English

मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको ग्राण्ड फिनाले’ मा विभिन्न कलाकारहरूको प्रस्तुति



मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को ‘ग्राण्ड फिनाले’ मा विभिन्न कलाकारहरूले प्रस्तुति दिने भएका छन् । वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा राष्ट्रिय सभागृह, काठमाडौँमा शनिबार हुने कार्यक्रममा लोकदोहोरी गायक राजु परियार, हास्य कलाकार जीतु नेपाल, गायिका सिर्जना खत्री, मोडल अन्जली अधिकारी, निशिला शाक्य एन्ड ग्रुप लगायतले प्रस्तुति दिने भएका हुन् ।

आयोजकले वेस्ट भिडियो अफ द इयर, जजेज च्वोइस अवार्ड, फ्युचर स्टार अफ दि इयर, मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एर्नजेटिक भिडियो मेकर, वेस्ट एडिटर, वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर, वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन, वुनम भिडियो मेकर अफ दि इयर र वेस्ट सिनेमाटोग्राफर गरी विभिन्न दश विधामा ७० वटा भिडियो मनोनयन गरेको छ । प्रत्येक विधामा सात–सात वटा भिडियो मनोनयन गरिएको छ ।

उत्कृष्ट भिडियोहरू मध्ये वेस्ट भिडियो अफ द इयरले पाँच लाख रुपैयाँ, जजेज च्वोइस अवार्डले दुई लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो ।

यो पनि…
भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको ‘ग्राण्ड फिनाले’ जेठ १३ गते हुने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested