English

साउन महिनामा भगवान शिवसँग सम्बन्धित यी अचुक उपाय



पवित्र साउन महिना सुरु भएको छ । यो महिना भगवान शिवलाई प्रिय मानिन्छ । मान्यता अनुसार यस महिनामा भगवान् शिव र माता पार्वतीको विधिवत् पूजा गर्नाले जीवनका सबै दुःख–कष्टहरू हटेर भगवान् शिवले भक्तजनलाई मनोकामना फल पनि प्रदान गर्ने जनविश्वास रहेको छ । यसैबीच, वातावरणमा सकारात्मक ऊर्जा पनि रहन्छ । वास्तु शास्त्रमा साउन महिनाका लागि केही विशेष उपायहरू पनि उल्लेख गरिएको छ, जसलाई अपनाउनाले दोब्बर फल प्राप्त हुन्छ र व्यक्तिको सौभाग्य बढ्छ । यस बाहेक तपाईँको घरमा सुख पनि आउँछ ।

मुख्य ढोकामा यो चिन्ह बनाउनुहोस्

साउन महिनामा घरको मुख्य ढोकामा गंगा जल छर्कनुहोस् । त्यसपछि ढोकाको फ्रेममा स्वस्तिकको प्रतीक बनाउनुहोस्। स्वस्तिक बनाएपछि घरको दुवै छेउमा घ्यूको दियो बाल्नुहोस् । त्यसपछि भगवान् शिवको मन्दिरमा जानुहोस् र पूजा गर्नुहोस्। जनविश्वासका अनुसार यसले तपाईँको घरमा समृद्धि र सकारात्मकता ल्याउनेछ ।

बेलपत्र

साउन महिनामा तुलसी र बेलपत्र रोप्नु निकै शुभ मानिन्छ । यो बिरुवा घरको उत्तर दिशामा रोप्न सक्नुहुन्छ। यसो गर्दा घरको गरिबी हट्छ । यसका साथै साउन महिनामा यसको नियमित पूजा गर्नाले सौभाग्यको वृद्धि हुनुका साथै धनको पनि वृद्धि हुन्छ । यसबाट भगवान् शिवको साथै माता लक्ष्मीको कृपा प्राप्त हुन्छ।

रुद्राक्ष

शिवलिंगको पूजा गर्नुअघि शिवलिंगको नजिक रुद्राक्ष राख्नुपर्छ । यसपछि पूर्ण विधिपूर्वक जलाभिषेक गरी भगवान् शिवको पूजा गर्नुहोस् । पूजा गरेपछि रुद्राक्षलाई घरमा ल्याएर तिजोरी वा आलमारीमा राख्नुहोस् । यसो गर्दा तपाईँको घरमा कहिल्यै पैसाको कमी हुँदैन र धन आउने सम्भावना रहन्छ ।

यहाँ शिवलिंग राख्नुहोस्

साउन महिनामा घरमा शिवलिंग राख्नुहुन्छ भने उत्तर–पूर्व दिशामा राख्नुहोस्। यो दिशालाई शिवलिंग राख्नको लागि शुभ मानिन्छ। यहाँ शिवलिंग राख्नाले घरमा सकारात्मक ऊर्जा आउँछ ।

तुलसीको बोट

घरमा तुलसीको बिरुवा रोप्दा सुख, शान्ति र सकारात्मकता प्राप्त हुन्छ भने साउन महिनामा यो बिरुवा लगाउनु निकै शुभ मानिन्छ । घरको उत्तर वा पूर्व दिशामा तुलसीको बिरुवा लगाउन सक्नुहुन्छ । नियमित पूजा गर्दा सौभाग्य बढ्छ । तर भगवान् शिवको पूजामा तुलसीको प्रयोग गर्नु हुँदैन । बिहान र साँझ नियमित रूपमा यसको पूजा गर्नुहोस् ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested