English

हावाबाट सर्ने कोरोना कत्तिको घातक ?



भियतनाममा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ । जसलाई अहिले बेलायत र भारतको हाइब्रिड स्ट्रेन भनिएको छ । विज्ञहरुका अनुसार यो भेरिएन्ट हावामा तीव्र गतिले फैलिरहेको छ । भियतनामका स्वास्थ्य मन्त्री भिएन थान लन्गले शनिवार हावाबाट सर्ने कोरोना भाइरसको यो नयाँ प्रकार धेरै खतरनाक भएको बताएका थिए । जनवरी २०२० मा कोभिड–१९ भाइरसको पहिचानपछि अहिलेसम्म यसका धेरै म्यूटेसनहरु देखिरहेका छन् ।

हावाबाट सर्ने नयाँ भेरियन्ट कति घातक ?

संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन कोरोना भाइरसले आफ्नो रुप परिवर्तन अर्थात् म्यूटेड गरिरहेको बताउँछन् ।
उनी भन्छन्, ‘धेरैजसो भेरियन्टको असर निष्प्रभाव हुन्छ, तर केही म्यूटेशनपछि बनेको भाइरसका भेरियन्ट झनै धेरै संक्रामक हुन्छ ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सकाअनुसार भियतनामका स्वास्थ्यमन्त्री लन्गले यसलाई दुई भेरियन्टको हाइब्रिड स्टे«न भएको बताएका छन् । यो भेरियन्ट बेलायत र भारतमा पाइएको नयाँ भेरियन्टबाट जन्मिएको भेरियन्ट हो ।

‘यो बाहिर हिँड्दा सरिहाल्छ भन्ने हुँदैन, हाम्रो देशमा धेरै नाराजुलुस हुने गर्छ त्यसले चाँही यसलाई फैलिन मद्धत पुग्छ,’ उनले भने, ‘भियतनाममा देखिएको भेरियन्ट यदि नेपालमा आए तीव्र गतिमा फैलिने निश्चित छ ।

नयाँ भेरिएन्ट पहिला पाइएका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको पाइएको छ । यो हावामा तीव्र गतिले फैलिन्छ र यो धेरै खतरनाक रहेको बताइएको छ । भाइरसको जेनेटिक कोड चाँडै पाइने विज्ञहरु बताउँछन् । अहिलेसम्म यसको बारेमा धेरै जानकारी नआइसकेकोले यस्तै हो भन्न गाह्रो रहेको डा. पुनको भनाई छ ।

‘हामीले जे जति जानकारी पाएका छौँ त्यो सबै सञ्चारमाध्यमबाट पाएका जानकारीहरु हुन्,’ ‘उनी भन्छन्, ‘हावाबाट यो अघिल्लो भेरियन्टभन्दा छिटो सर्छ ।’

‘गुम्म परेको कोठा, हावा पास नहुने स्थान छ भने त्यो ठाउँमा हावा त्यहीँ बसिराख्छ । जसका कारण अर्को मानिसलाई सर्न सक्ने सम्भावना हुन्छ,’ बास्तोला भन्छन्, ‘भियतनाममा देखिएको हावाबाट सर्ने भन्ने कोरोना संक्रमण थाइल्याण्ड वा म्यानमारमा हावा जाँदा सर्दैन ।’

एउटा कुनै ठूलो हल छ, त्यो हलमा भेन्टिलेशनको व्यवस्था छैन, हावा बहन सक्दैन भने त्यो ठाउँमा छिटो फैलिन सक्ने डा. पुन बताउँछन् । ‘यो बाहिर हिँड्दा सरिहाल्छ भन्ने हुँदैन, हाम्रो देशमा धेरै नाराजुलुस हुने गर्छ त्यसले चाँही यसलाई फैलिन मद्धत पुग्छ,’ उनले भने, ‘भियतनाममा देखिएको भेरियन्ट यदि नेपालमा आए तीव्र गतिमा फैलिने निश्चित छ । किनभने हामी कोरोनालाई च्यालेन्ज दिएर नाराजुलुस्, बर्थ डे, पार्टी, विवाह, भोज भतेरलाई छोड्न सकेका छैनौँ ।’

सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोला पनि हावा पास नहुने ठाउँहरु, एउटा कोठामा सबै गुम्सिँदा यो भाइरसको फैलावट उच्च हुने बताउँछन् ।

‘गुम्म परेको कोठा, हावा पास नहुने स्थान छ भने त्यो ठाउँमा हावा त्यहीँ बसिराख्छ । जसका कारण अर्को मानिसलाई सर्न सक्ने सम्भावना हुन्छ,’ बास्तोला भन्छन्, ‘भियतनाममा देखिएको हावाबाट सर्ने भन्ने कोरोना संक्रमण थाइल्याण्ड वा म्यानमारमा हावा जाँदा सर्दैन ।’
संक्रमितले एउटा गुम्म कोठामा हाच्छ्यूँ गर्दा वा खोक्दा संक्रमण एक घण्टासम्म रहीराख्ने डा. बास्तोला बताउँछन् । उनी भन्छन्, ‘एक देशबाट बहेको हावा अर्को देशमा जाँदा कोरोना सर्छ भन्ने होइन,’ उनले भने ।

के भन्छ विश्व स्वास्थ्य संगठन ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अहिले भियतनामको यो दाबीको अनुसन्धान गरिरहेको छ । कोभिड–१९ का लागि डब्ल्यूएचओकी टेक्निक प्रमुख मारिया भ्यान केरखोवाले ईमेलको माध्यमबाट भनेकी छन्, ‘यो बेला हामीले भियतनाममा रिपोर्ट गरिएको भेरिएन्टको आँकलन गरेका थिएनौँ । भियतनाममा हाम्रो टोली यसबारेमा अनुसन्धान गर्न त्यहाँको स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गरिरहेको छ, अब चाँडै यसबारेमा पत्ता लगाउनेछौँ ।’

यो पनि पढ्नुहोस्
कोरोना संक्रमणबाट बच्न चाहनुहुन्छ भने छोड्नुस् यी बानी
‘विद्युतीय सवारीसाधन प्रतिस्थापन गर्न सकिन्छ तर कार्यान्वयनकै डर छ’
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’
निःशुल्क खाद्यान्न : भोकै भए खबर गरौँ !
यी योग अभ्यास गर्नुस्, शरीरमा पुग्छ पर्याप्त अक्सिजन

के-के कुरामा बढ्यो बजेट ?



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested