English

१८ औँ राष्ट्रिय धान दिवस

चामलमा किन आत्मनिर्भर बन्न सकेन नेपाल ?



आज असार १५, अर्थात् १८ औँ राष्ट्रिय धान दिवस । यो दिन दही चिउरा नखाएको, हिलो नखेलेको र रोपाईमा गएर असारे भाका नगाएका कमै भेटिन्छन् । लामो समयदेखि मनाइदै आएको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव यो वर्ष कोरोनाका कारण खुम्चिएको छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ आजको नारा हो ।

२७ प्रतिशत रोपाई

डुबान पर्ने र सिँचाईकोे सुविधा भएको क्षेत्रमा मनसुन अगावै र पहाडी क्षेत्रमा मनसुन सुरु भएसँगै रोपाई गरिन्छ । देशभर हालसम्म २७ प्रतिशत रोपाई भएको नेपाल कृषि अनुसन्धान परिषद्का बाली तथा बागवानी अनुसन्धानका निर्देशक रामबहादुर केसी बताउँछन् । त्यस्तै प्रदेश नं.१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १० देखि २० प्रतिशत रोपाई भएको कृषि विभागका सूचना अधिकारी तथा वरिष्ठ कृषि अर्थ विज्ञ डा. महादेव प्रसाद पौडेलले जानकारी दिए ।

सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको छ । प्रदेश नं १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४९ हजार ६२३ हेक्टरमा धानबाली रोपिएको छ । यो धान रोपाइँ हुने कूल क्षेत्रफलमध्ये १७ दशमलव ९९ प्रतिशत रहेको छ । त्यस्तै प्रदेश नं २ मा १० दशमलव ५५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म यो प्रदेशमा ३८ हजार ५८६ हेक्टरमा मात्र धानबाली रोपाइँ सकिएको छ । बाग्मती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१ दशमलव ०७ अर्थात् २४ हजार २८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात् २३ हजार ८५० हेक्टर क्षेत्रफलमा र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।

धेरै पानी पर्दा खेतीयोग्य जमीन कटानी हुने, बाली डुबानमा पर्ने र अन्नबालीको नष्ट हुने जस्ता समस्या हुन्छन् । धान बालीको राम्रो उत्पादन हुनका लागि असारदेखि असोजसम्म एकनासको वर्षा हुनपर्छ ।

नेपालमा धानको योगदान

धान नेपालको प्रमुख बाली हो । खेती हुने ३१ लाख हेक्टर मध्ये करिव आधा भाग अर्थात् १४ देखि १५ लाख हेक्टरमा धान खेती हुन्छ । धानको मूख्य उत्पादनको थलो तराई क्षेत्र हो । तराईमा मात्रै ७० प्रतिशत धान खेती हुन्छ भने पहाडी क्षेत्रमा २६ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४ प्रतिशत हुन्छ । नेपालको कूल ग्रार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषिको करिब २५ प्रतिशत योगदान रहेको छ । त्यसमा पनि ७ देखि ८ प्रतिशत धानको योगदान छ । विगतको वर्ष भन्दा धानको उत्पादन बढेको र उत्पादकत्व पनि ३.८२ मेट्रिक टन प्रति हेक्टरले बढेको निर्देशक केसीले बताए । तर, धान उत्पादन हुने सबै क्षेत्रमा सिँचाईं नपुगेको र रासायनिक मलको अभाव हुने गरेको छ । यसैगरी सबै क्षेत्रमा उन्नत बिउकोबारे जानकारी दिने, रोप्ने तरिका सिकाउने र बालीमा आएको समस्या समाधान गर्ने कृषि प्रविधिकको पहुँच पुगेको छैन । यस्ता विभिन्न कारणले नेपाल पूर्ण रुपमा चामलमा निर्भर हुन नसक्दा वर्षेनी ५–६ लाख मेट्रिक टन चामल आयात हुने गरेको केसी बताउँछन् ।

यो वर्षको धान दिवस मनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कोरोना सम्बन्धी आवश्यक मापदण्ड ल्याएको छ । जसमा सामाजिक दूरी कायम गरी सानो समूहमा रोपाई महोत्सव आयोजन गर्ने र प्रयोग भएका सामग्रीको निसंक्रमण गर्नुपर्ने जनाइएको छ ।

मनसुनले धान खेतीमा कस्तो प्रभाव पार्छ ?

धान उत्पादन गर्न अन्य बालीलाई भन्दा धेरै पानी चाहिन्छ । यो वर्षको मनसुनमा धेरै पानी पर्ने मौसमविद्को अनुमान रहेकोले समग्रमा धान खेतीमा सकारात्मक प्रभाव पर्ने निर्देशक केसीले बताए । ‘विगतको अनुसन्धान अनुसार मनसुन राम्रो भएमा धानको उत्पादन बढ्ने अनुमान गरेका छौं,’ केसीले भने ।

धेरै पानी पर्दा खेतीयोग्य जमीन कटानी हुने, बाली डुबानमा पर्ने र अन्नबालीको नष्ट हुने जस्ता समस्या हुन्छन् । धान बालीको राम्रो उत्पादन हुनका लागि असारदेखि असोजसम्म एकनासको वर्षा हुनपर्छ । तर, कुनै समयमा बढी वर्षा र सुख्खा हुने भएकाले धानको उत्पादन के–कतिले बढ्ने आँकलन गर्न सकिँदैन । ‘परिषद्ले बहुगुणी जातको धान सिफारिस गरेको छ जसले सुख्खा र डुबान दुवै सहन सक्छ,’ केसीले भने, ‘सबै क्षेत्रमा यी जातको धान नपुगेको हुनसक्छ त्यसैले किसान चनाखो भएर सिचाईं र पानी निकासको व्यवस्था गर्नुपर्छ ।’

धान दिवस मनाउन मापदण्ड

यो वर्षको धान दिवस मनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कोरोना सम्बन्धी आवश्यक मापदण्ड ल्याएको छ । जसमा सामाजिक दूरी कायम गरी सानो समूहमा रोपाई महोत्सव आयोजन गर्ने र प्रयोग भएका सामग्रीको निसंक्रमण गर्नुपर्ने जनाइएको छ । स्थानीय तहमा मनाउँदा संयुक्त रुपमा सम्भव भएसम्म सरकारी फार्म केन्द्रमा आयोजना गर्न अनुरोेध गरेको छ ।

यसैगरी १०० डिग्री भन्दामाथि ज्वरो आएकालाई कार्यक्रममा प्रवेश गर्न रोक लगाएको छ । सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) गतिविधि नगर्ने मापदण्डमा उल्लेख छ ।

दही चिउरा खाने बेला तथा आवजतजावत गर्दा मापदण्ड अनुसारको दूरी कायम गर्ने तथा सम्भव भएसम्म प्रविधि र मेसिनको प्रयोग गरेर दिवस मनाउन भनिएको छ । कार्यक्रममा थोरै मानिस संलग्न गराउने, राम्ररी साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्न सुझाइएको छ ।

के छ सरकारको लक्ष्य ?

राष्ट्रिय कार्यक्रमको रूपमा आज नेपाल कृषि अनुसन्धान परिषद्को खुमल्टार ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी दिवस समारोह भएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले आज सांकेतिकरूपमा धान रोपेर यो दिवस औपचारिकता पूरा गरेका छन् । उनले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गरेका छन् ।

कृषि कर्मलाई नियमित राख्न नसके निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षा हुने भएकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कृषिका गतिविधि नियमित गरिएको कृषि मन्त्रालयले जनाएको छ । सरकारले धानबाली सुरक्षित गर्दै क्षेत्र विस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारेको छ । जमीनको सुरक्षा, शुद्ध बीउ, सिंचाइ कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष्य छ ।

विगतको वर्ष भन्दा धानको उत्पादन बढेको र उत्पादकत्व पनि ३.८२ मेट्रिक टन प्रति हेक्टरले बढेको निर्देशक केसीले बताए । तर, धान उत्पादन हुने सबै क्षेत्रमा सिँचाईं नपुगेको र रासायनिक मलको अभाव हुने गरेको छ ।

समारोहमा मन्त्री नेम्वाङले अनुसन्धान, यान्त्रिकरण र आधुनिकीकरणको माध्यामबाट धानको उत्पादकत्व वृद्धि गर्नतर्फ ध्यानाकर्षण गराए । ‘धानको उत्पादन मात्रै होइन, बजारीकरण र भण्डारण व्यवस्थित गर्ने सवालमा सरकार नीतिगत व्यवस्था गर्न लागिरहेको छ, यसको समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ’, मन्त्री नेम्वाङले भने ।

उनले ‘कोही भोको रहँदैन, भोकले कोही मर्दैन’ भन्ने सरकारी सङ्कल्प साकार पार्न पनि कृषि क्षेत्रको विकास जरुरी रहेको बताए । विकासको गतिमा अग्रसर भएको मुलुकलाई समृद्ध बनाउने भरपर्दो आधार समेत कृषि नै भएको उनको भनाइ थियो ।



...
зарубежные сериалы смотреть онлайн

Hi there all, here every one is sharing these familiarity, so it's pleasant to read this webpage, and I used to go to see this blog daily. зарубежные сериалы смотреть онлайн

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो