English

यसकारण हिमालय एयरलाइन्सले पायो आइएसओ प्रमाणिकरण



नेपाल–चीन संयुक्त लगानी रहेको निजी क्षेत्रको हवाई कम्पनी– हिमालय एयरलाइन्स नेपालमै सर्वप्रथम आइएसओ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण हुन सफल भएको छ । एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धि स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरे वापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो ।

एयरलाइन्सले पाएको आइएसओ प्रमाणपत्र

हिमालय एयरलाइन्सले यसपूर्व अर्थात् अगस्ट २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धि इन्जिनियरिङ्ग सेवाबापत आइएसओबाट प्रमाणिकरण भैसकेको छ । आइएसओ ९००१ : २०१५ विश्वव्यापी रुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठन (आइएसओ) द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो । जसबाट प्रमाणित संस्थाले प्रदान गर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एयरलाइन्सले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्सले आफ्नो पहिलो उडान ३१ मे २०१६ मा कतारको दोहाको लागि भरेको थियो । तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

आइएसओ ९००१ : २०१५ प्रमाण–पत्र नं 120057/A/0001/UK/En संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (UKAS)’ द्वारा हिमालय एअरलाइन्सलाई प्रदान गरेको जनाइएको छ । व्यवस्थापन प्रक्रियाका सुक्ष्म आयाम, मापदण्डहरु पूरा गर्दै हिमालयले सफलतापूर्वक परिक्षणका सबै प्रक्रियाहरु पूरा गरेको थियो । कम्पनीको समग्र व्यवस्थापन प्रणाली वैधानिक एवम् नियामकता सम्बन्धि महत्वपूर्ण सबै मापदण्ड अनुरुप भएका प्रमाणित गर्दै एअरलाइन्सले यो प्रमाणिकरण प्राप्त गरेको हो ।

आफ्नो व्यवस्थापकीय समूहलाई बधाई ज्ञापन गर्दै हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङ्गले हिमालयका लागि आइएसओ प्रमाणिकरण प्राप्त गर्नु अत्यन्तै गर्वको अवसर हुनुका साथै सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको बताएका छन् । ‘कम्पनीका लागि यो एक निरन्तर प्रक्रिया रहेको र आगामी दिनमा पनि व्यवस्थापनलाई अझै परिस्कृत गर्ने, सेवाका स्तरहरु उकास्ने र आवश्यक सबै नीति–नियमहरुको उचित अनुपालन गर्दै स्तरीय व्यवस्थापनमा अझै जोडका साथ लागिपर्ने प्रतिबद्धत्ता समेत ब्यक्त गर्दछु,’ अध्यक्ष झो एन्योङ्गले भने ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि यो वास्तवमै एक उल्लेखनीय उपलब्धी भएको बताए । उपाध्यक्ष श्रेष्ठले भने, ‘कम्पनीका सबै तहमा उच्चस्तरकोे कार्य प्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइएसओ प्रमाण पत्र प्राप्त गर्न सफल रहेको हो ।’

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स,अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एयरलाइन्सले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्सले आफ्नो पहिलो उडान ३१ मे २०१६ मा कतारको दोहाको लागि भरेको थियो । तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्सको ल्हासा लगायत दक्षिण एसियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना बनाएको एअरलाइन्सले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

यसले युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान भर्दै आएको छ । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् हो । हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स हो ।

हिमालय एअरलाइन्स अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्सको ल्हासा लगायत दक्षिण एसियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना बनाएको एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । भर्खरै अगस्त २०२० मा हिमालय एयरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ । हिमालयको कार्बन डाइअक्साइड उत्सर्जन डाटा ICAO मान्यता प्राप्त CORSIA मार्फत शून्य डाटा ग्याप र शून्य निष्कर्षहरू प्रमाणित गरिएको थियो, जसले वायुमण्डलमा कार्बन फुटप्रिन्ट घटाउनको लागि सक्रिय रूपमा योगदान पु¥याएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती