English

सन्दर्भ: राजदरबार हत्याकाण्ड

दरबार हत्याकाण्ड : राजा वीरेन्द्रलाई यसरी सम्झन्छन् सर्वसाधारण



२०५८ जेठ १९ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहसहित उनको परिवारको हत्या भयो । त्यो हत्याकाण्ड भएको २० वर्ष बितिसक्यो तर, हत्या कसले र किन गर्यो भन्ने तथ्य अझै रहस्यको गर्भमै छ ।
त्यसो त राजदबार हत्याकाण्डको रहस्यको चासो हिजोदेखि आजको पुस्तासम्मलाई छ । त्यतिबेला हत्याकाण्डलाई राम्रोसँग बुझेका र सुनेका सर्वसाधारणहरु राजा वीरेन्द्रलाई कसरी सम्झन्छन् त ? उनीहरुको भनाई जस्ताको तस्तै ः

कपाल मुण्डन गरेर तीन दिन नुन बारें
अर्जुन प्रसाद अधिकारी

दरबार हत्याकाण्ड भएको बेला म गोरखापत्र संस्थानमा कार्यरत थिए । बिहान ५ बजे कार्यलयमा नै मैले यस घटना बारे जानकारी पाएँ । त्यसपछि कार्यालयबाटै हामी सबैजना छाउनीतर्फ गएका थियौं । सैनिकको संरक्षणमा शवलाई राखिएको थियो । राजा विरेन्द्रको शव यात्रामा सबैजना समावेश पनि भएका थियौँ ।

पुरै देश शोकमा डुबेको थियो । त्यसमा पनि काठमाडौंको माहोल बेग्लै थियो । सबै तिर शुन्यता छाएको थियो । देशले एउटा कुशल राजालाई गुमाएको थियो । मलाई पनि आफ्नो परिवारको सदस्यलाई गुमाएको जस्तो पीडा भएको थियो । कपाल मुन्डन गरेर, ३ दिन नुन बारेको थिएँ ।

राजा विरेन्द्र एक प्रजातन्त्र प्रेमी व्यक्ति थिए । उनले सधैँ जनताको भलो चिताए र जनताको हित हुने काम गरे । त्यसैले उनलाई नेपाली जनताले अहिले पनि सम्झिरहन्छन् । उनले गरेको राम्रो कामहरुले गर्दा आम नेपाली जनताको मनमा उनी अझै जिवितै छन् ।

राजपरिवारको हत्याको खबरले धेरै रोएँ
कमला ढकाल अधिकारी

राजदरबार हत्याकाण्डको बारेमा मैले बिहानीपख थाहा पाएँ । रातभरी आकाशमा हेलीकप्टरहरु उडिरहेका आवाजहरु आइरहेको थियो । मेरो श्रीमान् तथा परिवारका अन्य सदस्यहरु गाइघाट जानुभएको थियो । घरमा म र साना बच्चाहरु मात्र थियौं । बिहानीपख यस्तो दुखद् समाचार सुने पछि एकछिन त धेरै आत्तिएँ ।

राजा वीरेन्द्र सबैको प्रिय राजा हुनुहुन्थ्यो । उहाँलाई प्रजातान्त्रिक राजाको रुपमा चिनेका थियौं । जनताको भलो चिताउने राजाको मृत्युको खबरले म धेरै रोएँ । त्यो दिन खाना खान मन पनि लागेन । आफ्नो अभिभावक गुमाएको जस्तो भयो । लासलाई आर्यघाट लगिएको दिन पनि धेरै रोएँ ।

जनताको कुरा बुझ्ने, हसिलो स्वभावका राजा विरेन्द्र अहिले बाँचिरहेको भए जनताले उनलाई फेरि पनि राजा बनाउँथे होला । त्यो बेलाको माहोल नै बेग्लै थियो, सबै तिर कफ्र्यु लगाइएको थियो । एकदमै रहस्यमय बनाइएको थियो घटनालाई । जनताको समस्या सुनिदिने, जनताको खुसीमा रमाउने राजा हुनुहुन्थ्यो । उहाँलाई माया नगर्ने र नसम्झने त प्रायः कमै होलान् ।

स्वत्रन्त्रतावादी र उदारवादी राजा हुनुहुन्थ्यो
रबिन शर्मा

राती ११ बजे हत्याकाण्ड बारे सामाचार बाहिर आयो । राजा विरेन्द्रको हत्याकाण्ड एक अप्रिय घटना थियो । आम नेपाली त्यसमा पनि युवाहरुले आफ्नो कपाल खौरेर शोक मनाएका थिए । घटनाको सत्य तथ्य सार्वजनिक नगरी लास जलाउन पाइदैन भनेर त्यो बेलामा प्रधानमन्त्री माथि ढुङ्गा मुडा नै भएको थियो ।
एकदमै सुरक्षाका साथ लासहरुलाई आर्यघाट पु¥याइएको थियो । त्यो घटना एकदमै अप्रत्यासित थियो त्यसैले नरुने चित्त नदुखाउने नेपालीहरु प्राय कम नै थिए ।

राजा विरेन्द्र प्रजातन्त्रीक राजा हुनुन्थ्यो । जनताको शासन जनताले गर्नु पर्छ भन्ने सोच बोकेको राजा हुनुहुन्थ्यो । उहाँको कार्यकालमा जब जनताले बहुदलको पक्षमा आन्दोलन गरेपछि राजा विरेन्द्रले जनमत संग्रहको घोषणा गर्नुभएको थियो । जनताले रोजेको शासन टिकाउनु पर्ने पर्छ भन्ने पक्षमा उहाँ हुनुन्थ्यो ।

४६ सालको आन्दोलन भए पछि बहुदलीय नेताहरुसँग वार्ता गरेर बहुदलीय व्यवस्था गर्ने पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसैले उहाँ स्वत्रन्त्रतावादी उदारवादी राजा हुनुहुन्थ्यो । नियम कानुन भित्र बस्ने, अनुशासित र आफ्नो कर्तव्य पालना गर्ने राजाको रुपमा सम्झन्छु ।

त्यो दिन खाना खाइनँ
साबित्री लुईटेल

दरबार हत्याकाण्ड भएको कुरा हामीले त भोलिपल्ट बिहान ५ बजे थाहा पाएका थियौं । मेरो श्रीमान खानेपानी संस्थानमा कार्यरत हुनुहुन्थ्यो उहाँको एक हप्ता अफिसमा नै बस्नु पर्ने थियो । तर, त्यस दिन बिहानै उहाँ अफिसबाट घर फर्कनु भयो र यो अप्रिय समाचार सुनाउनु भयो ।

राजा विरेन्द्र सबैको प्रिय राजा हुनुहुन्थ्यो । जनताको भलो चिताउने राजाको मृत्यु खबरले मेरो आँसु रोकिएन । त्यो दिन खाना खाइनँ । आफ्नै अभिभावक गुमाएको जस्तो भयो । मेरो दुई छोरो र श्रीमान्ले कपाल मुन्डन गरेका थिए । हामीले ५ दिन नुन पनि बारेका थियौं ।

साह्रै सरल र सबै जनतालाई माया गर्ने व्यक्तिरुपमा हामीले उहाँलाई चिनेका थियौं । जनताको समस्या सुनिदिने, जनताको खुसीमा खुसी हुने राजाको रुपमा हामी उहाँलाई सम्झन्छौ ।
पुरै देश शोकमा डुबेको थियो

अभिभावक गुमाएको महसुस गरे
विष्णुलाल श्रेष्ठ

दरबार हत्या काण्ड हुँदा म नेपाल सामाचार पत्रमा कार्यरत थिए । कार्यालयबाट घर फर्किसकेको थिएँ । घरमा पुगेको केही समयपछि दरबार हत्या काण्ड भयो भन्ने सुनेर साथीहरुलाई फोन गरें । तर, उनीहरुले पनि तथ्य थाहा नभएको बताए । नेपाल टेलिभिजन तथा अन्य सञ्चार माध्यमले त केही पनि जानकारी दिएको थिएन । बीबीसीले मात्र दिएको थियो ।

त्यस दिन भन्दा पनि भोलिपल्ट बिहान शनिबार प्राय सबैलाई यस घटना बारे जानकारी भयो । पुरै देश नै शोकमा डुबेको थियो । सबैले आफ्नो अभिभावक गुमाएको महसुस गरे । त्यसबेला म महाराजगन्ज नजिक बस्दथे । म बसेको ठाउँबाट राजा वीरेन्द्रको शव आर्यघाट लगेको दृश्य पनि देखियो । त्यस दृश्यले मलाई साह्रै दुखी बनायो ।

उहाँ सबैको प्यारो राजा हुनुहुन्थ्यो । साह्रै सरल र सबै जनतालाई माया गर्ने व्यक्ति मैले प्रत्यक्ष रुपमा पनि उनलाई भेटेको थिएँ । हसिँलो मुहार, सरल व्यक्तित्व भएको र प्रजातन्त्र प्रेमी राजाको रुपमा उनलाई सम्झन्छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,