English

साउन महिनामा अपनाउनुहोस् यी वास्तु उपाय



श्रावण महिना चलिरहेको छ । यस महिनामा मानिसहरूले शिवलाई कृपा गरी उनको आशीर्वाद लिन्छन् । शिवलाई श्रावण महिना निकै प्रिय हुने जनविश्वास छ । यस महिनामा भगवान् शिव धेरै प्रसन्न रहन्छन् । त्यसैले भक्तहरूले पनि उनलाई खुसी पार्न अनेक उपाय अपनाउँछन् । वास्तु शास्त्रका अनुसार यी केही सजिलो उपाय अपनाएर भगवान् शिवलाई प्रसन्न पार्न सकिन्छ ।

पानीको स्रोत

भगवान शिवलाई पानी असाध्यै मन पर्छ । यस महिनामा उत्तर दिशामा जलस्रोत स्थापना गर्न सक्नुहुन्छ । यस दिशामा जलस्रोतलाई निकै शुभ मानिन्छ । यसले तपाईँको घरमा सकारात्मकता ल्याउँछ र पैसाको प्रवाह पनि बढाउँछ । यदि तपाईँले उत्तर दिशामा पानीको स्रोत राख्न सक्नुहुन्न भने पूर्व दिशामा कृत्रिम पानीको झरना राख्न सकिन्छ । वास्तु शास्त्र अनुसार, यसले तपाईँलाई महत्त्वपूर्ण निर्णयहरू लिन सजिलो बनाउँदछ ।

मनी प्लान्ट

साउन वर्षाको महिना हो । यदि तपाईँले यो महिनामा मनी प्लान्ट रोप्नुभयो भने, यो पनि धेरै राम्रो हुन्छ । मनी प्लान्ट उत्तर दिशामा राख्नाले सुख र समृद्धि प्राप्त हुन्छ । घरमा मनी प्लान्ट रोप्न साउन महिना निकै राम्रो मानिन्छ । मान्यताका अनुसार मनी प्लान्ट बढ्दै जाँदा घरमा धन सम्पत्ति बढ्छ ।

भगवान शिवको

यस महिनामा भगवान् शिवको अर्ध नारीश्वर स्वरूपको पूजा गर्नु निकै शुभ मानिन्छ । यो मूर्तिलाई पूर्व दिशामा राख्न सक्नुहुन्छ । यसबाट विशेष लाभ पनि मिल्नेछ । यसका साथै श्रीमान्–श्रीमतीबीचको प्रेम पनि बढ्छ ।

तुलसीको बोट

घरमा तुलसीको बोट सुख र सौभाग्यको सूचक हो । यदि तपाईँको घरमा तुलसीको बिरुवा छैन भने यो बिरुवा साउन महिनामा रोप्न सक्नुहुन्छ । यसले तपाईँलाई सुख र समृद्धि पनि दिनेछ। तुलसीको बोट उत्तर दिशामा लगाउनुपर्छ ।

गङ्गा जल

मान्यता अनुसार साउन महिनामा चारैतिर ऊर्जाको चहलपहल हुन्छ । यस समयमा घरमा गङ्गा जल छर्कनु धेरै शुभ मानिन्छ । यसले तपाईँको घरबाट वास्तु दोष हटाउँछ। हरेक बिहान स्नान गरेपछि घर भरी गङ्गा जल छर्कने । यसले घरबाट नकारात्मक ऊर्जा पनि हटाउँछ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested