हिमालय एअरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा



हिमालय एअरलाइन्सको एयरबस ए ३२०९एन–एएलभी आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा सफलतापूर्वक अवतरण गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आइतबार दिउँसो १ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौँबाट उडान भरेर १ बजेर ४४ मिनेट हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

हिमालय एअरलाइन्स्को यो एअरबस पोखरामा अवतरण गर्ने पहिलो एअरबससमेत बनेको छ। यो विमान ९एन–एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो।

त्यसपछि विमान आइतबार नै ३ बजेर ४४ मिनेटमा पोखराबाट उडान भरेर चार बजेर १७ मिनेटमा काठमाडौँमा अवतरण गरेको थियो।

यो पनि…
यसकारण हिमालय एयरलाइन्सले पायो आइएसओ प्रमाणिकरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण अन्तिम चरणमा, व्यवस्थापन भद्रगोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्वास्थ्यलाई राम्रो बनाउन सबैलाई स्वस्थ खानपानसँगै नियमित व्यायाम गर्न सुझाव दिँदै आएको स्वास्थ्य विज्ञहरूले अब राम्रो निद्रालाई बानीमा समावेश गरेका

तपाईँले संसारका सबै तालहरूको बारेमा सुन्नु भएको होला। कोही धेरै ठुला छन् र कोही धेरै साना र गहिरो आकारका छन्।

धेरै जनालाई घर सजाउने मन हुन्छ, जसका कारण घरमा हरियो बिरुवा रोपेर घरको सौन्दर्य बढाउँछन् । यसबाहेक, घरको बाल्कोनी पनि

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको