English

तीजको दरमा के खाने के नखाने ?



हिन्दू धर्मावलम्बी महिलाहरुको महान चाड तीजको आज अघिल्लो दिन अर्थात् दर खाने दिन । तीजको दिन पानीसमेत नखाई व्रत बस्ने भएकाले आज विभिन्न परिकार बनाएर दरको रुपमा खाइन्छ । यद्यपि, यसरी अघिल्लो दिन विविध परिकार टन्न खाएर भोलिपल्ट पानीसमेत नखाई व्रत बस्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । त्यसो त दरको दिन के खाने ? के नखाने ? भन्नेबारे डा. उप्रेतीको सुझाव यस्तो छ :

के खाने त ?

– दर खाँदा घरमै बनाएको खानेकुरा खानुपर्छ ।

– दरमा चिल्लो र पिरो कम भएको खानेकुरा समावेस गर्नुपर्छ ।

– मांशाहारीले थोरै मासु खाने र शाकाहारीले दूध र दूधजन्य परिकारहरु पनि थोरै मात्रामा मात्र खानुपर्छ ।

– दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उत्तम हुन्छ ।

– हिन्दू संस्कारअनुसार तीजमा पानी पनि नपिई व्रत बस्ने चलन छ । समयसमयमा व्रत बस्नु स्वास्थ्यको उपयुक्त मानिन्छ । तर, पानी पनि नपिई बस्ने व्रतभन्दा पानी र फलफूल खाएर बस्ने व्रतले स्वास्थ्यलाई फाइदा गर्छ ।

कस्ता खानेकुरा नखाने ?

– दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्नेक्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पीरो खानेकुरा खानुहुँदैन ।

– दर खाने दिन बजारमा पाइने विभिन्न रंगका मिठाइ पनि खाने चलन छ । तर, यस्तो केमिकलयुक्त खानेकुराले अपचको समस्या सिर्जना हुन सक्छ । त्यसैले बजारबाट रंग प्रयोग भएका मिठाइ नखाने ।

– व्रतको दिन आडिलो हुन्छ भनेर घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ । चिल्लो पदार्थ, बोसोबाट बढी शक्ति पाइने भएकाले धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ ।

– साथै, मासु खानेहरुले अघिल्लो दिन धेरै मात्रामा माछामासु खाने र शाकाहारीले धेरै दुग्धजन्य परिकार खान्छन् । जसकारण अपच हुन सक्छ । त्यसैले दर खाने दिनमा धेरै माछामासु र दुग्धजन्य परिकार खानु हुँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली