English

दरका विशेष परिकार



हिन्दू धर्मावलम्बी महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । भोलिपल्ट निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो दिन आडिलो खानेकुरा खाने चलन छ । आफ्ना चेलीबेटीलाई बोलाएर मीठा–मीठा परिकार बनाएर खुवाउने गरिन्छ । त्यसैले आजको दिन दरको रुपमा खान सकिने परिकारका बारेमा सेफ कैलाश गुरुङले दिएको मेनु यस्तो छ :

खीर

खीर चामल र दूधबाट बनाइने शुद्ध परिकार । व्रत बस्दा होस् या कुनै पूजा गर्न यसकोे प्रयोग हुन्छ । ५–६ जनाका लागि ३ लिटर दूध, १ पाउ टाइचिन चामल (२०० ग्राम), घ्यु, ड्राइ फुड (किसमिश, काजु आदी), चिनी, ल्वाङ, सुकमेल, मरिच र दालचिनीको धुलो आवश्यकता अनुसार र काटेर टुक्रा–टुक्रा पारेको नरिवल प्रयोग गरेर पकाइन्छ ।

दूधलाई राम्ररी उम्लिने गरी तताउने, उम्लिरहेको दूधमा चामल हालेर चलाउँदै पकाउने । चामल पाकेपछि त्यसमा स्वाद अनुसार घ्यू र चिनी राख्ने । त्यसमा नरिवलको टुक्रा, काजु, किसमिस मिसाएर केही मिनेट पकाउने र ल्वाङ, सुकमेल, मरिच, दालचिनीको धुलो हालेर दुई मिनेटजति पकाएरपछि खीर तयार हुन्छ ।

पुरी

गहुँको पिठोबाट बनाइने रोटीको परिकार हो–पुरी । यसलाई तेलमा तारेर बनाइन्छ । गहुँको पिठो आवश्यकता अनुसार, पानी र तेल वा घिउ प्रयोग हुन्छ । मुछेको पिठो रोटी जस्तै स–साना आकारमा बेल्ने । तेल तताएर तार्ने । यसरी पुरी तयार हुन्छ ।

आलुको अचार

आलुको अचार प्रायः सबैलाई मन पर्न सक्छ । उसिनेको आलुमा तील, कागतीको रस, केराउ, काँक्रो लगायतका विभिन्न वस्तु मिलाएर बनाउन सकिन्छ । यसलाई खीर र पुरीसँग दर खाना सकिन्छ ।

चिकेन साँधेको

कुखुराको मासुलाई उसिनेर हड्डी निकाली एउटै आकारमा लाम्चो आकारमा काट्ने । त्यसमा अदुवा–लसुनको पेस्ट, टिम्मुर, चिकेन मसला एवं खुर्सानी हालेर मोल्ने । कागतीको रस, हरियो खुर्सानी एवं धनियाँ छर्किएपछि साँधेको चिकेन तयार हुन्छ । यो चिकेनलाई पुलाउमा हाल्ने । टमाटर उसिनेर पेस्ट बनाई गेडागुडी पकाएर त्यही पुलाउमा मिसाउने अनि खाने बेला दही मिसाउँदा अझ मीठो हुन्छ ।

खसीको मासु

खसीको मासु दरमा नखाने कमै होलान । आवश्यकता अनुसार मासु, गोलभेंडा, तेज पात, अलैंची, सुकमेल, काटेको प्याज, अदुवाको लेदो, धनियाँको धुलो, जिराको धुलो, बेसार, तेल, नुन लगायत मसलाको प्रयोग गरेर पकाइन्छ ।

टुक्रा पारिएको मासुमा दही र नुन मोलेर एक घण्टा राखिदिने । त्यसपछि मोटो पिंध भएको गहिरो भाँडा अथवा प्रेसर कुकरमा तेल तताएर सुनौलो हुँदासम्म प्याज भुट्ने । त्यसपछि लसुन र अदुवाको लेदो हाली फेरि भुट्ने । त्यसपछि दही मोलेर राखिएको मासु खन्याएर चलाउने । एकपटक उम्लिएपछि बाँकी रहेका सबै मसला हालेर मासुबाट तेल छुट्दासम्म पकाउने । पाकिसकेपछि हरियो धनियाँ राख्ने ।

हलुवा

सुजीको पिठो प्रयोग गरी पकाइने एक मिठाईको परिकार हो । या परिकार सुजी, चिनी, दूध, घिउ, पानी, किसमिस र काजु प्रयोग गरेर पकाइन्छ । भाँडो सुख्खा भएपछि घ्यु राख्ने । सुजीको पिठो राख्ने र गाढा पहेलो नहुन्जेल चलाउने । स्वाद अनुसार चिनी र दुध या पानी राख्ने । किसमिस, काजु नरिवल ड्राई फ्रुड हाल्ने दूध र पानी नसकुकन्जेल पकाउने ।

साँधेको माछा

साँधेको माछालाई पनि दरको परिकारमा समावेश गराउन सकिन्छ । त्यसका लागि काँडा कम हुने कार्प वा रहु माछा २ किलो, तार्नका लागि तेल १ लिटर, गोलभेंडा २ सय ग्राम, मैदा २ सय ग्राम, जिराको धुलो ५० ग्राम, बेसार आवश्यकता अनुसार, खुर्सानीको धुलो ५० ग्राम, लसुनको पेस्ट ५० ग्राम, अदुवाको पेस्ट ५० ग्राम, कागतीको रस ३ टेबुल चम्चा, भुटेको तोरीको तेल ५० ग्राम, मेथी १ चिम्टी, मरिचको धुलो तथा नुन स्वादअनुसार लगायतका सामग्री चाहिन्छ ।

सामग्री तयार भइसकेपछि सबैभन्दा पहिले माछा सफा गरेर टाउको छुट्याउने । त्यसपछि माछालाई २ इन्च लम्बाइ–चौडाइ हुने गरी टुक्रा पार्ने । यसरी टुक्रा पारिएको माछालाई बेसार र कागतीको रस राखेर मोल्ने । यसरी मोलिएको माछालाई एक घण्टा त्यत्तिकै छाडिदिने । त्यसपछि माछाबाट निस्किएको पानीलाई निथारेर त्यसमा मैदा हालेर मोल्ने । एउटा कराहीमा तेल तताएर हल्का रातो हुनेगरी सावधानीका साथ तार्ने । अब तारिएको माछामा मरिच, जिरा र खुर्सानीको धुलो, लसुन र अदुवाको पेस्ट हालेर हल्का हातले मोल्ने । त्यसपछि गोलभेंडा पिसेर मोल्ने । साँधेको यो माछा स्न्याक्सका रुपमा वा खानासँग खान सकिन्छ ।

फ्राइड चिकेन

फ्राइड चिकेनलाई पनि दरको रुपमा खान सकिन्छ । यसका लागि कुखुराको छातीको मासु १ किलो, मैदा २ सय ग्राम, पाउरोटीको धूलो (बजारमा ब्रेड क्रम्बलका नाममा पाइन्छ) २ सय ग्राम, मरिचको धूलो ५० ग्राम, नुन स्वादअनुसार, तार्नका लागि तेल ५ सय मिलिलिटरको आवश्यकता पर्छ ।

त्यसपछि सबैभन्दा पहिले कुखुराको छातीको मासुलाई छाला फालेर २ देखि ३ इन्चको फ्रेन्च फ्राइको जस्तो टुक्रा बनाउने । त्यसपछि उक्त टुक्रालाई भकभकी उम्लिएको पानीमा खन्याउने र १० मिनेटसम्म राख्ने । पानी निथारेर मरिचको धुलो र नुन मोल्ने । अर्को चरणमा कराहीमा तेल तताउने । त्यसपछि कुखुराको मासुलाई पहिले मैदामा त्यसपछि पाउरोटीको धुलोमा लपेटेर तेलमा पकौडी सरह तार्ने । हल्का खैरो रंग आएपछि झिकेर हरियो धनियाँ वा पुदिनाको चटनीसँग सर्भ गर्ने । यो परिकार खाना खानुअघि स्न्याक्सका रुपमा खान सकिन्छ ।

मिक्स सलाद

विभिन्न फलफूलहरु टुक्रा पारेर बनाइने परिकारलाई मिक्स सालद भनिन्छ । सालद बनाउन सिजन अनुसारको फलफूल प्रयोग गर्नुपर्छ । जस्तैः भुइँकटहर, स्याउ, केरा, गोलभेडा, भेंडे खुर्सानी, अनारको दाना, मायोनेज सस, स्वादअनुसार मरिचको धूलो र नुन राखेर बनाउन सकिन्छ । एउटा भाँडामा टुक्रा परिएको फलफूलहरू नलत्पतिने गरी हल्कासँग चलाउने । मायोनेज सस चारैतिर लागिसकेपछि नुन र मरिच छर्कने । यसरी तयार भएको सलादलाई एक घण्टा फ्रिजमा राख्ने । यो परिकार खाना सँगसँगै वा खाना खाइसकेपछि डिजर्टका रूपमा खान सकिन्छ ।

यो पनि पढ्नुहोस्
तीजको दरमा के खाने के नखाने ?
सिन्धुबासीका साथमा कलाकारः पहिलो दिनै उठ्यो ३२ लाख, कसले कति गरे ? (भिडियोसहित)
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो
कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेट
छाउन थाले तीजका भाका– कतै ताली कतै गाली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested