English

यी हुन् नियमित हात खुट्टा झमझमाउनुका कारण, कसरी बच्ने ?



शरीरका विभिन्न भाग कुनै समय झमझमाउने समस्या प्रायलाई भएको हुन सक्छ । कहिलेकहीँ झझमाउनु सामान्य हो । तर, बारम्बार शरीर झमझमाइरहन्छ भने केही समस्या हुन सक्छ । हातगोडा खुम्चाएर बस्दा त्यो भन्दा तलको भाग झमझमाउनु सामान्य हो । यद्यपि, खुट्टा सिधा पारेको केही समयपछि नै यो समस्या ठीक हुन्छ । बारम्बार हातगोडा झमझमाउनुको अन्य कारणहरु के के हुन् र यसबाट कसरी जोगिने भन्ने विषयमा वीर अस्पतालका न्युरोलोजिष्ट, डा. सुनिल कोइरालाको सुझाव यस्तो छ :

झमझमाउने कारण

–शरीर झमझमाउने विभिन्न कारणहरु हुन्छन् । हिडाइ, बसाइँ र सुताइ नमिलेर शरीर झमझमाउन सक्छ भने अन्य विभिन्न कारणले पनि शरीर झमझमाउने समस्या हुन सक्छ ।
–रोगहरुमा मुख्य त कसैलाई डायविटिज छ भने शरीर झमझमाउन सक्छ । साथै, किड्नी, कलेजो, थाइरोइडजस्ता समस्या छन् भने पनि त्यसको लक्षण स्वरुप शरीरका विभिन्न अंग झमझमाउने हुन सक्छ ।
–त्यसको साथै पोषणको कमीले पनि शरीर झमझमाउने समस्या हुन सक्छ । भिटामिन बी–वान, भिटामिन बी–६, भिटामिन बी–१२, भिटामिन–ई आदिको कमीले यो समस्या हुनसक्छ ।
–नसामा समस्या भएको व्यक्तिहरुमा पनि शरीर झमझमाउने समस्या हुन सक्छ । शरीरको कुनै स्थानको नसा च्यापिएमा पनि झमझमाउने र निदाउने समस्या हुन्छ ।

जोगिने उपाय तथा उपचार

– के कारणले शरीर झमझमाएको हो कारण पत्ता लगाएर कारणअनुसार उपचार गर्ने ।
– डायबिटिज, थाइराइड कन्ट्रोल गर्ने ।
– भिटामिनको कमीले यस्तो समस्या भएको हो भने भिटामिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने ।
– नसालाई क्रियाशील बनाइराख्न नियमित व्यायाम गर्ने ।
– धुम्रपान तथा मद्यपान सेवन नगर्ने ।
– यदि निदाउने र झमझमाउने समस्या बढ्दै गयो भने चिकित्सकको सल्लाह लिने ।

यो पनि पढ्नुहोस्
यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?
आँखामा देखिने समस्याबाट कसरी बच्ने ?
यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested