English

पशुपतिनाथका १३ ओपन सेक्रेट



डा. गोविन्द टण्डन, संस्कृतिविद्

२ सय ४० हेक्टर जग्गामा फैलिएको छ, पशुपतिनाथ मन्दिर । सन् १९७९ देखि यो युनेस्कोकोे विश्व सम्पदा क्षेत्रमा रहँदै आएको छ । पशुपतिनाथ काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिक स्थलको रूपमा समेत प्रमाणित भइसकेको छ ।

अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरू रहेकाले पशुपतिनाथ मन्दिर क्षेत्र खुला संग्रहालयझैँ छ । यस मन्दिरको अनेक विशेषता रहेका छन् । ती मध्येकेही फरक विशेषताहरूको चर्चा गर्ने कोशिस गरिएको छ । यस्ता छन् पशुपतिनाथका ओपन सेक्रेटः

१. भगवान शिव भनेको त्रिदेव हुन्, अर्थात ब्रम्हा, विष्णु र महेश । शास्त्रअनुसार भगवान शिवले सुक्ष्मभन्दा सुक्ष्म ढंगले सम्पूर्ण ब्रह्माण्ड चलाउनु हुन्छ । उनै भगवानको मूख्य मन्दिर हो, पशुपतिनाथ ।

२. अन्धकार वा अचेतनामा रहुन्जेलसम्म मान्छे पशु बराबर हुन्छ । वहाँ पशुका पनि नाथ हुनुहुन्छ । जब पशुपतिनाथको दर्शन र भक्ति गरेपछि अनुराग बढ्न थाल्छ, तब रूपान्तरण भएर पशु पनि मान्छे बन्छ ।

उहाँको घरमै सबैको मेलमिलाप छ । एकै घरमा साँढे, सिंह, मुसा, मयुर र सर्पहरू छन् । सामान्य हेराईमा साँढेलाई सिंहले खान्छ, मुसा र सर्पलाई मयुरले खान्छ तर पनि घरमा सबै मिलेर बसेका छन् । घरमा केही कोलाहल छैन । उहाँको वासस्थान अन्य देवताको जस्तो सुखसयलको छैन । घरमा भूत, प्रेत राक्षस, देवता सबै एकसाथमा बसेका छन् ।

३. भगवान शंकरको पशुपति नामबाट पुकारिने वैदिक मन्दिर संसारमा अर्को छैन । अर्थात पशुपतिनाथ नै एकमात्र वैदिक मन्दिर हो । यसको स्थापना हजारौँ बर्षअघि भएको हो ।

४. हिन्दूहरूका ३३ कोटी देवता छन् । यी सवै देवतालाई कहिले पुजिसक्ने ? तर, शिवलिङ्ग पुजेपछि पुग्छ । किनभने शिवलिङ्ग ३३ कोटी देवताको पनि प्रतीक मानिन्छ । शिवलिङ्ग एक लिङ्ग नभएर ज्योति अर्थात् ज्ञानको ब्रह्माण्ड हो ।

५.पशुपतिनाथ भारतमा रहेका भगवान केदारनाथको पनि शिर हुन् । चारधाम यात्रा गरेर अन्तिममा पशुपतिनाथमा आएर पूजा अर्चना गरिएन भने पूर्ण भएको मानिदैन ।

६. जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार सम्पन्न गर्न पनि पशुपतिनाथ क्षेत्र नै सवैभन्दा उत्तम मानिन्छ ।

७. शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका लागि पशुपति क्षेत्र आस्थाको केन्द्र हो । यत्तिको सम्प्रदायको एउटै आस्थाको केन्द्र मानिने मन्दिर पनि पशुपतिनाथ नै हो ।

८. पशुपतिमा पशुपति बसेको तला समेत गरेर तीन तला छन् । त्यसैले जल आचमन गर्दा आत्म तत्वाय नमः, विद्या तत्वाय नमः र शिव तत्वाय नमः स्वाहा भन्ने गरिन्छ ।

९. पशुपतिको दर्शनपछि बाहिरिने बेलामा गजुरको दर्शन हुन्छ, त्यहाँ पाँच चुचुरा छन् । बीचको ठूलो शिव, ईशानको हरि, आग्नेयको सूर्य, नैऋत्यको गणेश र वायव्यको देवी हुन्, जसलाई शिव पाञ्चायन भनिन्छ ।

१०. कीर्तिमुख भैरवमा पूर्णिमाको दिन राँगो, बोको, हाँस, भेडो र कुखुराको पञ्चबलि दिने र त्यहाँबाट धागो टाँगेर धर्मशिलाको भोजनमा पु¥याइन्छ, त्यसपछि पशुपतिको दक्षिण ढोका खोलेर पशुपतिलाई अर्पण गरिन्छ ।

११. पशुपतिका विभिन्न मुखको चर्चा गरेपनि पशुपति एक छन् । जस्तै पैतालादेखि घुँडासम्मको भाग पश्चिममुख, घुँडादेखि नाभिसम्मको भाग उत्तरमुख, नाभीदेखि हृदयसम्मको भाग दक्षिणमुख, हृदयदेखि भृकुटीसम्मको भाग पूर्वमुख र भृकुटीदेखि शिखासम्मको भाग ईशान मुख गरेर पशुपतिको सबै शरीर मिलाएर एउटै हो भन्ने बुझ्न आवश्यक छ ।

१२. महेश्वर अलिङ्ग छन् । पशुपतिनाथलाई अंगी बुझ्नपर्छ । अंगीको ज्ञान त्यस बेलामा मात्र हुन्छ, जुन बेलामा त्यसका सबै अंगको ज्ञान हुन्छ । अंग सम्पन्न नभए अंगी पूर्ण हुन्न । त्यसैले, पशुपतिलाई राम्रोसँग बुझ्न पशुपतिसँग सम्बन्ध राख्ने बाहिरका शक्त र शक्तिलाई बुझ्न आवश्यक छ ।

सामान्य हेराईमा साँढेलाई सिंहले खान्छ, मुसा र सर्पलाई मयुरले खान्छ तर पनि भगवान् शिवको घरमा सबै मिलेर बसेका छन् ।

१३. पशुपतिका पाँच मुख
पशुपतिनाथ मन्दिर परिसर । तस्विरः महेश प्रधान/मेरो लाईफस्टाईल

पशुपतिनाथका प्रतिष्ठित मुखलिङ्ग विष्णुधर्मोत्तर पुुराणमा वर्णन गरिएअनुसार निर्माण भएका छन् । यसमा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी ४ मुख छन् । त्यसमा सबैको बीचमा रहेर आकाशतिर फर्किएको मुखलाई पाँचौँ मुख अर्थात् ईशान मुख भनिन्छ । तन्त्रशास्त्रले भने सबैभन्दा तल छ्रैटौँ अधोमुख मानेको छ ।

क. सद्योजात

शिवका पाँच मुखमध्ये पश्चिमतर्फ मोहडा भएको मुख सद्योजात हो । सद्योजातको अर्थ भर्खरै जन्म भएको भन्ने हुन्छ । यो मुख भर्खरै जन्मिएको शिशुको जस्तै शान्त र सुकोमल रहेको बताइएको छ । वेदमा यसलाई पशुपति भनिएको छ । यसले पृथ्वीको प्रतिनिधित्व गर्दछ । यसलाई नन्दीमुख पनि भनिन्छ । यस मुखको दर्शन गर्नाले यो लोकमा तत्वज्ञान र वाञ्छितफल प्राप्त हुन्छ र मृत्युपछि संसाररूपी भवसागरबाट मुक्ति मिल्छ भन्ने धर्मशास्त्रमा वर्णन गरिएको छ ।

ख. वामदेव

पशुपतिनाथको उत्तरी मोहडालाई वामदेव भनिन्छ । वामदेवका ज्येष्ठ, श्रेष्ठ, रूद्र, काल, बलविकरण, बलप्रमथन र सर्वभूतदमन नामका नौ शक्ति स्वरूप छन् । यसले जलतत्वको प्रतिनिधित्व गर्दछ । यसलाई उमामुख पनि भनिएको छ । यस मुखलाई यजुर्वेदको शाखा मानिएको छ । यसको दर्शन गर्नाले शिवको सामिप्यमा बस्न पाइने कुरा धर्मशास्त्रमा वर्णन गरिएको छ ।

ग. अघोर

महादेवको दक्षिण मुख अघोर हो । यो सत्व, रज र तम गुणले युक्त छ । महादेवको यो श्रृष्टि, स्थिति र संहार तीन वटै अवस्थाको विग्रह रूप हो । यसलाई वेदले सर्वमुख भनेको छ । यसलाई भैरवमुख पनि भनिन्छ । यो पशुपतिको रौद्र रूप हो । यस मुखको दर्शन गर्नाले जन्म, स्थिति र मृत्युको भयबाट मुक्ति पाउने विश्वास रहेको छ ।

घ.तत्पुरूष

शिवको पूर्व मुख हो तत्पुरूष । यसको अर्थ परव्रह्म भन्ने हुन्छ । वेदले यसलाई सम्पूर्ण देवताका राजा इन्द्र र भव नामले पनि पुकारेको छ । यस मुखले वायुतत्वको प्रतिनिधित्व गर्दछ । तत्पुरूष मुखलाई अथर्ववेदको स्वरूप मानिएको छ ।

ङ.उर्ध्वमुख

शिवको उर्ध्वमुखलाई ईशान भनिन्छ । शक्ति, सुखको श्रोत र चारै मुखको बिन्दु मानिएको यसलाई पशुपतिको प्रधानस्वरूप मान्ने गरिन्छ । यसबाट महादेवले तीन लोक र चौध भुवनको नियम बाध्ने र लागू गराउने गरेको तथ्य धर्मशास्त्रमा पाइन्छ । यसलाई कामेश्वरी शक्तिले अभिन्न सदाशिव स्वरूप मानिएको छ । यसले आकाश तत्वको प्रतिनिधित्व गर्दछ । पशुपतिनाथको उर्ध्वमुख निराकार छ ।

च.अधोमुख

तन्त्रशास्त्रले माथि उल्लेखितबाहेक अर्को एउटा मुख पनि रहेको बताएको छ, जसलाई अधोमुख भनिएको छ । यस मुखसहित पशुपतिनाथका ६ मुखबाट तन्त्रविद्याका ६ आम्नायको उत्पत्ति भएको तन्त्र शास्त्रमा उल्लेख गरेको पाइन्छ ।

(पशुपति विकास कोषका पूर्व सदस्य–सचिव डा. टण्डनसँगको कुराकानीमा आधारित ।)



...
Tristan

References: Candy96 tournament fanajobs.com

...
Alexandra

References: Candy96 online casino thehrguardians.com

...
Elias

References: Casino Kingdom Auszahlung https://shwemusic.com

...
Ted

References: Candy96 Casino referral http://j1jobs.j1ireland.com/employer/gerard-esters

...
Murray

References: Candy96 Casino pokies https://toutsurlemali.ml/

...
Vernell

References: %random_anchor_text% https://code.a100-cn.com/

...
Annabelle

References: Flagman Casino Bonus ohne Einzahlung https://s3.amazonaws.com/new-casino/Starda-Casino-Bonus-ohne-Einzahlung.html

...
Grover

References: Lollybet Casino Bewertung https://www.paltalk.com/linkcheck?url=lollybet.com.de

...
Hester

References: Lollybet Casino Gutscheincode https://sites.fastspring.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested