English

‘पब्जी खेलेर समय बिताइरहेकी छु’



निषेधाज्ञाले गर्दा यतिबेला हरेक क्षेत्र प्रभावित छन् । खेल क्षेत्र र खेलाडीहरु पनि यसबाट अछुतो छैनन् । विभिन्न अभ्यास र खेलमा व्यस्त भइरहने खेलाडीहरु यतिबेला घरभित्रै बस्न बाध्य छन् । त्यसो त निषेधाज्ञामा खेलाडीको दिनचर्या कसरी बितिरहेको होला ? यसै विषयमा महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’सँग मेरो लाइफस्टाइलले गरेको कुराकानी :

निषेधाज्ञामा कसरी दिन बिताइरहनु भएको छ ?

अहिले शरीरलाई आराम मिलिरहेको छ । म घाइते पनि छु । त्यसैले खुट्टाको एक्सासाइज गरेर त कहिले पबजी खेलेर दिन बितिरहेको छ ।

कोरोना संक्रमणदेखि कतिको डर लाग्छ ?

देश व्यापीरुपमा भयावह छ । त्यसकारण डर नै लाग्छ । तर, आफूलाई सम्हालेको छु । त्यति धेरै आत्तिएको छैन ।

कोरोनाबाट बच्न लागि कस्तो उपाय अपानउनु भएको छ ?

घरबाट बाहिर निस्केको छैन र स्वास्थ्य मापदण्ड पालना गर्ने गरेको छु । त्यसैले आफूले संयमता अपनाएमा पक्कै पनि कोरोना हाम्रो नजिक आउँदैन ।

कोरोनाबाट बच्न तपाईको सुझाव के छ ?

घरबाट बाहिर ननिस्कौँ, सरकारले जारी गरेको निषेधाज्ञा पूर्ण रुपमा पालना गरौँ । अनावश्यक रुपमा हिडडुल नगरौँ । यदि अत्यावश्यक कामका लागि जानैपरेमा जनस्वास्थ्यका मापदण्डलाई पालना गरौं ।

निषेधाज्ञामा घरमै बसेर खेलाडीहरुले कसरी दिन बिताउन सकिन्छ ?

लकडाउन र निषेधाज्ञा खेलाडीका लागि बाधक नै बनेको छ । अभ्यासको कमीले भोलिको दिनमा खेल खस्किन सक्ने अवस्था हुन सक्छ । जसका लागि घरमै बसेर ‘वर्क आउट’ गर्न सुझाव दिन्छु । यसले खेलाडीको अभ्यासमा ५० प्रतिशत सहयोग गर्छ ।

यो पनि पढ्नुहोस्
निषेधाज्ञामा झरीले रुझेको सुनसान काठमाडौं (फोटो फिचर)
यस्ता हुन्छन् ग्यास्ट्रिकका लक्षण, कसरी बच्ने ?
क्याप्टेन विजय लामाको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested