English

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न ‘रोबो भ्यान’



कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् ।

रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको शय्याबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ ।

गत वर्ष कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यान निर्माण थालिएको थियो । रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको शय्याबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ । विशेषगरी अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न रोबो भ्यान उपयुक्त हुने जनाइएको छ ।

‘गत साल नै सुरु गरिएको रोबो भ्यान थप आर्थिक अभावका कारण रोकिएको थियो, हालै मात्र भ्यान निर्माणका लागि थप रकम आएको छ, हामी निर्माण बाँकी काम सुरु गर्दैछौँ’, भ्यानका डिजाइनर अभिषेक कार्कीले भने । उनका अनुसार गत सालको कात्तिक महिनामै निर्माण सम्पन्न हुने गरी रोबो भ्यानको निर्माण थालिएको थियो । नाष्टको पहिलो किस्ता तीन लाख ९५ हजार रुपैयाँबाट निर्माण थालिए पनि समयमै दोस्रो किस्ता नआउँदा भ्यान निर्माणको काम रोकिएको थियो ।

कार्कीले भने, ‘केही रकम त हामीले खर्चेर निर्माणलाई अघि बढाइयो, तर समयमै थप रकम नआउँदा सामग्री उपलब्ध हुन सकेन र काम त्यत्तिकै रोकिएको थियो ।’

भ्यान र रोबोटका लागि आवश्यक रकम र सामग्री अभाव नभए अबको एक महिनामा शव व्यवस्थापनको प्रयोगमा ल्याउन सक्छौँ’, कार्कीले भने, ‘ भ्यान प्रयोगमा ल्याइएपछि अस्पतालमा शव व्यवस्थापनका लागि पठाइने जनशक्ति कटौती हुनेछ ।

रोबो भ्यान निर्माणका लागि उनी सहित ६ जनाको अभियान्त्रिक कार्मशाला टोली खटिएकोे छ । शव व्यवस्थापनमा नेपालमै पहिलो प्रविधियुक्त उक्त भ्यान निर्माणमा १० लाख रुपैयाँ लाग्नेछ ।

रोबो भ्यानमा डिजिटल डिभाइसमार्फत रोबोटले शव राख्ने र निकाल्ने गर्दछ । कार्कीका अनुसार भ्यानको ९० र रोबोटको ७० प्रतिशत निर्माणको काम सकिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव छुन नुहने भन्ने भएपछि यससम्बन्धी प्रयोगका लागि आफूले परिकल्पना गर्दै जाँदा ‘रोबो भ्यान’को डिजाइन नै उपयुक्त लागेर स्कुल अफ इन्जिनीयरिङका आफ्ना सहपाठीको एउटा टोली बनाएको इन्जिनीयरिङका विद्यार्थी कार्कीले बताउँछन् ।

‘भ्यान र रोबोटका लागि आवश्यक रकम र सामग्री अभाव नभए अबको एक महिनामा शव व्यवस्थापनको प्रयोगमा ल्याउन सक्छौँ’, कार्कीले भने, ‘ भ्यान प्रयोगमा ल्याइएपछि अस्पतालमा शव व्यवस्थापनका लागि पठाइने जनशक्ति कटौती हुनेछ ।’

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव छुन नुहने भन्ने भएपछि यससम्बन्धी प्रयोगका लागि आफूले परिकल्पना गर्दै जाँदा ‘रोबो भ्यान’को डिजाइन नै उपयुक्त लागेर स्कुल अफ इन्जिनीयरिङका आफ्ना सहपाठीको एउटा टोली बनाएको इन्जिनीयरिङका विद्यार्थी कार्की बताउँछन् । ‘एक वर्षपछि भए पनि रोबो भ्यान निर्माणको हाम्रो लक्ष्य पूरा हुनेनैछ,’ उनले भने ।

रोबो भ्यानको परीक्षण सफल भएमा सरोकारवालाबाट बजेट व्यवस्थापन गरी आवश्यकताअनुसार थप भ्यान निर्माण गर्न सकिनेमा अपेक्षा गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested