्यापार व्यवसाय बन्द गर् भनेमा ठमेल क्षेत्र नै बिस्थापित हुने खतरामा छ ।

त्यस्तै, फुटपाथे व्यापारी पञ्चकुमारी तामाङको पीडा पनि कम छैन । उनी राती ८ बजेदेखि ठमेलको सडकमा बसेर चुरोट, पानी, गुट्काको व्यापार गर्छिन्, त्यो पनि बिहानको तीन बजेसम्म । यो समयावधिको उनको कमाई सरदर एक हजार हो । कहिलेकाहीँ त खाली हातै फर्किनुपर्ने उनी बताउँछिन् । व्यापार गरेर खान सकिएन भने अब सरकारले दिए खाने नत्र ऋण खोजेर भएपनि खानुपर्ला, उनी भन्छिन् ।

तामाङले यसरी रात्रिकालीन व्यापार गरेर कमाएको १ हजारले ६ जनाको परिवार धान्नुपर्दछ । हुन त उनकी बहिनी पनि यस्तै व्यापार गर्छिन् । उनीहरूको घरमा ४ जना बच्चा छन् । उनीहरूलाई पढाउने र खुवाउने भनेको यही रात्रीकालीन व्यवसायले हो ।

लकडाउन भयो भने आफ्नो मात्र नभएर सारा नेपालीको लागि पीडादायक हुने उनको ठम्याइ छ । सबै जना काममै हुनुहुन्छ, कसैले जागिर खानुभएको होला, कसैले व्यापार व्यवसाय यस्तै होला तर सबैको रोजीरोटी खोसिन्छ, उनी भन्छिन् ।

सरकारले लकडाउन गर्न लागेको हल्ला सुनेपछि तामाङ बारम्बार झस्किरहेकी छन् । किनकी उनको मनमष्तिष्कबाट गत वर्षको ९ महिने लकडाउन अझै हटिसकेको छैन । त्यो बेलामा परिवारमा खान, कोठामा भाडा तिरेर बस्न उनलाई धेरै गाह्रो भयो । त्यो पीडा सम्झिँदा उनी अहिले पनि भक्कानिन्छिन् ।

पञ्चकुमारी भन्छिन्, ‘चोरेर खानु नपरोस्, काम गरेर खानलाई के को डर । मर्नु एकदिन छँदैछ । आज हो कि, भोलि कसलाई के थाहा ? तर यसरी भोकै बस्नु परे मर्ने निश्चित छ, बरु कोरोना लागोस् तर व्यापार गरेरै खाइन्छ ।

घरमा भोकै बसेर मर्नुभन्दा रोग सहेर काम गर्न ठीक हुने उनी बताउँछिन् । वर्षले ७० कटिसकेकी उनी सकुन्जेल काम गरेरै खाने बताउँछिन् । उनी भन्छिन्, ‘चोरेर खानु नपरोस्, काम गरेर खानलाई के को डर । मर्नु एकदिन छँदैछ । आज हो कि, भोलि कसलाई के थाहा ? तर यसरी भोकै बस्नु परे मर्ने निश्चित छ, बरु कोरोना लागोस् तर व्यापार गरेरै खाइन्छ ।

उनले यसरी सडकमा आएर व्यापार गर्न थालेको श्रीमान बितेपछि हो । उनका श्रीमानको निधन क्यान्सरका कारण भयो । श्रीमानलाई पाटन अस्पतालमा उपचारका लागि राखेको तर पैसा नपुगेकाले उपचार गर्न नसकेको उनी सम्झिन्छिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested