English

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको ‘ग्राण्ड फिनाले’ जेठ १३ गते हुने



मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को ‘ग्राण्ड फिनाले’ जेठ १३ गते (शनिबार) साँझ ४ः३० बजे हुने भएको छ । वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा राष्ट्रिय सभागृह, काठमाडौँमा उक्त कार्यक्रम हुन लागेको हो ।

आयोजकले वेस्ट भिडियो अफ द इयर, जजेज च्वोइस अवार्ड, फ्युचर स्टार अफ दि इयर, मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एर्नजेटिक भिडियो मेकर, वेस्ट एडिटर, वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर, वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन, वुनम भिडियो मेकर अफ दि इयर र वेस्ट सिनेमाटोग्राफर गरी विभिन्न दश विधामा ७० वटा भिडियो मनोनयन गरेको छ । प्रत्येक विधामा सात–सात वटा भिडियो मनोनयन गरिएको छ ।

उत्कृष्ट भिडियोहरू मध्ये वेस्ट भिडियो अफ द इयरले पाँच लाख रुपैयाँ, जजेज च्वोइस अवार्डले दुई लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ । कार्यक्रममा लोकदोहोरी गायक राजु परियार, हास्य कलाकार जीतु नेपाल, गायिका सिर्जना खत्री, मोडल अन्जली अधिकारी, निशिला शाक्य एण्ड ग्रुप लगायतको प्रस्तुति रहने आयोजकले बताएको छ ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो ।

यो पनि…
भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता
वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनबीच सम्झौता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested