यसरी बनाउनुस् घरमै कम्पोष्ट ।



खेतिपातीका लागि बीउ, मल जस्ता खेतिजन्य चिजको आवश्यकता पर्छ । गाउँमा खेतबारीको लागि होस् या शहरमा कौशी खेतिको लागि घरमा नै कम्पोष्ट मल तयार गर्न सकिन्छ ।

काठमाडौं कपन निवासी शेषकान्त पोखरेल विगत एक दशकदेखि कौशी खेति गर्दै आएका छन् । उनले कौशी खेतिको लागि मल पनि घरमै बनाउँदै आएको १० वर्ष पूरा भइसक्यो । उनी भन्छन्, ‘घरमै मल तयार गर्दा खेर जाने वस्तुको सदुपयोग हुनुको साथसाथै मल किन्ने पैसाको बचत पनि हुन्छ । घरमै तयार पारिएको मल खेतबारीमा र कौशी खेतीमा प्रयोग गर्न सकिन्छ ।’ उनले कौशी खेतीबाटै वार्षिक रुपमा मनग्य आम्दानी गर्दै आएका छन् ।

घरमै कुहिएर जाने वस्तुबाट मल तयार पार्दा वातावरण प्रदूषण पनि नियन्त्रण हुन्छ ।

आजभोलि बजारमा पाइने तरकारी तथा फलफुलमा प्रशस्त मात्रामा रासायनिक मलको प्रयोग भएको हुन्छ । यस्ता रासायनिक मल प्रयोग भएका तरकारी तथा फलफूलले मानव स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ । गाई, भैंसी, कुखुराको प्राङ्गारिक मल र घरमै तयार पारिएको कम्पोष्ट मलको प्रयोग गरेर उब्जाएको तरकारी तथा फलफूल स्वास्थ्यको लागि लाभदायक हुन्छ । घरमै कुहिएर जाने वस्तुबाट मल तयार पार्दा वातावरण प्रदूषण पनि नियन्त्रण हुन्छ । पोखरेलले बताए अनुसार अनुसार कम्पोष्ट मल बनाउन चाहिने सामग्री, ठाउँको छनोट र बनाउने तरिकालाई यहाँ प्रस्तुत गरिएको छ ।

चाहिने सामग्री

१. पराल, छ्वाली, बोटबिरुवाको पात पतिङ्गर

२. झारपात, रूखबाट झरेको पात, जराहरू

३ .मानिस तथा जनावरको मलमुत्र

४. तरकारी तथा फलफूल केलाएर फ्याँकिने बोक्राहरू

५. कुहिएर जाने वस्तुहरु

६. चुन, खरानी

ठाउँको छनोटः

१. सकभर आफूलाई पायक पर्ने ठाउँ घरको नजिक अलिकति अग्लो ठाउँ

२. रेखदेख पुग्ने ठाउँ

३. खाडल खनेर

४. थुप्रो बनाएर

५. ड्रमको प्रयोग गरेर

६.पानी कम पर्ने ठाउँ

७. पानीको सतह कम भएका ठाउँहरूमा खाडलको साईज आवश्यकताअनुसार फरक–फरक गर्न सकिन्छ तर गहिराई १ मिटरभन्दा बढी नगर्नु राम्रो ।

८. कौशी खेतीको लागि घरमा नै मल बनाउँदै हुनुहुन्छ भने ड्रम्रमा नै मल बनाउन सकिन्छ । त्यसका लागि ड्रम्रभित्र कुहिने चिजहरु दुर्गन्ध नफैलने गरी छोपेर राख्नुपर्दछ ।

बनाउने तरिका

१. उपयुक्त नापको खाडल बनाइसकेपछि फोहोर वस्तुलाई तह–तह पारी खाडलमा राख्ने । यसैगरी खाडलको सट्टा ड्रमको पनि प्रयोग गर्न सकिन्छ ।

२. प्रत्येक तह धेरै बाक्लो नबनाई करिब ६ देखि १० इन्चसम्म बनाउनु पर्दछ ।

३. हरेक तह पिच्छे जोरनको रूपमा कम्पेलसाल, चुन, चल्तिको माटो, पानी हाल्नुपर्दछ ।

४. सामान भरिसकेपछि माटोले छोप्ने, जसले झिंगा र दुर्गन्धबाट बचाउँछ र खाद्य तत्व खेर जानबाट बचाउँछ ।

५. वर्षा याममा पानीबाट बचाउन छोप्ने वा छानोको व्यवस्था गर्ने ।

६. सामान भरेको एक महिनापछि दोस्रो पल्टाई
पहिलो पल्टाईको एक महिनापछि तेश्रो वा अन्तिम पल्टाई
दोस्रो पल्टाई १ देखि ५ महिनापछि कम्पोष्ट पल्टाउँदा तह पिच्छे पानी छर्कने । पल्टाउँदा मल एकनाशले पाक्ने हुन्छ ।

७. तापक्रम, चिस्यान, प्रयोग गरिएका सामग्रीमा भर पर्दछ । तर सामान्यतया ३
महिनामा कम्पोष्ट मल तयार हुन्छ ।

८. यसरी तयार भएको मल कालो अथवा खैरो रङ्गको, गन्धहीन, छाम्दा फिस्स जाने र हातमा नटाँसिने भएमा खेतबारीमा प्रयोग गर्न सकिन्छ ।

कम्पोष्ट मलका फाईदा

१. बोट बिरूवाहरूको लागि आवश्यक पर्ने विभिन्न किसिमका खाद्यतत्व प्रदान गर्दछ ।

२. माटोको पानी सोस्ने क्षमता बढ्छ ।

३. माटोको भौतिक, रासायनिक र जैविक गुणलाई सुधार्छ ।

४. माटोमा हावा तथा पानीको आवागमन तथा निकास राम्रो हुन्छ ।

५. कम्पोष्ट मल माटोमा धेरै समयसम्म रहिरहन्छ ।

६. सुक्ष्म जीवाणुहरूको संख्यालाई बढाउँछ ।

७ .आफूलाई पायक पर्ने ठाउँमा तयार गर्नसकिन्छ ।



...
affepsy

99 to purchase a 50 gift card for the theater chain, which can be used for admission tickets or refreshments cialis generic best price

...
abobife

The pregnancy rate may be as high as 30- 50 in couples undergoing three cycles buy cialis online without a prescription

...
Prealia

The risk of diabetes will increase with age, from 28 per cent in folks aged 35 to 44, to 15zero per cent in these aged sixty five to seventy four Aboriginal people have one of many highest charges of type 2 diabetes on the planet Impact of sort of preadmission sulfonylureas on mortality and cardiovascular outcomes in diabetic sufferers with acute myocardial infarction 19Zheng Y, Ley SH, Hu FB Global aetiology and epidemiology of type 2 diabetes mellitus and its problems elevenFelner EI, Klitz W, Ham M, Lazaro AM, Stastny P, Dupont B, White PC Genetic interaction amongst three genomic regions creates What Causes Diabetes foods to lower blood sugar and cholesterol distinct contributions to early and late onset type 1 diabetes mellitus However, it s unclear foods to lower blood sugar and cholesterol How To Prevent Diabetes how metformin plays a role in modulating most cancers in patients with diabetes cialis prices

...
Nubroms

The skeletal muscles contain the largest amount of potassium of any organ in the body finasteride receding hairline

...
Unloaxy

These effects were not seen with non phosphate preparations generic name for cialis When should I make my dog s first appointment with a cardiologist, and what should I bring

...
Kisadiuts

Surgical prophylaxis is another option for the woman who wants to reduce risk what's clomid

...
Plehems

If the egg is fertilized by sperm, pregnancy occurs will propecia work on hairline ricinus borne diseases

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक