English

सामाजिक सञ्जाल कम प्रयोग गर्नेलाई मानसिक स्वास्थ्य जोखिम न्यून



साथीहरूसँग सम्पर्कमा रहन, हाम्रा भावना र विचारहरू साझा गर्न, बाहिरी संसारसँग अपडेट रहन, हामी सबै कुनै न कुनै सामाजिक मिडिया प्लेटफर्ममा जोडिएका छौँ । यो भर्चुअल संसारले पुराना र टाढाका साथीहरूसँग नजिक हुन सक्छ, तर के तपाईँलाई थाहा छ विशेषज्ञहरूले यसलाई मानसिक स्वास्थ्यको लागि खतरनाक मान्छन् । धेरै अध्ययनहरूले सामाजिक सञ्जालको अत्यधिक प्रयोगलाई डिप्रेसन, चिन्ता, एक्लोपन, आत्म–हानि र आत्महत्या गर्ने विचारहरूको जोखिमलाई जोडेको छ ।

सामाजिक सञ्जालले नकारात्मक अनुभवलाई बढवा दिन सक्ने भएकाले यसले मानसिक स्वास्थ्यमा धेरै साइड इफेक्ट हुने खतरा रहेको अनुसन्धानकर्ताहरूले बताउँछन् । खास गरी युवाहरूले आफ्नो दिनको बढी समय यी एप्समा बिताउने गरेकाले यो धेरै प्रकारको समस्याको कारण बन्न सक्छ ।

सामाजिक सञ्जालका धेरै साइड इफेक्टहरू

प्यू रिसर्च सेन्टरले सामाजिक सञ्जाल हाम्रो मानसिक स्वास्थ्यका लागि कसरी हानिकारक हुन सक्छ भनी पत्ता लगाउन १,३०० भन्दा बढी किशोर किशोरीहरूमा सर्वेक्षण गरेको थियो । यसले पत्ता लगायो कि ३५ प्रतिशत भन्दा बढी मानिसहरू कम्तीमा पनि शीर्ष पाँच सामाजिक मिडिया प्लेटफर्महरू (युट्युब, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट र फेसबुक) मध्ये एकमा बढी समय बिताइरहेका छन् । अधिकांश युवामा मानसिक स्वास्थ्य समस्या पनि बढेको देखिएको छ ।

मानसिक स्वास्थ्य र निद्रामा प्रभाव

आयोवा स्टेट युनिभर्सिटीका अन्वेषकहरूले अनुसन्धानमा पत्ता लगाउने प्रयास गरेका छन् कि यदि मानिसहरूमा सामाजिक सञ्जालको प्रयोग दिनमा ३० मिनेट वा सोभन्दा कम समयमै सीमित भयो भने यसले कस्तो असर पार्न सक्छ ?

अध्ययनको दुई हप्ता सम्म, सामाजिक सञ्जालको प्रयोग कम गर्ने अधिकांश विद्यार्थीहरूले राम्रो मनोवैज्ञानिक कल्याण र निद्राको गुणस्तर सहित समग्र स्वास्थ्यमा सुधार भएको रिपोर्ट गरे।

के भन्छन् विज्ञहरू ?

मनोविज्ञानका प्रोफेसर र अध्ययनका सह–लेखक डगलस जेनटाइल भन्छन्, सामाजिक सञ्जालमा बिताउने समयलाई सीमित गर्दा चिन्ता, डिप्रेसन र तनावलगायत नकारात्मक भावनाहरूलाई उल्लेखनीय रूपमा कम गरेको छ र थप सकारात्मक भावनाहरू निम्त्याएको छ।

त्यस्तै, युनिभर्सिटी अफ पेन्सिल्भेनियामा गरिएको एक अध्ययनले सामाजिक सञ्जालको प्रयोग कम गर्ने समूहले तीन हप्ताभित्र एक्लोपन र डिप्रेसनको भावनामा उल्लेखनीय सुधार देखाएको पाइएको छ। यसका आधारमा अनुसन्धानकर्ताहरू भन्छन्, सामाजिक सञ्जालको भर्चुअल संसारले हामीलाई मानिससँग सम्पर्कमा रहन मद्दत गर्छ तर वास्तवमा यसले धेरै गम्भीर बेफाइदाहरू निम्त्याउन सक्छ।

अध्ययनको निष्कर्ष

मनोचिकित्सक एलिजाबेथ ओर्टिज–स्वार्ट्ज भन्छिन्, हाम्रो खोजहरूले सुझाव दिन्छ कि सबैले सोसल मिडियामा आफ्नो समय सीमित गर्न विचार गर्नुपर्छ। यसले तपाईँलाई हेर्नको लागि केही दिन्छ, तपाईँलाई हाँस्न दिन्छ र तपाईँलाई अन्य मानिसहरूसँग जोडिएको महसुस गराउँदछ, तर हाम्रो दिमागले भर्चुअल चीजहरूमा धेरै लिँदैन। उसलाई वास्तविकता बढी मन पर्छ।

सामाजिक सञ्जाल नकारात्मक सामग्रीले भरिएको छ जसले हाम्रो मस्तिष्कको कार्य क्षमतालाई प्रत्यक्ष असर गर्छ। यसबाट बिस्तारै आफूलाई टाढा राख्दा राम्रो हुनेछ।

यो पनि…
स्मार्टफोन र सामाजिक सञ्जालले आत्महत्याको जोखिम बढाउँछ : अध्ययन
सिरानीमा मोबाइल राखेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested