English

मलेखुका लिलानाथ भन्छन्, ‘पढ्दै नपढी माछामा पीएचडी गरिसकें’



खोला र पोखरीको माछा देख्ने बित्तिकै पत्ता लगाउँछन् मलेखुका लिलानाथ सिलवाल । माछाका सवालमा कसैले ठग्न सक्दैनन् उनलाई । ‘माछाको विषयमा पढेको त छैन तर, मेरो अनुभव पीएचडीभन्दा कम छैन’, उनी निर्धक्क भन्छन् । सिलवालले मलेखुमा होटल सञ्चालन गरेको ३२ वर्ष बित्यो । माछा पारखीहरुको भीड लाग्छ उनकोमा । तर, पछिल्लोसमय कोरोना भाइरसका कारण भने माछा बजार सुनसान प्रायः छ ।

मलेखु र माछाको इतिहास रमाइलो रहेछ । करिव ४५ वर्ष अघि पोखराका एकजना पोखरेली बाजे गेडागुडीे व्यापारका गर्न मलेखु आउँथे । यहाँबाट गेडागुडी किन्थे र पोखरामा लगी बेच्थे । त्यसैबेला त्रिशुली नदीमा चेपाङहरुले माछा मार्थे । एकदिन त्रिशुलीको माछा ती पोखरेली बाजेले पनि चाखेछन् । उनलाई औधी मनपरेछ । त्यसपछि उनले गेडागुडी व्यापार छाडेर मलेखुमै माछा परिकार बेच्न थालेछन् ।

सामान्य अवस्था हुँदा मलेखुमा दैनिक ६–७ सय केजी माछा खपत हुन्थ्यो । केही वर्ष अघिसम्म त्रिशुली नदीको माछामा निर्भर रहेको मलेखुमा पछिल्लो समय विभिन्न स्थानका माछाले बजार पाउन थालेका छन् ।

पोखरेली बाजेले सुरुवात गरेको माछा व्यापार बिस्तारै फस्टाउँदै गएको सिलवाल बताउँछन् । ‘मलेखुको जन्मदाता भनेकै उनै पोखरेली बाजे हुन्,’ सिलवाल भन्छन्, ‘उहाँ अहिले पनि जिवितै हुनुहुन्छ । हामीले धेरैपटक सम्मान पनि गरिसक्यौं ।’ मलेखु व्यापार व्यवसायको केन्द्र बन्दै गएपछि सिलवाल पनि मलेखु ओर्लिए । उनी आउँदा सुरुमा ६ वटा मात्र होटल थिए । ति पनि निरन्तर चल्दैनथे । चैतदेखि भदौ असोजसम्म बन्द हुन्थे । तर, उनले निरन्तर सञ्चालन गरिरहे । अहिले पनि उनको होटलमा माछा राम्रो खपत हुन्छ । तर, कोरोनाले भने २ वर्ष यता थला पारेको छ ।

सामान्य अवस्था हुँदा मलेखुमा दैनिक ६–७ सय केजी माछा खपत हुन्थ्यो । केही वर्ष अघिसम्म त्रिशुली नदीको माछामा निर्भर रहेको मलेखुमा पछिल्लो समय विभिन्न स्थानका माछाले बजार पाउन थालेका छन् ।

माछा मार्न घरमै मान्छे

मलेखु माछाका लागि प्रख्यात बन्दै गएसँगै माग पनि बढ्न थाल्यो । त्यसैले केही वर्ष अघिसम्म होटल व्यवसायीहरुले घरमै माछा मार्ने मान्छे राख्थे । उनीहरुले मारेको माछाको केजीअनुसार पारिश्रमिक दिने गरिएको सिलवाल बताउँछन् ।

जब त्रिशुली नदीको माछामा मलेखुले विशेष स्वाद दिन थाल्यो त्यसपछि यहाँको बजार चम्कन थालेको सिलवाल बताउँछन् । अहिले मलेखु त्रिशुलीको माछामा मात्र निर्भर नभएपनि उस्तै स्वाद दिन सक्ने यहाँका व्यापारीको खुबी छ ।

उनले पनि घरमा लामोसमय माछा मार्ने मान्छे राखे । ‘कति माछा खपत गर्न सकिन्छ सोहीअनुसार मान्छे राख्नुपथ्र्यो,’ उनी भन्छन्, ‘मैले १३ जना माछा मार्ने मान्छे राखेको थिएँ ।’ तिनीहरुले दैनिक ६० देखि ६५ किलोसम्म माछा मार्थे । उनीहरुले प्रतिकिलो ६० रुपैयाँ पारिश्रमिक पाउँथे ।

३२ वर्षअघिको मलेखु

३२ वर्ष अघिको मलेखु माछामा मात्र निर्भर नभएको सिलवाल बताउँछन् । स्थानीय तहमा उपलब्ध सबै वस्तुहरु विक्रीमा राखिन्थ्यो । ढुंगामाटा र टिनको छानोले छाएका घर थिए । होटल पनि अहिलेजस्ता स्तरीय थिएनन् । ‘लामा बेन्च हुन्थे, त्यसैमा विक्रीका लागि खानेकुराहरु छोपेर राखिन्थ्यो,’ सिलवाल भन्छन्, ‘त्यतिबेला मलेखुको माहोल नै बेग्लै थियो ।’

अनि चम्कियो मलेखु

जब त्रिशुली नदीको माछामा मलेखुले विशेष स्वाद दिन थाल्यो त्यसपछि यहाँको बजार चम्कन थालेको सिलवाल बताउँछन् । अहिले मलेखु त्रिशुलीको माछामा मात्र निर्भर नभएपनि उस्तै स्वाद दिन सक्ने यहाँका व्यापारीको खुबी छ । त्यसैले मलेखुको माछा व्यापारमा तलमाथि नभएको उनको बुझाई छ । ‘त्रिशुली नदी र अन्य नदी अर्थात पोखरीमा पालेका माछाको स्वाद फरक हुन्छ,’ उनी भन्छन्, ‘मलेखुमा माछाका परिकार बनाउने व्यवसायीहरुले त्रिशुलीको माछाको जस्तै स्वाद निकाल्छन् त्यसैले मलेखु माछाको केन्द्र बनिरह्यो ।’

अहिले मलेखुमा स्थानीय माछा मात्र पाइँदैन । विशेषगरी, पोखरीका पालिएका र जनकपुरबाट धेरै आउने गरेको सिलवाल छन् । ‘पहिला पो घर–घरमा माछा मार्ने मान्छे हुन्थे अहिले माछा मार्ने मान्छे छैनन्,’ उनी भन्छन्, ‘जताबाट आएपनि होटलवालाहरुले आफूलाई चाहिने किन्छन् ।’

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested