English

सामान्य दुखाईमा पनि पेनकिलर खानु हानिकारक ! यस्ता हुन्छन् साइड इफेक्ट



कुनै पनि दुखाई सहन नसकेपछि हामी पेनकिलर खाइहाल्छौं । यसको सेवनले केही समयको लागि राहत त हुन्छ । तर, यसले शरीरमा भित्र साइड इफेक्ट छोड्छ । धेरै अवस्थामा, दुखाई कम गर्ने औषधि लिने बानी बन्छ र मानिसहरु नियमित रुपमा उपभोग गर्न थाल्छन् । चिकित्सकका अनुसार, बिना परामर्श र लामो समयको लागि पेनकिलरको उपयोगले शरीरलाई हानी गर्छ ।

पेनकिलरको अत्याधिक उपयोगले कलेजो र मुटुसहित शरीरको धेरै अंगमा साइड इफेक्ट हुन सक्छ । मृगौला र कलेजो पनि क्षतिग्रस्त हुन सक्छ साथै हृदयघात पनि हुन सक्छ । त्यसैले डाक्टरको सल्लाहमा मात्र पेनकिलरको सेवन गर्नुपर्छ । अत्याधिक पेनकिलरको सेवन घातक साबित हुन सक्छ । यसले मृगौला र कलेजो लाई क्षति पु¥याउनुका साथै पेटबाट रगत बग्ने कारण हुनसक्छ । यस बाहेक रक्तचाप, थकान र कब्जियत जस्ता समस्या पनि देखिन्छन् ।

अनुसन्धानअनुसार पेनकिलर को अत्याधिक प्रयोगले मस्तिष्कलाई पनि असर गर्न सक्छ र यसको कारण मस्तिष्कसँग सम्बन्धित धेरै रोगहरुको जोखिम हुनसक्छ । धेरै अवस्थामा, यी औषधि डिप्रेसनको कारण हुन सक्छन् ।

पेनकिलर घातक हुने अवस्था

– यदि दुखाई सहन योग्य छ भने दुखाईको औषधिको उपयोगबाट टाढा रहनु पर्छ ।
– पेनकिलर खाए पछि पेट दुख्न थाल्छ, भने तुरुन्तै यसको प्रयोग रोक्नुपर्छ र अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ
– गर्भावस्थाको समयमा दुखाईको औषधिको उपयोग खतरनाक साबित हुन सक्छ । यो समयमा प्यारासिटामोलको उपभोग गर्नु सुरक्षित हुन्छ ।
– यदि मुटुको समस्या छ भने डाक्टरको सल्लाह बिना कुनै पनि पेनकिलर सेवन गर्नु हुँदैन ।
– प्रेसर, मधुमेह र मृगौला रोगीहरुले पनि डाक्टरको परामर्श बिना पेनकिलरको उपयोग गर्नुहुँदैन ।
– कहिल्यै खाली पेटमा किलर सेवन गर्नु हुँदैन । यसो गर्नाले मिर्गौला, कलेजो र पेट बिगार्न सक्छ ।

यी कुरामा पनि ध्यान दिनुहोस्

जुनसुकै पेन किलर सेवन गर्नु भन्दा पहिले यसको साइड इफेक्टको बारेमा थाहा पाउनुपर्छ । यसको जानकारी औषधिको रैपर वा बोतलमा लेखिएको हुन्छ । डाक्टरको परार्मश बिना यसकोे धेरै उपभोग खतरनाक साबित हुन सक्छ । यी औषधिको कारण शरीरको अंगलाई क्षति हुन सक्छ । साथै, अत्याधिक उपभोग गर्दा, मुटु, रगत र कलेजोसँग सम्बन्धित संक्रमण पैदा हुन सक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested