English

टोल–टोलमा अक्सिमिटर, हात–हातमा मास्क



कोरोनाका सङ्क्रमित, बिरामी र ज्यान गुमाउने बढेपछि काठेखोलाका विभिन्न वडाका घरघरमा मास्क, टोलटोलमा थर्मलगन र अक्सिमिटर अभियान चलाइएको छ । सङ्क्रमितको घरघरमा कोरोना किटका रूपमा सबै प्रकारका औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको छ । जनप्रतिनिधि, गाउँका सामाजिक अगुवा, व्यवसायी र विदेशमा रहेका युवाको सहयोगसमेत जुटाएर ती सामग्री वितरण गरिएको हो ।

स्वास्थ्य सामग्री हरेक घरमा पुग्ने गरी दिइएको वडा नं १ का अध्यक्ष खड्ग थापाले बताए । ‘हामीले आफ्नो कोषमा दातासमेत खोजेर जुटाएको रकमबाट स्वास्थ्य सामग्री दिएका हौँ’, थापाले भने, ‘अत्यावश्यक पर्ने सिटामोलदेखि अन्य औषधि, स्यानिटाइजर र मास्क पनि दिएका हौँ ।’

सङ्क्रमितले घरमै प्राथमिक उपचार पाउने, परिवारका सबै सदस्य स्वस्थ्य रहने अवसरका लागि सामान दिएको उनले बताए । लेखानी र बिहुँमा भने स्थानीय तथा विदेशका युवाले पठाएको रकम परिचालन गरेर सामग्री वितरणलाई व्यापक बनाइएको छ । स्वास्थ्यकर्मीले पनि घरघरमा स्वास्थ्य परामर्श दिन थालेको वडाध्यक्ष चित्रकला छन्त्यालले बताइन् ।

पहिलो चरणमा वडा नं १ को भुस्कात र माझखर्कमा तीनरतीन, ४ को लाभाङमा १६ तथा ५ को करिमेलामा १६ वटा हरितगृह (हाइटेक टनेल) स्थापना हुनेछन् ।

कोरोना महामारी बढेपछि चिन्तित गाउँलेहरू सहयोग पाएर खुशी भएका छन् । ‘घरमै आएर स्वास्थ्यकर्मी, पत्रकार र रेडक्रसका पदाधिकारीले भेट गर्नुभयो’, सिगानाका सङ्क्रमितले भने, ‘परामर्शसहित औषधि पायौँ, डर पनि हटेको छ ।’

धेरै सङ्क्रमित भेटिएका काठेखोला, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकाका वडा तहमा यो अभियान चलेको हो । सहयोग जुटाएर हरेक घरमा ५० थान मास्कसहित सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले बताए । कोरोना सङ्क्रमितमध्ये ज्वरो, रुघाखोकी मात्र नभई कतिपयलाई बान्ता, पखाला र शरीर दुख्ने समस्या देखिएको थाहा पाएपछि स्वास्थ्यकर्मीकै उपस्थितिमा आवश्यक औषधिको जोहो गरिएको उनले बताए ।

स्वास्थ्यकर्मीले सङ्क्रमितको अवस्था हेरेर भिटामिन सी, जिङ्कचक्की, पकेट स्यानिटाइजरलगायत सामग्री दिएका छन् । बडिगाडका युवाले सङ्क्रमितको उपचार तथा आइसोलेशन सञ्चालनका लागि लाखौँ रकम जुटाएका छन् । औषधि खरीददेखि सङ्क्रमितलाई अस्पताल लैजाने काममा पनि युवाको अगुवाइमा भएको स्थानीय राजन पाइजाले बताए । ‘हामी सङ्क्रमित भए पनि परिवारमा नपुगोस् भनेर घर जान सकेको छैन’, पाइजाले भने, ‘अझै सङ्क्रमणलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

सङ्घीय र प्रदेश सरकारको ३५ लाख लगानीमा गोलभेंडा, मैसमी तथा बेमौसमी तरकारी लगाउने अभियान शुरु भएको हो । चालु वर्षभित्रै व्यवसायिक किसानको बारीमा तरकारी उत्पादन शुरु गर्ने र आगामी वर्ष बजारीकरणको अभियान पनि थालिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

किसानलाई व्यवसायिक बनाउने अभियान

बागलुङको ताराखोला गाउँपालिकाले किसानलाई व्यवसायिक बनाउने अभियान थालेको छ । परम्परागत उत्पादनलाई प्रविधिको प्रयोगमार्फत व्यवसायिक बनाउने अभियान थालिएको हो । गाउँपालिकाले चालु वर्ष आर्थिक वर्षमा ३८ वटा उच्च प्रविधिका हरित गृह (हाइटेक टनेल) निर्माण गरेर किसानलाई व्यवसायिक बनाउने भएको हो ।

सङ्घीय र प्रदेश सरकारको ३५ लाख लगानीमा गोलभेंडा, मैसमी तथा बेमौसमी तरकारी लगाउने अभियान शुरु भएको हो । चालु वर्षभित्रै व्यवसायिक किसानको बारीमा तरकारी उत्पादन शुरु गर्ने र आगामी वर्ष बजारीकरणको अभियान पनि थालिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘प्रविधि गाउँपालिकाको सीप किसानको प्रयोग हुन्छ’, घर्तीले भने, ‘यो वर्ष अभियान सबै वडामा पुगेको छ, अर्को वर्षबाट हाम्रो उत्पादन बजारीकरणको काम हुन्छ ।’

गाउँपालिकाले माटो सुहाउँदो बालीका लागि किसानलाई प्राविधिक सल्लाह दिने गरेको छ । गोलभेँडा र तरकारीमा गाउँपालिका आत्मानिर्भर बन्ने र आम्दानीको स्रोत बनाउने अभियान छ । ‘प्रविधियुक्त सीप हस्तान्तरण कार्यक्रमअन्तर्गत यो योजना भित्र्याइएको हो”, घर्तीले भने, “किसानलाई पनि व्यवसायिक बनाएर घरघरमा कमाई गर्न सक्ने बनाउने लक्ष्य छ ।’ गाउँपालिकाको घरघरै उद्यमी अभियानमा यो कार्यक्रम थप भएपछि कम्तीमा ४० जनाभन्दा बढी किसान व्यवसायिक बन्ने उनले बताए । ‘पहिले किसान स्वरोजगार हुन्छ, त्यसपछि किसानको उत्पादनसँग अन्य रोजगारी जोड्ने अभियान छ’, घर्ती भन्छन्, ‘कृषिबाट नै उन्नति गर्ने हाम्रो अभियान हो ।’

पहिलो चरणमा वडा नं १ को भुस्कात र माझखर्कमा तीनरतीन, ४ को लाभाङमा १६ तथा ५ को करिमेलामा १६ वटा हरितगृह (हाइटेक टनेल) स्थापना हुनेछन् । त्यसका लागि काम थालिसकिएको हो । हरितगृह (हाइटेक टनेल) खेतीका लागि गाउँपालिकको कृषि शाखाले प्राविधिक सहयोग गर्नेछ । प्रविधिमा आधारित नमूना कृषि फार्म अनुदान कार्यक्रममार्फत बजेट आएको उनले जानकारी दिए ।

यहाँ उत्पादित फसललाई गलकोट, बागलुङसहितका बजारमा पठाउने योजना पनि गाउँपालिकाले बनाएको छ । घरघरमा किनेर खान नपर्ने व्यवस्था गर्ने, पालिकाभित्रै चिस्यान केन्द्र स्थापना गरेर बेमौसममा पनि तरकारी बाहिर ल्याउन सक्ने बनाउनेलगायत योजना उनले सुनाए । कृषिको उत्पादनबाट ताराखोला गाउँपालिका आत्मनिर्भर बन्ने अभियान भने केही समयअघि शुरु भइसकेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested