कोरोनाबाट बच्न के गर्ने/ के नगर्ने ?



कोभिड–१९ को सङ्क्रमणबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैलीलाई अपनाउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियानको हामी साथ छौँ कार्यक्रमले आज जुम प्रविधिबाट आयोजना गरेको ‘के गर्ने ? के नगर्ने ?’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइरालाले पूर्वीय दर्शनमा आधारित भान्सा पद्धतिलाई पुनःस्थापित गरिनुपर्नेमा जोड दिए।

प्राचीनकालदेखि नै भान्सामा जडीबुटी एवं औषधिजन्य चीजबीजको व्यवस्था हुने भएकाले आधुनिकताका नाममा त्यसलाई नबिर्सन उनले सुझाव दिए । भान्सामा जाँदा हातगोडा धोएर शुद्ध पहिरन लगाएर जाने, भान्सालाई एक जनाले नछोड्ने पद्धति पनि कति वैज्ञानिक रहेछ भन्ने बुझ्न कोरोना महामारीले अवसर दिएको चिकित्सक कोइरालाले सुनाए। जैविक प्रविधिबाट उत्पादित अनाज उपभोग गरी सकारात्मक सोच राख्ने, दुःखमा पनि हाँस्ने, तनावमा नरहने गर्नाले कोरोना जस्ता महामारीबाट बच्न सकिने उनको सुझाव थियो ।

कार्यक्रममा मनोपरामर्शदाता कञ्चन रावतले अध्ययनले पाँचमध्ये चार जनालाई मनोसामाजिक समस्याले सताउने गरेको तथ्य पुष्टि भएको बताए । चिन्ता, निराशा, लागुपदार्थको दुर्व्यसन, घरेलु हिंसा, यौन हिंसा बढेको, मानसिक स्वास्थ्य सेवाको पहुँच कम रहेकाले पनि सचेत हुनुपर्ने कार्यक्रममा उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।

महामारीका विषयमा चिन्ताको सट्टा चिन्तन गर्ने, अरूलाई सहयोग गर्ने गर्नाले शरीरमा आत्मबलका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि हुने मनोविमर्शकर्ता रावतको सुझाव थियो ।

कोरोनाले बालबालिका, वृद्धवृद्धामा बढी समस्या देखिएकाले जोखिम वर्गका व्यक्तिलाई जोगाउन सरोकार भएका निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो । जोखिममा रहेको समूहलाई लक्ष्य गरेर विशेष कार्यक्रम अघि बढाउन पनि रावतले माग गरे। निषेधाज्ञाका कारण घरबाट काम गर्दा धेरै मानिसमा समस्या आएको, विशेषगरी महिला दोहोरो भूमिकाका कारण समस्यामा परेको, घरमा बच्चालाई व्यवस्थापन गर्नु पनि चुनौतीपूर्ण बन्न थालेकाले मानिस मानसिक रुपमा विचलित हुन सक्ने भएकाले तनाव व्यवस्थापनका लागि योग, प्राणायाम, ध्यान, व्यायाम, हिँड्डुल, हाँसखेल, मनोरञ्जनका कार्यक्रम पनि दैनिक रुपमा गरिनुपर्ने उनको सुझाव छ ।

महामारीका विषयमा चिन्ताको सट्टा चिन्तन गर्ने, अरूलाई सहयोग गर्ने गर्नाले शरीरमा आत्मबलका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि हुने मनोविमर्शकर्ता रावतको सुझाव थियो ।

प्रेक्षा ध्यान शिक्षक किशोरसिंह शाहीले योग, प्राणायाम र ध्यानले महामारीका बेला शान्त रहन सहयोग गर्नाका साथै शरीरमा अक्सिजन आपूर्ति व्यवस्थापन प्रणालीलाई सक्रिय राख्न पनि सहयोग गर्ने बताउँदै जुमबाटै अभ्याससमेत गराए। पूर्व मुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेलले दैनिक रुपमा प्राणायाम र योगको कार्यक्रमलाई जुमबाटै निरन्तरता दिइने प्रतिबद्धता जनाए । धेरैलाई सामाजिक सञ्जालबाट जानकारी गराएर परोपकारी काम गरिने पनि उनले जानकारी दिए।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशभर १०७ स्थानमा सफाइ अभियान चलिरहेको जनाइएको छ ।

वाग्मती सफाइ अभियानकर्मी नारायण श्रेष्ठले साप्ताहिक रुपमा ‘के गर्ने ? के नगर्ने ?’ भन्ने विषयमा विज्ञबाट अन्तरक्रिया गरिने बताए। वाग्मती सफाइ महाअभियान आठ वर्ष पूरा भई नवौँ वर्ष प्रवेशका अवसरमा बुधवार जुम प्रविधिबाटै विशेष कार्यक्रम गरिने जानकारी पनि सो अवसरमा गराइएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । प्रत्येक हप्ता शनिवार बिहान ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर वाग्मती सफाइ महाअभियान जारी छ । महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्पको प्रकोप, नाकाबन्दी, कोरोना महामारी जस्ता समयमा निरन्तर जारी छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी सफाइ अभियानसमेत शुरु भएको छ । उपत्यकाबाहिर पनि मुख्य शहर, नदी एवं सांस्कृतिक स्थलमा सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशभर १०७ स्थानमा सफाइ अभियान चलिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सेक्सको विषयमा व्यक्तिहरूमा धेरैलाई उत्सुकता हुन्छ । केही व्यक्तिहरूले यौनलाई मनोरञ्जनको साधनको रूपमा लिन्छन् भने केहीले बच्चा जन्माउन यौनलाई अत्यन्तै

कोरोनाको दोस्रो लहरमा बालकदेखि वृद्धासम्मलाई संक्रमण फैलिएको छ । यसबाट शारीरिक अशक्तता भएका व्यक्तिहरु पनि कोरोना संक्रकित भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार

पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका घर भई फिदिममा बस्दै आएका ४५ वर्षीय पुरुषले ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि गत जेठ ३