English

घरमा यसरी राख्नुहोस् शिवको मूर्ति



साउन महिना सुरु भएको छ । मान्यता अनुसार यो महिना भगवान शिवको प्रिय महिना हो । हिन्दु धर्मका अनुसार भगवान शिवलाई सबै देवताहरूमा सर्वोच्च स्थान दिइएको छ। त्यसैले उनलाई देवाधिदेव महादेव पनि भनिन्छ। वास्तु शास्त्र अनुसार घरमा भगवान शिवको मूर्ति वा तस्विर राख्नु धेरै शुभ मानिन्छ। तर मूर्ति स्थापनाका लागि केही मान्यता तोकिएको छ ।

दिशा सुनिश्चित गर्नुहोस्

मान्यता अनुसार भगवान् शिव कैलाश पर्वतको उत्तर–पूर्व दिशामा बास गर्छन्। त्यसैले यदि तपाईं घरमा भगवान् शिवको मूर्ति स्थापना गर्न चाहनुहुन्छ भने उत्तर दिशामा स्थापना गर्नुहोस्। वास्तु शास्त्रका अनुसार घरमा क्रोधित मुद्रामा भएको शिवको मूर्ति राख्न नबिर्सनुहोस्, यस्तो चित्र विनाशको प्रतीक हो।

शिव परिवार फोटो

घरमा शिव परिवारको तस्बिर राख्नु पनि धेरै शुभ मानिन्छ। जसले गर्दा घरमा कलह हुँदैन भन्ने विश्वास गरिन्छ। यो तस्विरले तपाईंको घरमा सकारात्मक प्रभाव पार्छ।

सबैले देख्ने ठाउँमा राख्नुहोस्

वास्तु शास्त्र अनुसार भगवान् शिवको मूर्ति वा तस्विरलाई सबैले देख्न सक्ने ठाउँमा राख्नु पर्छ। यस्तो ठाउँमा तस्विर राख्नु निकै शुभ मानिन्छ ।

सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ

जहाँ तपाईंले शिवको मूर्ति स्थापना गर्नुभएको छ, त्यो ठाउँ सधैँ सफा राख्नुपर्छ। यदि तस्विरको नजिक फोहोर छ भने तपाईँको घरमा वास्तु दोष बढ्न सक्छ र घरमा धनको कमी पनि हुन सक्छ भन्ने मान्यता छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested