English

युरिक एसिडको बिरामीले के खाने, के नखाने ?



रगतमा युरिक एसिडको मात्रा बढेर हुने जोर्नी समस्यालाई युरिक एसिड भनिन्छ । यो खानपान र जीवनशैलीसँग सम्बन्धित रोग हो । यद्यपि, खानपान र जीवनशैलीमा परिवर्तन गरेर यसको समाधान गर्न सकिन्छ । त्यसैले युरिक एसिड भएका व्यक्तिहरुले के खाने ? के नखाने ? भन्ने विषयमा प्राकृतिक चिकित्सा विशेषज्ञ डा. दीपा पाण्डेको सुझाव यस्तो छ :

के खाने ?

–रगतमा युरिक एसिडको मात्रा पानीको कमीको कारणले पनि बढ्ने गर्छ । बढेको युरिक एसिडलाई पिसाबद्वारा बाहिर निकाल्न रोगीले प्रसस्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।
–प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पुग्छ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुुन्छ । यसले युरिक एसिडलाई कम गर्नुका साथै बाथ हुुनबाट बचाउँछ ।
–दैनिक स्याऊ तथा मेवाको सेवन पनि यो रोगका लागि उत्तम मानिन्छ । स्याऊमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले युरिक एसिडलाई कम गर्न सहयोग गर्छ ।
–अमिला फलफूलमा सिट्रक एसिड पाइन्छ । जसले युरिक एसिडलाई निस्तेज गर्न सहयोग गर्छ ।
–रेशा र चोकर युक्त, खस्रा मोटा र सग्ला खाद्यान्नको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया सागसब्जी, खस्रामोटा अन्न र फलफूलमा भएका रेशाले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसाबबाट बाहिर निकाल्न सहयोग गर्छ ।
–केरा, ब्रोकाउली, काँक्रो गाजर जस्ता फलफूूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाइन्छ । यी फलफूलहरूमा पाइने भिटामिनसहरुले युरिक एसिडबाट हुने बाथ कम गर्न मद्दत गर्छ ।

के नखाने ?

–रातो मासु, फल मासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्की को मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता मासु खान हुँदैन । रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्न थाल्छ ।
–समुद्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , ट्यूना, एन्कोभिज प्रजातीका माछाहरुमा प्युरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।
–युरिक एसिड बढ्दा अल्कोहोलिक पेय सेवन खानु हुँदैन । त्यसको साथै कोकाकोला, पेप्सी, स्प्राइट जस्ता कार्बोनेटेड र मधुराकृत पेयहरुले यूरिक एसिडलाई बढाउँछ ।
–दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरीरमा प्रशस्त यूरिक एसिड बन्छ ।
–कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुंगो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ ।
–अचार, तामा, गुन्द्रुक, सिन्की लगायतका खाँदेका खानेकुरा पनि खानु हुँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,