विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने
सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। उक्त सम्झौता पत्रानुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
यस बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि पाटन अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ। बैंकले प्रत्येक ‘नारी बचत खाता’बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै पाटन अस्पतालसँग सम्झौता गरेको बैंकले जनाएको छ ।
बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा। रवि शाक्य र सानिमा बैंकका निक्षेप प्रमुख हेमराज सन्ज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो पनि…
नयाँ वर्षका लागि सानिमा बैंक र दराजबीच सहकार्य
‘सानिमा नारी बचत खाता’मा विशेष योजना
Доставка алкоголя Екатеринбург бесплатная доставка
Hi! I've been following your site for a long time now and finally got the bravery to go ahead and give you a shout out from Lubbock Tx! Just wanted to mention keep up the great job! Доставка алкоголя Екатеринбург 24