जजिरा एयरवेज बन्यो ‘मेरो गाउँ, मेरो ठाउँ’ को एयरलाइन्स पार्टनर



जजिरा एयरवेजमेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि एयरलाइन्स पार्टनर बन्ने भएको छ । सोमबार काठमाडौँ हात्तीसारस्थित जजिरा एयरवेजको कार्यालयमा एयरवेजका कमर्सियल म्यानेजर अमित नाग्राथ र वि विल राइज फाउण्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठबीच उक्त सम्झौता भएको हो ।

नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने हाम्रो पनि दायित्व हो, नेपालको ओझेलमा परेका पर्यटकीय स्थलहरू चिनाउने प्रतियोगितामा जोडिन पाउँदा अत्यन्तै खुसी महसुस भएको छ ।

एयरलाइन्स पार्टनरको रूपमा रहेको कुवेती जजिरा एयरवेजले गत जेठदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत–भैरहवा–कुवेत साताको तीनपटक सोमबार, बुधबार र शुक्रबार नियमित उडान गर्छ । जजिरा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो एयरवेज हो । सन् २००४ मा स्थापना भएको जजिराले खाडी मुलुकमा उडान सुरु गरेको हो । हाल यो कम्पनीले बाकु, दमाम, बहराइन, कायरो, दोहा, इस्तानबुल, रियाद लगायत करिब ५० वटा गतब्यमा उडान गर्दै आएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय ध्वजावाहक जोडिनुले यस प्रतियोगिताको साखलाई अझ उच्चो बनाउने छ, यसले नेपालको पर्यटन प्रवर्द्धन गर्न ठूलो सघाउ पुर्याउने विश्वास लिएको छु ।

‘नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने हाम्रो पनि दायित्व हो ।’ म्यानेजर अमित नाग्राथले भने, ‘नेपालको ओझेलमा परेका पर्यटकीय स्थलहरू चिनाउने प्रतियोगितामा जोडिन पाउँदा अत्यन्तै खुसी महसुस भएको छ ।’ साथै अन्तर्राष्ट्रिय ध्वजावाहक नेपालको पर्यटन प्रवर्द्धनमा जोडिनुले प्रतियोगिताको गरिमा थप बढ्ने कुरामा फोउण्डेसनका निर्देशक श्रेष्ठ विश्वस्त सुनिए । ‘नेपालको पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय ध्वजावाहक जोडिनुले यस प्रतियोगिताको साखलाई अझ उच्चो बनाउने छ, यसले नेपालको पर्यटन प्रवर्द्धन गर्न ठूलो सघाउ पुर्याउने विश्वास लिएको छु ।’

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला संस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक रूपमा १३२ वृत्तचित्र सहभागी थिए । सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुन पुग्यो ।

यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीहरूले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्नेछन् । ‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतियोगीहरूले समेत सहभागिता जनाउन सक्ने फाउण्डेसनले जनाएको छ ।

भिडियो निर्माताहरुले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि गाउँ–ठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कला संस्कृति, जातजातिको पहिचान लगायतका विषयहरूलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन् । वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । भिडियो पठाउने समय जम्मा ३१ दिन बाँकी छ । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ ।

यो पनि…
ओझेलमा रहेका पर्यटकीय थलो पहिल्याउन अन्तरक्रिया
आजदेखि ७० दिनसम्म भिडियो पठाउन आह्वान



...
‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई (फोटो फिचर) - Mero LifeStyle Mero LifeStyle

[…] ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त गर्यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कुँवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पार्यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो । […]

...
मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको ग्राण्ड फिनाले’ मा विभिन्न कलाकारहरूको प्रस्तुति - Mero Life

[…] ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को ‘ग्राण्ड फिनाले’ मा विभिन्न कलाकारहरूले प्रस्तुति दिने भएका छन् । वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा राष्ट्रिय सभागृह, काठमाडौँमा शनिबार हुने कार्यक्रममा लोकदोहोरी गायक राजु परियार, हास्य कलाकार जीतु नेपाल, गायिका सिर्जना खत्री, मोडल अन्जली अधिकारी, निशिला शाक्य एन्ड ग्रुप लगायतले प्रस्तुति दिने भएका हुन् । […]

...
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको ‘ग्राण्ड फिनाले’ जेठ १३ गते हुने - Mero LifeStyle Mero LifeStyle

[…] ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को ‘ग्राण्ड फिनाले’ जेठ १३ गते (शनिबार) साँझ ४ः३० बजे हुने भएको छ । वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा राष्ट्रिय सभागृह, काठमाडौँमा उक्त कार्यक्रम हुन लागेको हो । […]

...
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक - Mero LifeStyle Mero LifeStyle

[…] ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो । […]

...
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक - Mero LifeStyle Mero LifeStyle

[…] ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनीत भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनीत गरिएको हो । […]

...
वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनबीच सम्झौता - Mero LifeStyle Mero LifeStyle

[…] ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा हुने भएकोछ । फाउन्डेसन र टेलिभिजनबीच आइतबार उक्त सम्झौता भएको हो । जेष्ठ १३ गते हुने प्रतियोगिताको विजेता घोषणा कार्यक्रम (ग्राण्ड फिनाले) नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । […]

...
भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिस्थित व्यक्तित्वहरूको सहभागिता - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
Jazeera becomes the Airlines partner of Mero Gaun, Mero Thau - merolifestyle merolifestyle

[…] agreement has been signed that makes Jazeera Airlines an airline partner for the ‘Mero Gaun, Mero Thau‘ video challenge 2023. The agreement was signed on Monday between Jazeera Airways commercial […]

...
KoreyPeR

See Amazin News Website Daily Worldwide [url=https://sepornews.xyz]Daily Worldwide News[/url]

...
Esperanza

Thank you for any other magnificent post. The place else could anybody get that kind of info in such a perfect method of writing? I have a presentation next week, and I'm on the search for such info. My web page :: sepornews

...
KoreyPeR

See Amazin News Website Daily Worldwide [url=https://sepornews.xyz]Best News Website[/url]

...
Myron Lyons

I do trust all the ideas you've presented in your post. They are really convincing and will definitely work. Nonetheless, the posts are too short for newbies. May just you please lengthen them a bit from next time? Thank you for the post.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई