English

बेनिशाका फ्यान– विवाह गर्छु भन्नेदेखि झगडा गर्न आउनेसम्म



चलचित्र ‘स्वर’बाट अभिनय यात्रा सुरु गरेकी बेनिशा हमाल चलचित्र क्षेत्रमा स्थापित अभिनेत्री हुन् । उनले अभिनय गरेका थुप्रै चलचित्रले दर्शकमाझ राम्रो छाप छोडेको छ । महसुश, कालोपोथी, मोक्ष, झ्यानाकुटी, घर लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेकी हमालको फ्यान फलोइङ राम्रो छ । तिनै मध्ये उनको सम्झनामा रहेका केही फ्यानलाई यसरी सम्झन्छिन् ।

जापानमा ३ घन्टा ट्रेन चढेर मलाई भेट्न आउने फ्यान

करिब ५/६ वर्ष अघि टोकियो फिल्म मेक्स अवार्ड फङ्सनमा सहभागि हुन जापान गएकी थिएँ । कार्यक्रम टोकियोमा भएको थियो । अवार्ड सकिए पछि एकजना मलाई भेट्नका लागि कुरेर बस्नु भएको रहेछ । त्यसैले उहाँसँग भेटे र कुराकानी पनि भयो । अवार्ड फङ्सनमा दिउँसभरि जस्तो नै उहाँ हुनुहुन्थ्यो । मेरो एउटा साथीलाई उहाँले चिन्नु भएको रहेछ । त्यो साथीले मलाई भन्यो ‘तिमीलाई भेट्नको लागि तीन घन्टा ट्रेन चढेर आएको हो । उसलाई त्यही दिन फिर्ता पनि जानु थियो ।’ मलाई भेट्नकै लागि तीन घन्टा ट्रेन चढेर आएको भन्ने सुन्दा अचम्म लागेको थियो

विवाह गर्छु भन्ने फ्यान

केही वर्ष अघिको कुरा हो, अट्रेलियामा बस्ने एकजना फ्यानले मलाई म्यासेज गर्नुभयो । जसमा ‘बेनिशा एक दिन म तिमीसँग विवाह गर्ने छु ।’ त्यो फ्यानले मलाई पहिलो पटक म्यासेज गर्दै हुनुहुन्थ्यो पहिलो म्यासेजमा नै त्यस्तो लेखेको देख्दा मलाई अचम्म लागेको थियो । त्यस समयदेखि मलाई उहाँले लगातार धेरै वर्षसम्म त्यो म्यासेज गरिरहनु भयो । उहाँ पनि मलाई अनौठो लागेको थियो ।

मेरो एउटा पनि फिल्म नछुटाउने फ्यान

धेरै फ्यानहरुले फेसबुक पेजमा तथा अन्य सामाजिक सञ्जालमा म्यासेज गरेर म तपाईको ठुलो फ्यान हो भनिरहेका हुन्छन् । तर, मेरो अभिनय यात्रा सुरु गरेदेखि मेरो कामको प्रशंसा गर्ने मेरो एउटा पनि फिल्म नछुटाई हेर्ने एकजना फ्यान हुनुहुन्छ । मेरो कुनै पनि नयाँ फिल्म तथा म्युजिक भिडियो रिलिज भएको बेला प्रतिक्रिया दिनु हुन्छ । मैले त्यसमा पनि अभिनय गरेको छु र ? भन्ने लाग्छ मलाई तर उहाँले प्रतिक्रिया दिनुहुन्छ । मैले केही रिप्लाई नगर्दा पनि उहाँले म्यासेज गर्न भने छुटाउनु हुन्न ।

सुटिङ्गमा डाइरेक्टरसँग झर्कने फ्यान

एउटा म्युजिक भिडियो सुटिङको लागि काठमाडौँकै एउटा ठाउँमा गएका थियौँ । त्यो सुटिङ स्पट कसैको व्यक्तिगत थियो त्यसैले अनुमति लिएर हामी सुटिङ गरिरहेका थियौ । सुटिङ भइरहेकै क्रममा एकजना बाइक लिएर त्यहाँ आइपुगे । त्यो बाइकले सुटिङ्गमा बाधा गरेकोले त्यसलाई रोक्न भनियो । तपाईंहरुलाई यहाँ सुटिङ गर्ने अनुमति कसले दियो भन्दै त्यो व्यक्ति निर्देशकसँग झर्कन थाल्नु भयो । त्यो सुनेर मलाई नराम्रो लाग्यो । अनि मैले ‘हामीले अनुमती लिएर यहाँ सुटिङ्ग गरेका हौ, तपाईको बाइकको कारणले सुटिङ्गमा बाधा पुग्यो त्यसैले रोक्न लगाएका हौँ’ भनेँ । त्यसपछि उनी त्यहाँबाट गए । बलुकीपख मलाई ती मान्छेले म्यासेज गरे । उनले लेखेका थिए ‘माफ गर्दिनुस् मलाई तपाई एकदमै मनपर्छ, तपाई सुटिङमा हुनुहुन्छ भनेर मलाई थाहा थिएन । मैले तपाईको फिल्महरु पनि हेरेको छु । आजको व्यवहारको लागि माफी माग्दछु ।’

यो पनि पढ्नुहोस्
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म
अभिनेता विपिन कार्कीका ४ अनौठा फ्यान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested