English

विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने



सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। उक्त सम्झौता पत्रानुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

यस बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि पाटन अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ। बैंकले प्रत्येक ‘नारी बचत खाता’बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै पाटन अस्पतालसँग सम्झौता गरेको बैंकले जनाएको छ ।

बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा। रवि शाक्य र सानिमा बैंकका निक्षेप प्रमुख हेमराज सन्ज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो पनि…
नयाँ वर्षका लागि सानिमा बैंक र दराजबीच सहकार्य
‘सानिमा नारी बचत खाता’मा विशेष योजना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested