English

वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनबीच सम्झौता



‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा हुने भएकोछ । फाउन्डेसन र टेलिभिजनबीच आइतबार उक्त सम्झौता भएको हो । जेष्ठ १३ गते हुने प्रतियोगिताको विजेता घोषणा कार्यक्रम (ग्राण्ड फिनाले) नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

पहिचानका अनेक आयामहरू छन्, यी सबै चीजलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ फाउन्डेसनले भिडियो च्यालेन्ज प्रतियोगिता सुरु गरेको छ, यस अभियानमा नेपाल टेलिभिजन पनि जोडिन पाउँदा अत्यन्त खुसी छौँ ।

पर्यटकीय दृष्टिकोणले ओझेलमा परेका स्थान, भाषा, कलासंस्कृति, रहनसहन लगायतका मौलिकता उजागार गर्नु राष्ट्रिय टेलिभिजनको समेत दायित्व रहेको महाप्रबन्धक फूलमान वल तामाङले बताए । ‘पहिचानका अनेक आयामहरू छन्, यी सबै चीजलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ फाउन्डेसनले भिडियो च्यालेन्ज प्रतियोगिता सुरु गरेको छ’, महाप्रबन्धक वलले भने, ‘यस अभियानमा नेपाल टेलिभिजन पनि जोडिन पाउँदा अत्यन्त खुसी छौँ ।’

यो सहकार्यले सहभागी प्रतियोगीहरुलाई समेत आफ्नो गाउँठाउँलाई प्रर्वद्धन गर्न अझ उर्जा थप्ने विश्वास लिएको छु।

नेपाल टेलिभिजनसँगको सहकार्यका कारण प्रतियोगिताको उचाई थप चुलिएको र देशमा ओझेलमा परेका पर्यटकीय थलोहरूलाई उजागर गर्न यसले अझ मद्दत पुर्याउने फाउण्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले बताए । ‘यो सहकार्यले सहभागी प्रतियोगीहरुलाई समेत आफ्नो गाउँठाउँलाई प्रर्वद्धन गर्न अझ उर्जा थप्ने विश्वास लिएको छु’, निर्देशक श्रेष्ठले भने ।

सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपाने, निमित्त नायव महाप्रबन्धक आरती चटौत, निर्देशक राजकुमार थापा लगायत फाउण्डेसनका इभेन्ट म्यानेजर प्रभात रिमालको उपस्थिती थियो ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को नोमिनेशन जेष्ठ ४ गते सार्वजनिक हुनेछ । कुल दस विधा रहेको प्रतियोगिताको प्रत्येक विधामा सात नोमिनेशन छनौट गरिनेछ । उत्कृष्ट वृत्तचित्रहरुले नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले जेठ १३ गते राष्ट्रिय सभागृह, काठमाडौँमा हुनेछ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ ।

यो पनि…
भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता
जजिरा एयरवेज बन्यो ‘मेरो गाउँ, मेरो ठाउँ’ को एयरलाइन्स पार्टनर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested