English

गल्तीले पनि जुत्ता-चप्पल यसरी नराख्नुहोस्



वास्तु शास्त्रमा हरेक कुरालाई राख्ने नियम दिइएको छ, यसलाई निरन्तर पालना नगरे समस्यामा पर्न सक्छ । यी नियमहरू पालना नगर्दा आर्थिक संकट, स्वास्थ्य सम्बन्धी समस्या, घरमा पारिवारिक कलह हुन सक्छ । जुत्ताको सन्दर्भमा पनि यस्तै नियम बनाइएको छ । घरमा जुत्ता र चप्पल सही ठाउँमा नराख्नाले घरमा वास्तु दोष हुन सक्छ ।

जुत्तालाई उल्टो नराख्नुहोस्

जुत्ता र चप्पल कहिल्यै उल्टो राख्नु हुँदैन । वास्तु मान्यता अनुसार जुत्ता र चप्पल उल्टो छरिएको ठाउँमा शनिदेवको अशुभ प्रभाव देखिन्छ । किनभने शनिको सम्बन्ध खुट्टासँग छ । त्यसैले खुट्टासँग सम्बन्धित चीजहरूलाई सही स्थानमा राख्नु शुभ मानिन्छ ।

जुत्ता अव्यवस्थित हुन नदिनुहोस्

जुत्ता र चप्पल भद्रगोल राख्नाले घरमा नकारात्मक ऊर्जा आउँछ । त्यसैले तिनीहरूलाई घरको सही ठाउँमा राख्नुपर्छ ।

पुरानो जुत्ता

पुरानो जुत्ता र चप्पल घरमा भुलेर पनि राख्नु हुँदैन । यसो गर्दा घरमा नकारात्मक ऊर्जा आउँछ । त्यसैले वास्तु मान्यता अनुसार पुरानो जुत्ता र चप्पललाई घरबाट हटाउनुपर्छ ।

भान्साको भित्तामा नराख्नुहोस्

जुत्ता र चप्पल कहिले पनि भान्साको भित्ताको छेउमा राख्नु हुँदैन । तिनीहरूलाई घरको उत्तर, दक्षिण–पूर्व वा उत्तर–पूर्व दिशामा राख्न सक्नुहुन्छ।

मुख्य गेटमा जुत्ता र चप्पल

वास्तु मान्यताका अनुसार बाहिरबाट आउँदा जुत्ता र चप्पललाई दक्षिण वा पश्चिम दिशामा नलगाउनु हुँदैन । यस बाहेक मुख्य गेटमा जुत्ता र चप्पल उतार्नु पनि शुभ मानिन्छ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

इटहरी/ कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य

Latest










Popular
Suggested