English

तातो पानी पिउनु स्वास्थ्यका लागि कत्तिको प्रभावकारी ?



पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पर्याप्त मात्रामा पानी पिउनाले धेरै रोगबाट बचाउँछ र शरीरलाई स्वस्थ राख्छ। चिसो पानी पिउनुको सट्टा तातो पानी पिउनु बढी स्वस्थ हुन्छ भनिन्छ । जसका कारण मानिसहरू प्राय तातो पानी पिउने गर्छन् । जसको तौल बढी हुन्छ, उनीहरूले पनि तातो पानी पिउने गर्छन् । धेरै तातो पानी पिउँदा तौल घट्छ भन्ने उनीहरूको धारणा छ । घाँटी दुख्ने, रुघाखोकी लाग्दा पनि मानिसहरू तातो पानी पिउने गर्छन् । तर विज्ञहरूका अनुसार चिसो र तातो पानी भन्दा सामान्य पानी पिउनु बढी प्रभावकारी हुन्छ । कब्जियतको समस्या हुँदा पनि मानिसहरू बिहान तातो पानी पिउने गर्छन् । तर धेरै तातो पानी पिउनु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। जानौँ तातो पानी स्वास्थ्यका लागि कति फाइदाजनक र कति हानिकारक हुन सक्छ ?

तातो पानी पिउनुको फाइदा

कब्जियतबाट राहत

हल्का मनतातो पानी पिउनाले पेट सफा हुन्छ र मल त्यागमा कुनै समस्या हुँदैन । अपच र एसिडिटीको समस्या भएमा मनतातो पानी पिउन सकिन्छ । यस कारणले खाना खाएपछि कब्जियतको समस्या हुँदैन र पेटको दुखाइ कम हुन्छ।

तौल घटाउन सहयोग

खाना पचाउन तातो पानी प्रभावकारी हुन्छ । बिहान बेलुका खाना खाइसकेपछि हल्का मनतातो पानी पिउनुपर्छ, यसले तौल घटाउन सक्छ । स्वास्थ्य लाभका साथै मन शान्त रहन्छ र धेरै भोक पनि लाग्दैन।

पाचन प्रणालीमा सुधार

पाचन शक्ति बढाउन तातोपानी सेवन गर्न सकिन्छ । मनतातो पानीले पेट र आन्द्रालाई हाइड्रेट गर्न मद्दत गर्छ। यस्तो अवस्थामा तपाईँले सही मात्रामा तातो पानी पिउन सक्नुहुन्छ ।

तातो पानी पिउनुको बेफाइदा

मिर्गौलामा प्रभाव

शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । तर धेरै तातो पानी पिउनाले डिहाइड्रेसन हुन सक्छ र मिर्गौलालाई असर गर्छ। तातो पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्दैन र मिर्गौला बिग्रन थाल्छ ।

निद्रामा प्रभाव

राति सुत्नुअघि तातो पानी पिउनुभयो भने निद्रामा असर पर्छ । राति मनतातो पानी पिएर सुत्दा पिसाब बढ्नुका साथै रक्त नलीका कोशिकाहरूमा चाप बढ्न सक्छ। निद्राको प्रभावका कारण थकान महसुस हुनुका साथै अन्य शारीरिक तथा मानसिक समस्याहरू देखा पर्न सक्छन्।

डिहाइड्रेसनको समस्या

एक अध्ययन अनुसार शरीरको ५५–५६ प्रतिशत भागमा पानी हुन्छ । पानी स्वास्थ्यका लागि प्रभावकारी हुन्छ । यसले शरीरलाई हाइड्रेट गर्छ र विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ। तर तातो पानी पिउनाले शरीरलाई हाइड्रेट गर्दैन, तर डिहाइड्रेसनको समस्या बढाउन सक्छ।

इलेक्ट्रोलाइट्समा प्रभाव

अत्यधिक पानीले रगतमा इलेक्ट्रोलाइट्सलाई कोशिकामा भन्दा बढी पातलो गर्न सक्छ। रगत र कोशिकाहरू बीच सन्तुलन कायम राख्न कोशिकाहरूमा रगतको पानी तानिन्छ। यसले कोशिकाहरू सुन्निने र मस्तिष्कमा दबाब बढाउँछ। टाउको दुख्ने र अन्य समस्या हुन सक्छ।

यो पनि…
यी हुन् प्रोटिनयुक्त ५ खानेकुरा
यी ५ व्यक्तिले भुलेर पनि मूला खानु हुँदैन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested