English

कोरोना संक्रमणबाट बच्न चाहनुहुन्छ भने छोड्नुस् यी बानी



दिनप्रतिदिन तीव्र गतिमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । तैपनि उल्लेख्य मात्रामा संक्रमण नियन्त्रण हुन सकेको भने छैन । मानिसका आफ्नै आनीबानी र आचरणका कारण संक्रमण फैलिनलाई बल पुगिरहेको छ ।

त्यसैले यसलाई नियन्त्रणमा लिनका लागि सामान्य बानीव्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ । त्यसो त संक्रमणबाट जोगिन छोड्नै पर्ने ७ बानीबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाव यस्तो छ :

– बारम्बार हातले नाक र मुख चलाउने

– हातले मास्क चलाइरहने

– एक्लै हुँदा मास्क लगाउने तर साथीभाइसँग कुरा गर्दा मास्क खोलर बोल्ने

– तरकारी, खाद्यान्न र भीडभाड हुने ठाउँमा लाइन बस्दा मास्क, पञ्जा र सामाजिक दूरी कायम गरे पनि बोल्ने समयमा मास्क खोल्ने ।

– कोरोना संक्रमितसँगको सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिले ‘यो केही पनि होइन’ भनेर हेलचेक्राइँ गर्ने ।

– बाहिरी अफवाह कुरामा ध्यान दिने, सत्य कुरा बुझ्न नचाहने ।

– मास्क चिउँडोमा लगाएर, हात वा गोजीमा बोकेर हिड्ने र सुरक्षाकर्मीलाई देखेपछि मात्र लगाउने ।
माथिका यी बानीलाई हामीले सुधार गर्यौं भने पक्कै पनि संक्रमणबाट बच्न सक्छौं ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested