English

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण, मंगलबार सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि प्रत्यक्ष तथा भिडियो कल मार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

कर्मचारी मैत्री कार्यस्थल बनाउन र सम्पूर्ण टिमलाई कम्पनीको लक्ष्य पुरा गर्नको लागी व्यवस्थापन टिम सँग पङ्क्तिबद्ध भएर साथ साथ अघि बढ्न यस्तो सभाले महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलको भनाइ छ । सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने गरेको छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरूले कम्पनीको संरचना तथा विभाग अनुसारको कार्य तथा अन्तरक्रिया नियमित रूपमा गर्ने गर्दछन् तर कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग त्रैमासिक रूपमा प्रत्यक्ष भेट्ने, कम्पनीको प्रगति तथा योजनको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवं छलफल गर्ने अवसरले संस्थाको सबै तहमा प्रभाकारी सञ्चार हुने तथा कर्मचारीहरूलाई एकसाथ ल्याउने यो उत्कृष्ट माध्यम हो ।

टाउन हल सभा सबै कर्मचारीहरूको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनीतिमा एकताबद्ध हुने अवसर हो । कम्पनीले गरेको प्रगति, सफलताहरू, भावी कार्य योजना तथा प्राथमिकताहरूको बारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर हो ।

कार्यस्थलमा एक स्वस्थ वातावरण स्थापना गर्ने सन्दर्भमा, टाउन हल सभाहरू कर्मचारीहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्न र सशक्त बनाउनको लागि अत्यन्त महत्त्वपूर्ण रहन्छन् ।

यो पनि…
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तालिम सञ्चालन
सिटिजन लाइफको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested