English

मजदुरलाई कोरोनाले थुपारेको पीडा



उपत्यकामा कोरोनाको दोस्रो लहरका कारण १५ दिने निषेधाज्ञा जारी भएको छ । देशका विभिन्न ठाउँबाट उपत्यकामा आएर दैनिक मजदुरी गर्नेे श्रमिकहरु अधिकांश घर फर्किएका छन् । तर कतिपयले उपत्यकामै दुःख गरी रोजीरोटी चलाएका छन् ।

एकातिर मजदुरको पीडा त छँदै छ, अर्कोतिर निषेधाज्ञाको कारणले झनै दुःख थपिएको छ ।

ज्यालामजदुरी गरी खानेलाई विश्व मजदुर दिवसको वास्ता नै छैन । वास्ता छ त केवल यो बन्दबन्दीमा पेट कसरी भर्ने । ज्यालामजदुरी गरी छाक टार्नेलाई बन्दबन्दी र हप्तादिनका लागि पाइने ज्यालाको कामले चिन्तित बनाएको छ ।

उपत्यकाको महँगीमा आफ्नो पेट पाल्नु र त्यसैमा खर्च कटाएर घरमा पठाउनु उनीहरुको अर्को पीडा हो ।

कंलकीको एक निजी घरको पर्खाल बनाउने काममा सोताङ–१ सोलुखुम्बुकी मनिका भुजेल खटिएकी छिन् । उनले आफूले कमाएको पैसा घरपरिवारलाई पठाउने गरेकी छिन् । उनी भन्छिन्, ‘परिवार पाल्न यहाँ कमाएको पैसा खर्च कटाएर घर पठाउँछु तर अब काम पाउँदैन घरमा पैसा कसरी पठाउने ।’

गत वर्षको लकडाउनमा घर गएकी मनिका यो वर्ष घर जाँदा खर्च हुने भएकाले घर नगई यतै मजदुरी गरीरहेकी छिन् ।

काम गरी खानेका लागि के रोग, के बन्द र के मजदुर दिवस । काम गर्ने हो खाने हो । काम नगरे मुखमा माड लाग्दैन दुःख सुख गर्नैपर्छ ।’

उनीसँगै रहेका अर्का सुनसरीका श्याम मण्डल पनि मजदुरी गर्छन् । उनी निजी घर बनाउने ठाउँमा लामो समयसम्म काम नपाइने बताउँछन् । उनी भन्छन्,‘ बन्दबन्दीका कारणले ठेकेदारहरु घर गएपछि हप्तादिनका लागि निजी घरको काम पाउँछ, त्यसपछि खालि बस्नुपर्छ, किनेर खाना धौ–धौ हुन्छ ।’

यसैगरी धादिङका गणेश कार्की पनि ज्यालामजदुरी गरी दैनिकी चलाउँछन् । उनी कोरोना, बन्दबन्दी र मजदुर दिवसले काम गरी खाने मान्छेलाई नछेक्ने बताउँछन् । उनी भन्छन्, ‘ काम गरी खानेका लागि के रोग, के बन्द र के मजदुर दिवस । काम गर्ने हो खाने हो । काम नगरे मुखमा माड लाग्दैन दुःख सुख गर्नैपर्छ ।’

उदयपुरका दिपेश सुनुवार रानीपोेखरीमा ज्यामी काम गर्छन् । उनीसहित रानीपोखरीमा नौ जनाले ज्यामी काम गर्ने गरेका छन् । आज विश्व श्रमिक दिवस तर उनलाई र साथीलाई यसबारे थाहै छैन ।

उनी रानीपोखरीमा काम गर्न आएको १२ दिन भएको छ । यसभन्दा अगाडी सुन्दरीजलमा काम गरेका थिए ।

यी एक पात्र मात्र हुन् यसरी दैनिक ज्याला मजदुरी गरी खाने अधिकांशलाई आज विश्व श्रमिक दिवसको बारेमा जनकारी नै छैन । यस्ता कति होलान् जो यस दिवसबारे अनविज्ञ छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीनवटा तत्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । लाग्छ–साहित्यकार

तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम