English

‘बच्चा र गर्भवती महिलामा मेहन्दीको असर बढी देखिन्छ’



साउन महिना सुरु भएसँगै सहर बजार, सडकको छेउछाउ, कस्मेटिक पसल तथा पार्लरहरूमा हातमा मेहन्दी भर्दै गरेको देख्न सकिन्छ । साउनमा विशेष त हिन्दु महिलाहरू हरियो पहिरन लगाउने, सोमबार व्रत बस्ने र हातमा मेहन्दी लगाउने गर्छन् । पछिल्लो समय मेहन्दीले हातमा सुन्दर फुल बुट्टा भरेर सामाजिक सञ्चालमा सेयर गर्ने होडबाजी नै चलिरहेको छ । हत्केलामा भरिएको मेहन्दीको डिजाइन र गाढा रङले झट्ट हेर्दा आकर्षक र सुन्दर देखिन्छ । यसरी सुन्दर र आकर्षक देखिने होडबाजीमा मेहन्दी छालाको लागि सुरक्षित वा हानिकारक के छ ? भनी हेक्का राखेको त्यति पाइँदैन ।

मेहन्दी प्राकृतिक रूपमा वनस्पतिबाट बनाइएको र कृत्रिम रूपमा बनाइने गरी मेहन्दी दुई किसिमका हुन्छन्। प्राकृतिक मेहन्दीको एउटा बोट हुन्छ, जसको जसको पात प्रयोग गरिन्छ । यसलाई अंग्रेजीमा लोसनिया इनर्मिस भनिन्छ । यसको सुन्तला र खैरो रङको रातो बनाउने एउटा गुण हुन्छ । जसलाई पानी वा तेल मिसाएर ‘पेस्ट’ बनाएर छाला, कपाल तथा नङमा लगाउँदा पातमा रहेको रङ ट्रान्सफर हुन्छ । ट्रान्सफर हुनलाई दुईदेखि छ घण्टा लाग्छ र यो मेहन्दी छालामा एक साता वा १० दिनसम्म मात्र रहन्छ । यसले कुनै खराबी गर्दैन ।

पछिल्लो समय मेहन्दी अझै गाढा र लामो समयसम्म टिकाउनको लागि विभिन्न किसिमको मिसावट गरिन्छ । आफ्नो आवश्यकता अनुसारको रङ्ग बनाएर प्रयोग गरिन्छ जसलाई कृत्रिम मेहन्दी भनिन्छ । कृत्रिम रूपमा बनाइएको मेहन्दीलाई बजारमा लैजान उत्पादक कम्पनीहरूले प्राकृतिक मेहन्दीकै नाम दिएका हुन सक्छन् । तर, त्यो मेहन्दी प्राकृतिक रूपमा भन्दा पनि केमिकल मिसाएर बनाइएको हुन्छ । त्यसो त, घरायसी मेहन्दीमा पनि कागतीको रस, भिनेगर, ओलिभ ओयल, ल्वाङको तेल, कसैले त मट्टी तेल, पेट्रोल पनि मिसाउने गर्छन् । यसो गर्दा छालामा विभिन्न किसिमको समस्या आउने गर्दछ ।

बजारमा पाइने कृत्रिम मेहन्दीमा पारा–फेनाइलेनेदायमाइन नामक केमिकल मिसाइएको हुन्छ । जसले मेहन्दीको रङ्ग गाढा बनाइदिन्छ । यस्तो केमिकल मिसाइएका मेहन्दी लगाउँदा छालाको भित्री भागसम्म पुगेर लामो समयसम्म हातमा रङ्ग बस्न सक्छ ।

त्यस्तै एउटा ब्ल्याक हीना हुन्छ, यसमा विभिन्न किसिमको रङहरू तथा केमिकल मिसाएर कलर फुल बनाइन्छ । त्यी कलर फुल मेहन्दी प्रयोग गर्दा हाम्रो छालामा एलर्जी हुन्छ । जुन अंगमा मेहन्दी लगायो त्यही अंगमा एलर्जी हुन्छ ।

अत्यधिक केमिकल मिसाइएको मेहन्दीले तत्कालीन र दीर्घकालीन असरहरू देखिन सक्छ :

केमिकलयुक्त मेहन्दीको तत्कालीन असर

–छालामा एलर्जी हुने,
–हात चिलाउने,
–सुन्निने तथा फोका उठ्ने,
–घाउ खटिरा आउने,
–पानी तथा पिप आउने
–छाला पोल्ने तथा दुख्ने ।

मेहन्दी लगाएको केही घण्टापछिदेखि तेस्रो दिनसम्ममा छाला चिलाउन थाल्छ, फोका हुन्छ, फोका फुट्यो भने त्यसमा इन्फेक्सन हुन्छ ।

केमिकलयुक्त मेहन्दीको प्रयोगले हुने तत्कालीन असरको समयमै उपचार गर्दा निको हुनसक्छ। तर मेहन्दीको निरन्तर प्रयोग गरेमा यसले शरीरको भित्री अंगहरुलाई असर पुर्याउँछ यो दीर्घकालीन असर अझै खतरनाक हुनसक्छ ।

केमिकलयुक्त मेहन्दीको दीर्घकालीन असर

–एलर्जी आएको ठाउँमा कालो वा सेतो दाग बस्छ
–कसैलाई मासु पनि पलाउने समस्या पनि हुन्छ
–शरीरमा कालो–कालो बिबिरा आउँछ
–हात खुट्टामा पनि रातो–रातो डाबर आउँछ
–शरीरमा फोका फोका आउँछ
–केमिकलयुक्त मेहन्दी शरीरको छालाबाट शरीरको भित्री अंगमा पुग्छ र त्यो केमिकल मिर्गौलामा पुग्न सक्छ। जसले गर्दा मिर्गौलामा समस्या हुने तथा क्यान्सर हुने जोखिम पनि बढ्छ ।

दीर्घकालीन असर कपालमा लगाउने मेहन्दीले बढी हुन्छ । कपालमा धेरै मेहन्दी लाउने व्यक्तिको अनुहार, आँखाको वरिपरि र घाटी कालो हुने हुन्छ । तर दीर्घकालीन असर नगन्य मात्रामा नै हुन्छ, धेरै जसोमा तत्कालीन असर नै देखिन्छ ।

बच्चा र गर्भवती महिलामा मेहन्दीको असर बढी

बच्चाहरूको छाला बढी संवेदनशील हुन्छ, उनीहरूमा नरम र पातलो छाला हुने भएकाले मेहन्दीको असर बढी हुन्छ । तर वयस्कको मोटो र बाक्लो छाला हुन्छ त्यसैले उनीहरूलाई एलर्जी हुने सम्भावना कम हुन्छ । जसको छाला सुख्खा छ, उनीहरूमा घाउ, खटिरा, एक्जिमा पहिलेदेखि थियो त्यस्तो व्यक्तिलाई मेहन्दीको असर बढी हुन्छ ।

त्यस्तै, गर्भवती महिलामा जुनसुकै एलर्जी बढी हुन्छ । किनकि उनीहरूको छाला पातलो र संवेदनशील हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाले मेहन्दी लगाएर जोखिम मोल्नु हुँदैन ।

मेहन्दी सुरक्षित तरिकाले कसरी लगाउने ?

सकेसम्म बजारबाट ल्याएको मेहन्दीको प्रयोग गर्नु हुँदैन । लगाउनै परे पनि पहिले परीक्षण गर्नुहोस् । थोरै मात्रामा कानको पछाडि लगाउनुहोस् र त्यसलाई ६ देखि २४ घण्टासम्म पर्खनुहोस् । त्यो बीचमा चिलाउने, पोल्ने वा कुनै असर देखिएन भने त्यो मेहन्दी प्रयोग गर्नुहोस् । परीक्षण गर्दा एलर्जीको समस्या भएमा त्यस्तो मेहन्दी नलगाउनुहोस् ।

(प्रा.डा. कर्ण मध्य वानेश्वरस्थित क्यूटीकेयरमा कार्यरत छन्, उनी काठमाडौँ विश्वविद्यालयको प्राध्यापक समेट हुन् । उनीसँग मेरोलाइफस्टाइलकर्मी मेनुका छन्त्यालले गरेको कुराकानीमा आधारित)

यो पनि….
मिर्गौला खराब हुने कारण
दूध र दहीको सेवन कति फाइदाजनक ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,