English

शिवभक्त एयरहोस्टेस (भिडियाे सहित)



सन् २०१८ को मिस नेपालकी फाइनलिष्ट एलिशा अधिकारी पेशाले एयरहोस्टेस हुन् । बिजनेस मेनेजमेन्टकी विद्यार्थी अधिकारीले आफुलाई मोडलिंग र समाज सेवाको क्षेत्रमा पनि सक्रिय बनाउदैं लगेकी छिन् ।

समाज सेवाको भावना बाल्यकाल देखि नै आएको उनी बताउछिन् । बाल्यकालको सपना पुरा गर्न उनी बिशेष अवसरमा बृद्धाआश्रम, बालआश्रममा गएर सेवा गर्ने गर्छिन् । समाजसेवालाई जीवनको सवैभन्दा आनन्द ठान्ने अधिकारी पढाईले दिएको ज्ञानलाई पनि सदुपयोग गर्ने सोचमा छिन् ।

आफुले पाएको शिक्षाको सदुपयोग गर्दै कुनै दिन आफ्नै ब्यवशाय गर्ने उनको सोचाई छ । उनलाई कुनै पनि उत्पादन मुलक वा फेसनको ब्यवशाय गर्ने योजना रहेको छ ।

घरको धार्मिक वातावरणले गर्दा नै उनलाई भगवान प्रति अगाध आस्था र विश्वास रहेको छ । आफुलाई शिवको सच्चा भक्त ठान्ने अधिकारी शिवरात्रीको पूर्व संध्यामा शिवको भक्तको भेषमा प्रस्तुत हुन पाउदाँ आफुलाई निकै भाग्यवानी संझिन्छिन् ।

तस्विरहरुः महेश प्रधान
भिडियाे हेर्नुहाेस्



सम्बन्धित खबरहरु

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास जलेर ध्वस्त भएको छ

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

Latest










Popular
Suggested