English

मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको ग्राण्ड फिनाले’ मा विभिन्न कलाकारहरूको प्रस्तुति



मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को ‘ग्राण्ड फिनाले’ मा विभिन्न कलाकारहरूले प्रस्तुति दिने भएका छन् । वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा राष्ट्रिय सभागृह, काठमाडौँमा शनिबार हुने कार्यक्रममा लोकदोहोरी गायक राजु परियार, हास्य कलाकार जीतु नेपाल, गायिका सिर्जना खत्री, मोडल अन्जली अधिकारी, निशिला शाक्य एन्ड ग्रुप लगायतले प्रस्तुति दिने भएका हुन् ।

आयोजकले वेस्ट भिडियो अफ द इयर, जजेज च्वोइस अवार्ड, फ्युचर स्टार अफ दि इयर, मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एर्नजेटिक भिडियो मेकर, वेस्ट एडिटर, वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर, वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन, वुनम भिडियो मेकर अफ दि इयर र वेस्ट सिनेमाटोग्राफर गरी विभिन्न दश विधामा ७० वटा भिडियो मनोनयन गरेको छ । प्रत्येक विधामा सात–सात वटा भिडियो मनोनयन गरिएको छ ।

उत्कृष्ट भिडियोहरू मध्ये वेस्ट भिडियो अफ द इयरले पाँच लाख रुपैयाँ, जजेज च्वोइस अवार्डले दुई लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो ।

यो पनि…
भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको ‘ग्राण्ड फिनाले’ जेठ १३ गते हुने



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested