English

यी हुन् स्वर बस्नुका कारण, कसरी बच्ने ?



धेरैजनाले स्वर बस्ने समस्या झेल्नु भएकै होला । स्वर बसेमा अप्ठेरो महसुश हुनुका साथै कुराकानी गर्न गाह्रो हुन्छ । बोल्दा घाँटीमा पीडावोध हुन्छ, र बोली नबुझिने हुन्छ । यसरी स्वर बस्दा कसरी निको होला ? भन्ने चिन्ता धेरैलाई हुन सक्छ । त्यसैले स्वर बस्नुको कारण र यसबाट बच्ने उपायको बारेमा नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन डा.सुधा शाहीको सुझाव यस्तो छ :

स्वर बस्ने कारणहरु

– भाइरल इन्फेक्सन (रुघा खोकी)
– ठुलो स्वरमा बोलेर वा चिच्याएर भोकल कर्डमा असर परेर सुन्निने वा गाँठो पलाउने समस्या भएमा
– चिसोको एलर्जी
– ग्यास्ट्रिकको समस्या
– भोकल कर्डमा ट्युमर पलाएमा
– थाइरोइड तथा घाँटीको ट्युमर
– ल्यारिङ्क्समा चोट लागेको वा ट्युमर पलाएको खण्डमा
– धेरै धुम्रपान गर्ने व्यक्तिमा भोकल कर्ड सुन्निएर
– भोकल कर्ड वरिपरिको नशा च्यापिएमा
– अत्याधिक चिल्लो एवम् चिसो खानाको सेवन
– थाइरोइड तथा घाँटीसम्बन्धि रोगको अप्रेसन गर्दा
– नशासम्बन्धी समस्या भएमा
– घाँटीमा चोटपटक लागेमा
– पक्षघातको समस्या भएमा

बच्ने उपाय

– चिसोको एलर्जी भएको खण्डमा चिसोबाट जोगिने
– खाना बार्ने अत्याधिक चिसो तथा चिल्लो पिरो नखाने
– ग्याष्ट्रिकको कारणले यो समस्या भएको हो भने त्यसको उपचार गर्ने
– धुम्रपान र मद्यपानको सेवन नगर्ने
– धुलो, धुँवा र प्रदुषणबाट जोगिने
– लगातार नबोल्ने वा सकेसम्म राम्ररी स्वर नआएसम्म घाँटीलाई आराम दिने
– स्वर बस्ने धेरै कारणहरु हुने भएकोले कारण पत्ता लगाएर उपचार गर्ने
– लगातार स्वर बस्ने वा स्वर धोत्रो भएमा अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने

यो पनि पढ्नुहोस् :
के हो ब्यालेन्स डाइट ? के–के समाबेस गर्ने ?
सामान्य दुखाईमा पनि पेनकिलर खानु हानिकारक ! यस्ता हुन्छन् साइड इफेक्ट
युरिक एसिडको बिरामीले के खाने, के नखाने ?
बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested