English

गोबरगाढाका ३५ घर डुबानमा



लगातारको वर्षाले सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती जलमग्न भएका छन् । सप्तकोशी नदीमा आज एक्कासि आएको बाढीले बस्तीका करिब ३५ घरमा पानी पसेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । बाढीले दुई वटा घरमा कटानसमेत गरेको जनाइएको छ । पानीको बहाव उच्च भएपछि ती घरमा दुई फिटसम्म पानी जमेको छ ।
चारैतिरबाट कोशी नदीले घेरिएको गोबरगाढा बस्ती प्रत्येक साल बाढी आएको बेला डुबानमा पर्ने गरेको वडाध्यक्ष बिन्देश्वर यादवले बताए । घरहरुमा डुबेपछि स्थानीय बासिन्दा कोशीदेखि पर रहेका विद्यालयमा आश्रय लिएर बस्न बाध्य रहेको उनको भनाइ छ ।

स्थानीयवासी हरि यादव र शत्रुधन यादवको घर कोशी नदीले कटान गरेको छ भने अन्य घरमा पनि कटान गर्न सकिने डरले उनीहरु सुरक्षित स्थानको खोजीमा रहेको वडाध्यक्ष यादवले बताए । वडाध्यक्ष यादवको नेतृत्वमा डुबानमा परेका घर र क्षतिको विवरण सङ्कलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्
मेलम्चीमा पुनः बाढी– रेडियो मेलम्चीको भवन ढल्यो, ग्याल्थुमको झोलुङ्गे पुल बगायो
देशभर मनसुन सक्रिय : यी क्षेत्रमा बाढी पहिरोको जोखिम उच्च !
के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?
ढुक्कले सास फेर्न नसकेको मेलम्ची–हेलम्बु !
राइज मिडियाको पहलमा मेलम्ची बाढी पीडितलाई सहयोग
मेलम्ची बाढी पीडितका गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested