English

सगरमाथा आरोहण

बेस क्याम्पबाट यसो भन्छन् कामीरिता (भिडियोसहित)



२५ औं पटक सगरमाथा चढेर कीर्तिमान बनाएका कामीरिता शेर्पाले यसैपाली सगरमाथा आरोहणको अर्को रेकर्ड बनाउने दाउमा छन् । उनले मे तेस्रोसाता २६ औं पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोड्न लागेका हुन् । शेर्पा यतिबेला आधार शिविरमा छन् । सोलुखुम्बुका ५१ वर्षीय शेर्पाले शुक्रवार नयाँ कीर्तिमान बनाएका थिए ।

११ जना अन्य शेर्पासहित चौथो क्याम्पदेखि डोरी टाँगेर बाटो बनाउँदै उक्लेका उनीहरु शुक्रवार साँझ ६ बजे चुचुरोमा पुगेका थिए । कामीरिताले नै रोप फिक्सिङको नेतृत्व गरेका हुन् ।

केहीदिन अघि सगरमाथा बेस क्याम्पमा कोरोना भाइरस संक्रमण फैलिएको खबर आए । यद्यपि अहिलेसम्म बेस क्याम्प सुरक्षित रहेको कीर्तिमानी आरोही शेर्पा बताउँछन् । ‘यहाँ रुघाखोकी लाग्नु सामान्य हो,’ मेरोलाइफस्टाइलसँग उनले भने, ‘यो भन्दा बढी रुघाखोकी त सन् २००९ मा फैलिएको थियो । त्यतिबेला कुनै हल्ला भएन तर, अहिले अनावश्यक हल्ला फिजाइयो । तैपनि बेस क्याम्पमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरिएको छ । यहाँ सेफ छ ।’

२५ औं पटक सगरमाथा आरोहण गर्ने विश्व किर्तिमानी आरोही कामीरिता शेर्पा बेस क्याम्पबाट प्रत्यक्ष

विगत ५ वर्षयता सेभेन समिट ट्रेक्स प्रा.लिमा आवद्ध उनले सिनियर हाई अल्टिच्युट गाइडको रुपमा काम गर्दै आएका छन् । २०५१ देखि हिमाल आरोहण यात्रा सुरु गरेका कामीरिताले केटु एकपटक, ल्होत्से एकपटक, चोयु आठपटक र मनास्लु हिमाल तीनपटक आरोहण गरिसकेका छन् ।

सगरमाथामा ट्राफिक जाम कम हुने

सगरमाथामा हुने ट्राफिक जामले आरोहीहरुले वर्षेनी हैरानी खेपिरहेका हुन्छन् । यद्यपि यसपाली भने जाम कम हुने आरोही छाङ दावा शेर्पा बताउँछन् । ‘पहिला–पहिला मे १४ तारिखदेखि समिट सुरु हुन्थ्यो भने अहिले त्यसअघि नै आधाजति क्लाइन्टले समिट गरिसक्ने देखिएको छ,’ उनले भने, ‘त्यसैले यसपाली सगरमाथामा ट्राफिक जाम कम हुन्छ ।’

सेभेन समिटमा समेत आवद्ध रहेका छाङले सगरमाथापछि दोस्रो उच्च शिखर केटुको आरोहण गरी कीर्तिमान बनाएका थिए । गत माघमा पाकिस्तानमा रहेको केटु हिमालको पहिलोपटक हिउँदयाम अर्थात् ‘विन्टर’ सिजनमा आरोहण गर्दै उनको टोलीले विश्व कीर्तिमान बनाएको थियो ।

सगरमाथा चढ्दै बहराइनका राजकुमार

यसपाली बहराइनका राजकुमार मोहमद हामद मोहम्मद अल खालिफाले सगरमाथा चढ्दैछन् । मे ११ बाट खालिफाको टोलीले सगरमाथा चढ्ने छाङ दावा बताउँछन् । राजकुमारसहित करिव २ दर्जन टोली आइतबार नै क्याम्प ३ तर्फ लागेका छन् । सेभेन समिट ट्रेकले राजकुमारको टोलीलाई आरोहण सम्पन्न गराउने गरी आरोहण व्यवस्थापन गरेको छ । गत वर्ष खालिफाले लोबुचे र मनास्लु हिमालको सफल आरोहण गरी सकेका छन् ।

यो सिजनमा सगमाथा आरोहणका लागि पर्यटन विभागले ४३ आरोहण टोलीलाई अनुमति दिएको छ । जसमध्ये ३ सय १५ जना पुरुष र ९२ जना महिला छन् ।

यो पनि पढ्नुहोस्
के चाहिन्छ ! सगरमाथा चढ्न ?
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने
१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना
३०३ जनाले लिए आरोहण अनुमति
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested