बन्दाबन्दी

बन्दाबन्दीमा बढ्दै आपराधिक घटना



दाङमा एक हप्ताअघि तीन बालक मृत अवस्थामा भेटिए । माघदेखि तुलसीपुर उप–महानगरपालिका वडा नं. ६ स्याउलीमा पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेटको कारभित्र तीन बालक भेटिएका थिए । ती बालकहरुको पहिचान खुलिसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७७ साउन २६ गते काठमाडौँको टोखा नगरपालिका–१० गोंगबुमा रोल्पाका ४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्या भयो । चितवनकी ३७ वर्षीय कल्पना मुडभरीले उनको विभत्स हत्या गरेकी थिइन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजालसमा हत्याको अभियोगमा कल्पनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । उनीसँगै घटनामा संलग्न उनकी १५ वर्षीया छोरीलाई भने सुुधार गृहमा राखिएको छ ।

यो घटनाको महिनादिन नपुग्दै भदौ २६ गते मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निकोसेराको एक घरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको थियो । शव सुदीप अधिकारी दम्पत्ती र छोरा सुशान्तको थियो । सुदिपले अत्याधिक मदिरा सेवन गर्ने बानीका कारणले जागिर गुमाएका थिए । घर धितो राखेर बैंकबाट ऋण निकालेका थिए । बैंकबाट निकालेको ऋण तिर्न नसकेर लकडाउनमा परिवारिक कलह बढेपछि श्रीमती र छोराको हत्या गरी आफूले आत्महत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

‘बन्दबन्दीमा मानिसहरु घरभित्रै रहने हुँदा विभिन्न विवाद उत्पन्न हुने रहेछन्,’ उनी भन्छन्, ‘त्यही विवादले हिंसात्मक रुप लिएको हाम्रो अनुसन्धानले देखाएको छ ।’

चितवनमा यही (बिहीवार) एक कोरोना संक्रमितले आत्महत्या गरे । भारतमा नयाँ भेरियन्ट आएपछि बस्न नसकिने भन्दै स्वदेश फर्किएका ३५ वर्षीय गोविन्द शाहले कोरोनाबाट आत्तिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यी चार घटना प्रतिनिधिमूलक मात्र हुन् । निषेधाज्ञा (लकडाउन) को समयमा पनि आपराधिक घटना भइरहेका छन् भन्ने यसले पुष्टि गर्छ । समाजमा यस्ता आपराधिक घटनाहरु दैनिकजसो घटिरहेका छन् । कति बाहिर आउँछन् भने कति गुमनाम छन् ।

यतिबेला कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालका अधिकांश जिल्ला बन्दाबन्दीको अवस्थामा छ । त्यसैले यस्तो अवस्थामा आपराधिक घटना बढ्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

महामारीमा आपराधिक घटना बढेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए । ‘बन्दबन्दीमा मानिसहरु घरभित्रै रहने हुँदा विभिन्न विवाद उत्पन्न हुने रहेछन्,’ उनी भन्छन्, ‘त्यही विवादले हिंसात्मक रुप लिएको हाम्रो अनुसन्धानले देखाएको छ ।’

नेपाल प्रहरीको तथ्यांकअनुसार २०७६ को चैत्रदेखि ०७७ फागुनसम्म ४० हजार ८ सय ५१ आपराधिक घटना भएका छन् । जसमध्ये ज्यान सम्बन्धी आपराधिक घटना ८ हजार २ सय ८१ रहेको छ ।

‘समाजिक संरचनामा आउने परिवर्तनले मान्छेहरुलाई त्यससँग अनुकुल हुने क्षमतामा विचलन ल्याइदियोे,’ डा. गौतम भन्छन्, ‘विचालित व्यवहार देखिनु भनेको आत्महत्या, बलात्कार, घरायसी हिंसा जस्ता आपराधिक घटनाहरुमा वृद्धि हुनु हो ।’

गत वर्षको बन्दाबन्दीमा आत्महत्या गर्ने मानिसहरुको संख्या उच्च देखियो । ०७६ चैतदेखि ०७७ को फागुनसम्म ७ हजार ७ सय ७१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । यसमध्ये केही कोरोना संक्रमित पनि थिए ।

बन्दाबन्दीमै किन बढ्यो घटना ?

महामारीको समयमा सरकारले समाज र नागरिकको व्यवस्थापन गर्न नसक्दा यस्तो परिणाम आएको समाजशास्त्री डा. टिकाराम गौतम बताउँछन् । ‘महामारीका बेला समाजमा आएको परिवर्तनलाई ज्ञान र अभ्यासले व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘व्यक्तिले यसलाई व्यवस्थापन गर्न नसकेपछि वैकल्पिक उपाय देख्दैन, जीवनको महत्व नै समाप्त भएको अनुभव गर्छ, त्यसपछि आत्महत्याको विकल्प रोज्छ ।’

यस्तै, महामारीका बेला समाजमा फरक परिवेश निर्माण भएको हुन्छ । यसबेलामा मान्छेको समाजिक सम्बन्ध, अन्तरक्रिया र अवश्यकतामा परिवर्तन आउँछ । जसले गर्दा मानिसमा हिंसाको भावना उब्जने समाजशास्त्री गौतमको बुझाई छ । ‘समाजिक संरचनामा आउने परिवर्तनले मान्छेहरुलाई त्यससँग अनुकुल हुने क्षमतामा विचलन ल्याइदियोे,’ डा. गौतम भन्छन्, ‘विचालित व्यवहार देखिनु भनेको आत्महत्या, बलात्कार, घरायसी हिंसा जस्ता आपराधिक घटनाहरुमा वृद्धि हुनु हो ।’

यस्तो अवस्थाले गर्दा व्यक्ति भित्र भएको कुण्ठा र पीडा बढ्न जान्छ र आत्महत्या लगायत व्यभिचारी प्रकृतिका अपराधहरु बढ्न जाने विश्वकर्मा बताउँछन् ।

अन्योलग्रस्त अवस्था, राज्यको ध्यान रोग नियन्त्रणमा हुनु, विच्छेदित समाज, रोजगारी गुम्नु, गरिबी बढ्नु, राजनीतिक अन्योलता हुनु लगायतका कारणले आपराधिक घटना बढीरहेको समाजशास्त्री तिलक विश्वकर्मा बताउँछन् ।

‘अहिलेको अन्योलग्रस्त अवस्था आम मानिसले भोलिका दिनमा के हुन्छ भन्ने सोच्नै सक्दैनन्,’ उनले भने, ‘मानिसहरु आफ्नो इच्छा जतिसक्दो चाँडो पूरा गर्न खोज्छन् जसले अपराधीको मनोवल बढाउन सहयोग गर्दछ ।’

बन्दबन्दीमा मान्छेलाई डिप्रेशन र एन्जाइटी जस्ता समस्या देखा पर्ने मनोविद् करुणा कुँवर बताउँछिन् । डिप्रेशनले मन दुःखी हुनु, आत्महत्या गर्न मन लाग्नु, एकान्तमा बस्न रूचाउनु जस्ता समस्या देखापर्छ ।

यस्तै, अहिले महामारीको नारा नै कोरोनालाई जुटेर होइन छुटेर सामना गरौं भन्ने छ । त्यसैले छर–छिमेकी, आफन्त वा नातागोतामा आवतजावत हुँदैन । एक आपसमा दुःख पीडा बाँड्ने, एक अर्कालाई सल्लाह र साथ दिने अवस्थामा कमी आएको छ । यस्तो अवस्थाले गर्दा व्यक्ति भित्र भएको कुण्ठा र पीडा बढ्न जान्छ र आत्महत्या लगायत व्यभिचारी प्रकृतिका अपराधहरु बढ्न जाने विश्वकर्मा बताउँछन् ।

‘समाजिक अन्तरसम्वन्धको जालो जति मजबुत हुन्छ त्यो समाजमा अपराधीहरु आफूलाई कमजोर ठान्दछन्,’ विश्वकर्मा भन्छन्, ‘समाजले प्रतिकार र अपराधलाई निरुत्साहित गर्न सक्दछ । यद्यपि अहिलेको अवस्थामा सामाजिक अन्तरसम्वन्ध कमजोर हुनाले अपराधीहरुको लागि अपराध गर्ने मौका सृजना भएको छ ।’

व्यक्तिसँग व्यापार, व्यवसाय लगायतका विभिन्न कुराकानी हुन्छन्, जसले कालान्तरमा अपराधको रुप लिने गरेको छ ।’

बन्दबन्दीमा मान्छेलाई डिप्रेशन र एन्जाइटी जस्ता समस्या देखा पर्ने मनोविद् करुणा कुँवर बताउँछिन् । डिप्रेशनले मन दुःखी हुनु, आत्महत्या गर्न मन लाग्नु, एकान्तमा बस्न रूचाउनु जस्ता समस्या देखापर्छ । यस्तै, इन्जाइटीले छटपटि, अनिन्द्रा, कहाँ जाउँ कसो गरौं हुनु, संसारै डुब्छ जस्तो महशुस हुने जस्ता समस्या आउँछ । यस्ता कुराले आत्महत्यालाई प्रशय दिने मनोविद् कुँवर बताउँछिन् ।
यसैगरी पछिल्लो समय सामाजिक सञ्जालबाट पनि विभिन्न आपराधिक घटना घट्ने गरेको उनको बुझाई छ । ‘समाजिक सञ्जालमार्फत अपरिचित साथी बनाउने प्रवृत्ति पनि बढेको छ,’ उनी भन्छिन्, ‘त्यस्ता व्यक्तिसँग व्यापार, व्यवसाय लगायतका विभिन्न कुराकानी हुन्छन्, जसले कालान्तरमा अपराधको रुप लिने गरेको छ ।’
महामारीमा धेरैको व्यापार व्यवसाय ठप्प भएको छ भने थुप्रै बेरोजगार भएका छन् । यस्तो अवस्थामा मान्छेहरु आत्महत्या तथा हिंसाजन्य क्रियाकलापमा अग्रसर हुने कुँवर बताउँछिन् ।

आपराधिक घटनाबाट जोगिनका लागि सामाजिक सञ्जालको कम प्रयोग गर्ने, पर्याप्त निदाउने र शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

कसरी घटाउन सकिन्छ ?

आपराधिक घटना कम हुन मानिसको समाजिक मनेविज्ञानमा परिवर्तन ल्याउनु पर्ने समाजशास्त्री डा. गौतम बताउँछन् । ‘मान्छेको सामाजिक मनेविज्ञान घर–परिवार हुँदै राज्यसँग जोडिन्छ र ती सबै निकायहरुको उपयुक्त भूमिका निर्वाह गर्नुपर्छ,’ –उनी भन्छन्, ‘त्यसपछि मात्र सामाजिक मनेविज्ञानमा परिवर्तन आएर आपराधिक घटना कम हुन्छ ।’

सामान्य अवस्था भन्दा महामारीका बेलामा घरपरिवार, समुदाय र राज्यको भूमिका कमजोर भएमा व्यक्तिको समाजिक मनोविज्ञानमा झनै प्रभाव पर्छ । ‘कसैले अपराध गर्यो भने उसकोे मानसिक समस्या हो भनिन्छ,’ कुँवर भन्छिन्, ‘तर त्यस्ता व्यक्तिको मनोविज्ञान निर्माण गर्न सिंगो सामाजिक परिवेश र संचरनाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।’

त्यसैले आपराधिक घटनालाई कम गर्न राज्य, समुदाय र परिवारको मुख्य भूमिका रहने उनको बुझाई छ । आपराधिक घटनाबाट जोगिनका लागि सामाजिक सञ्जालको कम प्रयोग गर्ने, पर्याप्त निदाउने र शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन