English

नेपालमा अंगदान र चुनौती



डा. प्रविन जोशी/प्रत्यारोपण शल्य चिकित्सक

शरीरको कुनै अंगले पूर्ण रुपमा काम गर्न छाडेको अवस्थामा अंग प्रत्यारोपण दिर्घकालीन उपचारको एकमात्र तरिका हो । लामो समयदेखि विश्वका धेरै मुलुकमा यो उपचार विधि अभ्यासरत छ । अंग प्रत्यारोपणका बखत कानूनी र नैतिक विषयलाई पनि उत्तिकै महत्वका साथ पालना गर्नु जरुरी छ । अन्यथा दुरगामी प्रभावहरु नराम्रो हुन सक्छ ।

अंग प्रत्यारोपणको लागि अंगदान जरुरी छ । यो दुई प्रकारको हुन्छ, जिवित व्यक्तिबाट गरिने अंगदान र मष्तिस्क मृत्यु (ब्रेन डेथ) पश्चात गरिने अंगदान । अहिले आएर मुटुको धड्कन बन्द भएपछि गरिने अंगदान पनि बिस्तारै स्थापित हुँदै गइरहेको छ । हाल दुबै प्रकारको अंगदान संसारका विभिन्न देशहरुमा अभ्यासमा छ । यिनका आ–आफ्नै चुनौति र सम्भावना छन् ।

अंग प्रत्यारोपणको लागि अंगदान जरुरी छ । यो दुई प्रकारको हुन्छ, जिवित व्यक्तिबाट गरिने अंगदान र मष्तिस्क मृत्यु (ब्रेन डेथ) पश्चात गरिने अंगदान ।

एसियाली मुलुकमा जीवित व्यक्तिबाट गरिने अंग प्रत्यारोपण प्रचलित छ । यो प्रविधिको नतिजा राम्रो हुन्छ तर प्राविधिक रुपमा चुनौतीपूर्ण हुन्छ । चिकित्सकीय दृष्टिकोणले जिवित अंगदाताको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ । दातालाई सानातिना समस्या आउन सक्छन् तर कहिलेकाही यो समस्या ठूलै पनि हुनसक्छ । नेपालको कानूनले दाताहरूको सूचिमा धेरै प्रकारको नातालाई समावेश गरेको छ ।

यसले अंगदानलाई सजिलो बनाएको छ यद्यपि, यसले मानव अंग बेचबिखनको जोखिम बढाएको छ । संसारमै मानव अंग तस्करी र कारोबारलाई घृणित अपराध मानिन्छ । नेपाल यसमा अग्रपङ्तीमा छ । यहाँ अंग प्रत्यारोपण सम्बन्धी नीति नियम बनाउने अधिकारसम्पन्न निकाय निकै कमजोर र अधुरो देखिन्छ । जसको गलत प्रयोग गरी फाइदा लिनेहरु पनि उत्तिकै छन् ।

संसारमै मानव अंग तस्करी र कारोबारलाई घृणित अपराध मानिन्छ । नेपाल यसमा अग्रपङ्तीमा छ । यहाँ अंग प्रत्यारोपण सम्बन्धी नीति नियम बनाउने अधिकारसम्पन्न निकाय निकै कमजोर र अधुरो देखिन्छ । जसको गलत प्रयोग गरी फाइदा लिनेहरु पनि उत्तिकै छन् ।

कतिपय अवस्थामा सरकारकै नीति नियमभित्र रही अंगदान गर्दा पनि मर्यादित र सही हुन सक्दैन । जस्तो कि, श्रीमानलाई अंग प्रत्यारोपण गर्नु पर्ने अवस्था आए श्रीमती र बुहारीलाई दबाव दिएरै अंगदान गर्न बाध्य पारिन्छ । एउटा गरिब नातेदारले पैसाको आशामा धनी नातेदारलाई अंग दान गर्छन । कानुनी तवरमा ठिक भएपनि यो नैतिक रुपमा गलत हो । यो स्वेच्छा र निश्वार्थ भावनाले दबावरहित हुनुपर्छ ।

प्रत्यारोपणमा कुनै पनि किसिमको दबाव, प्रलोभन र मानवअधिकार हनन् हुनु हुँदैन । यी कुराहरु अंगदानको आधारभुत कुरा भित्र पर्छन् । कसैको कमजोर आर्थिक अवस्थाको फाइदा उठाई अंगदानको लागि दबाव दिनु गलत हो । नेपालमा अंगदान गर्ने करिब तीन चौथाई महिला र अंग ग्रहण गर्ने त्यतिकै मात्रामा पुरुषहरु छन् । जुनसुकै पद्धति यदि असमानता र अन्यायको धरातलमा बनाइन्छ भने त्यसको दुरगामी असर नराम्रो हुन्छ । अंगदाताहरुको सूचि ठूलो बनाउनु ठिक हो तर, त्यसलाई सही तरिकाले नियन्त्रण गर्नु र पर्याप्त आधारसहितको कानून बनाउन आवश्यक देखिन्छ ।

श्रीमानलाई अंग प्रत्यारोपण गर्नु पर्ने अवस्था आए श्रीमती र बुहारीलाई दबाब दिएरै अंगदान गर्न बाध्य पारिन्छ । एउटा गरिब नातेदारले पैसाको आशामा धनी नातेदारलाई अंग दान गर्छन । कानुनी तवरमा ठिक भएपनि यो नैतिक रुपमा गलत हो ।

ब्रेन डेथ (मस्तिष्क मृत्यु)

मस्तिष्क मृत्यु भन्नाले मृत्यु नै बुझ्नु पर्छ । किनकी मस्तिष्क मृत्युको केही समय पछि मुटु बन्द भएर व्यक्तिको मृत्यु हुन्छ । यस किसिमको अंगदानमा दातालाई कुनै किसिमको जोखिम हुँदैन किनकी दाता एउटा यस्तो व्यक्ति हुन्छ जो केही घन्टा भित्र नै मर्ने निश्चित हुन्छ । यस्ता दाताबाट सबै खालका अंग प्राप्त गर्न सकिन्छ ।

यस प्रकारको अंग दानमा प्रत्यारोपण गर्ने अस्पताल र टिमको भूमिका हुनु हुँदैन । प्रत्यारोपण गर्ने अस्पताल र टिमको भूमिका भए पूर्वाग्रही व्यवहार हुनसक्छ । संसारभर यसलाई यसरी नै अभ्यास गरिन्छ । यसका सम्पूर्ण प्रकृयामा पारदर्शिता हुनु जरुरी छ । यस किसिमको अंग दानमा सरकारको निकै ठूलो भूमिका रहन्छ । प्रत्यारोपण गर्ने अस्पताल र टिम बाहेक यस प्रक्रियामा अन्य संघसस्था र सरकारी निकायहरुको सहयोग हुनु जरुरी हुन्छ ।

अंग दानमा प्रत्यारोपण गर्ने अस्पताल र टिमको भूमिका हुनु हुँदैन । प्रत्यारोपण गर्ने अस्पताल र टिमको भूमिका भए पूर्वाग्रही व्यवहार हुनसक्छ ।

अंगदान दुई प्रकारले हुन्छ पहिलो ‘अप्ट इन सिस्टम’ जसमा व्यक्तिले आफ्नो जीवन कालमा नै अंगदान गर्ने भनेर प्रतिज्ञा गरेको हुनुपर्छ । र, दोस्रो ‘अप्ट आउट सिस्टम’ । यसमा हरेक व्यक्तिलाई अंग दाताको रुपमा हेरिन्छ । कसैलाई अंगदान गर्ने इच्छा नभएमा जीवन कालमै अंग दान नगर्ने भनेको हुनुपर्छ ।

यो पनि पढ्नुहोस् :
यसकारण गरे शताब्दी पुरुषले शरीरदान (भिडियो सहित)
बढ्दै अङ्गदाता तर कार्यान्वयनमा समस्या
बस्नका लागि शरीरको अंग दान गर्नुपर्ने अनौठो गाउँ !
के हो टेस्ट ट्युब बेबी ? कति लाग्छ खर्च ?
मिर्गाैला प्रत्यारोपणपछि अझ सक्रिय हुनेहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,