English

हिमालय एयरलाइन्स्ले सुरु गर्यो इन्टरनेट बुकिङ्ग इन्जिनको सुरुवात



नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आइबिई) सेवा सुरु गरेको छ। यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन्।

यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि ई–सेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन्। युनियन पे र कनेक्ट आइपिएस निकट भविष्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिनेछ। एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवाहरू चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ। साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नका निम्ति अनलाइन चेक–इन पनि गर्न सक्नेछन्।

यो पनि…
हिमालय एअरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
यसकारण हिमालय एयरलाइन्सले पायो आइएसओ प्रमाणिकरण



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested