English

‘सानिमा नारी बचत खाता’मा विशेष योजना



सानिमा बैंकले ११३ औँ श्रमिक महिला दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ।

उक्त योजना आगामी चैत्र १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकहरूलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिदिनेछ।

यसका साथै, उक्त ग्राहकहरूलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ।

सानिमा बैंकले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो। सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा यो लिंकमा क्लिक गरी खोल्न सकिनेछ। बैंकले सातै प्रदेशमा रहेको आफ्नो १३० कार्यालयहरू र १२३ वटा एटिएममार्फत ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।

यो पनि…
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’
ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested