English

निःशुल्क खाद्यान्न : भोकै भए खबर गरौँ !



कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका हुन् ।

निषेधाज्ञामा एकल, गर्भवती महिला, मस्तिष्क पक्षाघातका बिरामी, रोजगारी गुमाएका, दैनिक ज्याला मजदुरी गर्ने, सार्वजनिक पाटीमा जीवन बिताइरहेका असहाय, अशक्त महिला, दुवै मिर्गौला फेल भएका, गरिब, टुहुरा बालबालिका गरी उपत्यकाका तीन जिल्लाका ६३ परिवारलाई खाद्यान्न वितरण गरिसकेको नमस्ते ख्वप टिभीका निर्देशक तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले जानकारी दिए । उनले खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै रकम अभावले खाद्यान्न समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गरेका छन् ।

अभियानकर्ता अभिषेक जोशी, अम्मर परियार, यमनाथ उपाध्याय र संजिता श्रेष्ठको टोलीले गत वैशाख २५ गतेदेखि राहत वितरण सञ्चालन गरेको अभियानका बलराम प्रजापतिले जानकारी दिए ।

निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेका परिवारका बारेमा जानकारी आएअनुसार जिल्लाका मध्यपुरथिमि, सूर्यविनायक, चाँगुनारायण, भक्तपुर नगरपालिका तथा काठमाडौंको कागेशवरी मनोहरा, गोकर्णेश्वर, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न टोलबस्तीका घरदैलोमै पुगेर राहत वितरण गरिएको नमस्ते ख्वप टिभीका कार्यक्रम निर्देशक एवं नृत्य निर्देशक रञ्जना सितिखुले जानकारी दिइन् ।

‘सक्नेले नसक्नेलाई सहयोग गरौँ’ भन्ने नाराका साथ अभियान शुरु भएसँगै स्वतःस्फूर्त रूपमा विभिन्न व्यक्तिले गरेको नगद तथा जिन्सी सहयोग सङ्कलन गर्दै समस्यामा परेकालाई वितरण गर्दै आएको उनले बताइन्।

त्यस्तै जरो किलो महाअभियानले काठमाडौंका विभिन्न क्षेत्रमा राहत वितरण गरेको छ । अभियानकर्ता अभिषेक जोशी, अम्मर परियार, यमनाथ उपाध्याय र संजिता श्रेष्ठको टोलीले गत वैशाख २५ गतेदेखि राहत वितरण सञ्चालन गरेको अभियानका बलराम प्रजापतिले जानकारी दिए । निषेधाज्ञाका कारण समस्यामा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने ३०० परिवारलाई खाद्यान्न सहयोग गरिसकेको उनले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested