English

सेयर बजार किन घटबढ हुन्छ ?



सेयर बजारमा भएको हलचलले निकै चर्चा पाउँछ । आखिर सेयर बजारमा यस्तो घटबढ किन हुन्छ ? यसको एकै खालको जवाफ पाउन गाह्रो छ । ठूला लगानीकर्ता तथा विश्लेषकका आ–आफ्नै धारणा हुन्छन् । माग र आपूर्तिको सिद्धान्त अनुसार मूल्य निर्धारण भए जस्तै सेयर बजारमा पनि माग र आपूर्ति नियम अनुसार घटबढ हुने यसका जानकारहरु बताउँछन् । त्यसैले सेयर बजारलाई घाटा र नाफाको बजार पनि भनिन्छ । कम्पनीले नाफा कमायो भने लगानीकर्ताले पनि कमाउँछन् र लगानी गरेको कम्पनी घाटामा जाँदा लगानीकर्ता पनि घाटामा जान्छन् ।

किन घटिरहेको सेयर बजार ?

केही सातायता नेपाल स्टक एक्सचेन्ज (नेप्से) दैनिक रुपमा घटेको छ । यस्तो हुनुमा विभिन्न कारण हुन्छ तर, सेयर बजार एउटा उचाइमा पुगेपछि प्रोफिट बुकिङ्ग हुन्छ । जसमा छोटो समय लगानीकर्ताले प्रोफिट बुकिङ्ग गर्छन् । यो प्रोफिटको लागि सेलरहरु धेरै आउँछन् । जसले बजारमा तलमाथि हुन स्वभाविक रहेको सेयर बजार आधारभूत तथा प्राविधिक विश्लेषक एनबी थापा बताउँछन् । यसरी सेयर बजार घटेमा ‘डिमण्ट एण्ड सप्लाई’को सिद्धान्त लागू हुन्छ । जसमा विक्रेताहरु बढेमा मूल्य घट्छ । ‘सेयर बजार लामो समयदेखि तलमाथि भइरहेको छ । अपट्रेण्डको मार्केट तीन हजारको लेबल मनोवैज्ञानिक प्रतिरोध रहेको छ ।’ उनी भन्छन्, ‘त्यसैले सेयर मार्केट घट्छ।’

लकडाउनपछि ब्रोकरको कारोबार अनलाइन स्टिममा आएकाले पनि सेयर बजार बढेको मानिन्छ । यससँगै साधारण आइपिओ भर्नेको संख्या ३० देखि ३५ लाखको हाराहारीमा पुगेको छ ।

सेयर बजारलाई कतिपय बाहिरी तत्वले पनि असर गरिरहेको हुन्छ । बैंकिङ कारोबारमा आएको समाचारले पनि सेयर बजारमा असर पारेको देखिन्छ । जस्तै, राष्ट्र बैंकले माइक्रोफाइनान्स सेयरहरु होल्डिङ र ट्रेडिङ्ग गर्न नपाउने समाचार आए पछि बैंकिङ क्षेत्रलाई हिट गर्यो र यसको असर नेप्सेमा देखिएको थापा बताउँछन् । साथै, नेपाल धितोपत्र बोर्ड (सेबन) ले पनि ५१ वटा कम्पनी योग्य छैन भन्दै निकालेको सूचनाले पनि हालको सेयर बजार सुस्ताएको उनको भनाई छ ।

कसरी बढ्छ सेयर ?

सेयर बजारमा बियरि र बुलिस ट्रेण्ड हुन्छ । नेपालको प्रत्येक ८ वर्षको साइकल हेर्ने हो भने चार–पाँच वर्ष बियरिस ट्रेण्ड चलेको थियो । अर्थात् बजार घटेको थियो । एक–दुई वर्षयता बुलिस ट्रेण्ड सुरु भएको छ । कोरोना महामारीमा भएको लकडाउनपछि सेयर बजार बढेको विश्लेषक थापा बताउँछन् । ‘लकडाउनको समयमा मान्छेले अन्य ठाउँमा लगानी गर्ने अवसर नभएपछि सेयर बजार लगानीको विकल्प बन्न पुग्यो र सेयर बजार बढ्यो,’ उनले भने ।

लकडाउनपछि ब्रोकरको कारोबार अनलाइन स्टिममा आएकाले पनि सेयर बजार बढेको मानिन्छ । यससँसँगै साधारण आइपिओ भर्नेको संख्या ३० देखि ३५ लाखको हाराहारीमा पुगेको छ । थापा भन्छन्, ‘आइपिओ पर्नेहरुले सेकेण्डरी मार्केटमा आएर नै कारोबार गर्छन्, जसले सेयर मार्केट बढाउन मद्दत गर्छ ।’

यो पनि पढ्नुहोस्
‘सबैलाई खोप सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक’
बच्चाको छाती घ्यार–घ्यार किन हुन्छ ? कसरी जोगाउने ?
बाउसे–रोपार बनेका सेलिब्रेटी
चामलमा किन आत्मनिर्भर बन्न सकेन नेपाल ?
यस्तो थियो जननेता मदन भण्डारीको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested