English

यस्तो छ शिवलिङ्गमा चिसो वस्तु चढाउनुको कारण



यही फागुन ६ गते शनिबार महाशिवरात्रि परेको छ । यो शिव पूजाको महान् पर्व हो । शिवलाई भोलेनाथ पनि भनिन्छ । भक्तजनले हरेक दिन कमलसहित शिवलिङ्गमा जल चढाएमा भगवान् शिवको कृपा प्राप्त हुने जनविश्वास छ । भगवान् शिवलाई जलाभिषेक गर्ने महत्त्व अपार छ। विशेषगरी शीतल वस्तुहरू जस्तै जल, दूध, दही, घ्यू आदि शिवलाई चढाइन्छ ।

ज्योतिष पण्डित मनिष शर्माका अनुसार जलाभिषेक भनेको शिवलाई पानीले स्नान गर्नु हो । शिवको एउटा नाम रुद्र पनि हो । त्यसैले जलाभिषेकलाई रुद्राभिषेक पनि भनिन्छ । शिवलिङ्गलाई सुन, चाँदी वा तामाको भाँडोबाट जल चढाउनुपर्छ । शिवलिङ्गमा स्टिल, आल्मुनियम वा फलामको भाँडोबाट जल चढाउनु हुँदैन ।

भाँडामा पानी भरेर शिवलिङ्गमा पातलो धारा अर्पण गर्नुहोस् । शिवलिङ्गमा जल तथा शीतल वस्तु चढाउने चलन समुद्र मन्थनसँग सम्बन्धित छ । शीतलताका लागि शिवजीले आफ्नो शिरमा चन्द्रमा धारण गर्छन् ।

प्राचीन कालमा देवता र दानवहरूले मिलेर समुद्र मन्थन गरेका थिए । समुन्द्र मन्थनमा कौस्तुभ मणि, कल्पवृक्ष, ऐरावत हात्ती, उच्छरेव घोडा, महालक्ष्मी, धन्वंतरी, अमृत कलश जस्ता १४ रत्न निस्किए तर सबै रत्नभन्दा अगाडि हलहल नामको विष निस्कियो । हलहल विषका कारण ब्रह्माण्डका सबै प्राणीको जीवन खतरामा परेको थियो । त्यसबेला शिवले यो विष पिए तर विषलाई घाँटीसम्म जान दिएनन् । विषका कारण शिवको घाँटी नीलो भयो र उनको एउटा नाम नीलकण्ठ थियो ।

विषको प्रभावले शिवको शरीरमा जलन भएको थियो । गर्मी बढेको थियो । यो गर्मीबाट छुटकारा पाउन शिवलाई चिसो जल चढाउने चलन सुरु भएको छ । भोलेनाथलाई शीतल पार्ने चीजहरू विशेष रूपमा चढाइन्छ ताकि शिवलाई विषको तापबाट शान्ति मिलोस् ।

यसरी गर्न सकिन्छ शिवको सरल पूजा

महाशिवरात्रिमा शिवको पूजा गर्नुहोस् । यदि ब्राह्मण वा पण्डितबिना पूजा गर्न चाहनुहुन्छ भने यहाँ उल्लेख गरिएको सरल विधिले पूजा गर्न सक्नुहुन्छ । पहिले गणेशको पूजा गर्नुहोस् र त्यसपछि तामा, चाँदी वा सुनको भाँडोबाट शिवलिङ्गमा जल चढाउनुहोस्।

जल अर्पण गर्दा शिवको मन्त्र जप गर्नुहोस् । शिवलिङ्गमा जल, दूध, दहीको साथसाथै मह चढाउनुपर्छ । यसरी अभिषेक गरेपछि शिवलिङ्गमा बेलपत्र, धतुरा, फूल आदि चढाउनुहोस् । मिठाई चढाउनुहोस् । धूप र दीप प्रज्वलन गरेर आरती गर्नुहोस् । ओम नमः शिवाय शिवमन्त्र जप गर्न पनि सकिन्छ ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
पशुपतिमा बाबा : कोही मास्टर्स गरेका, कोही वियोगमा परेका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम