English

यसरी बनाउनुस् घरमै कम्पोष्ट ।



खेतिपातीका लागि बीउ, मल जस्ता खेतिजन्य चिजको आवश्यकता पर्छ । गाउँमा खेतबारीको लागि होस् या शहरमा कौशी खेतिको लागि घरमा नै कम्पोष्ट मल तयार गर्न सकिन्छ ।

काठमाडौं कपन निवासी शेषकान्त पोखरेल विगत एक दशकदेखि कौशी खेति गर्दै आएका छन् । उनले कौशी खेतिको लागि मल पनि घरमै बनाउँदै आएको १० वर्ष पूरा भइसक्यो । उनी भन्छन्, ‘घरमै मल तयार गर्दा खेर जाने वस्तुको सदुपयोग हुनुको साथसाथै मल किन्ने पैसाको बचत पनि हुन्छ । घरमै तयार पारिएको मल खेतबारीमा र कौशी खेतीमा प्रयोग गर्न सकिन्छ ।’ उनले कौशी खेतीबाटै वार्षिक रुपमा मनग्य आम्दानी गर्दै आएका छन् ।

घरमै कुहिएर जाने वस्तुबाट मल तयार पार्दा वातावरण प्रदूषण पनि नियन्त्रण हुन्छ ।

आजभोलि बजारमा पाइने तरकारी तथा फलफुलमा प्रशस्त मात्रामा रासायनिक मलको प्रयोग भएको हुन्छ । यस्ता रासायनिक मल प्रयोग भएका तरकारी तथा फलफूलले मानव स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ । गाई, भैंसी, कुखुराको प्राङ्गारिक मल र घरमै तयार पारिएको कम्पोष्ट मलको प्रयोग गरेर उब्जाएको तरकारी तथा फलफूल स्वास्थ्यको लागि लाभदायक हुन्छ । घरमै कुहिएर जाने वस्तुबाट मल तयार पार्दा वातावरण प्रदूषण पनि नियन्त्रण हुन्छ । पोखरेलले बताए अनुसार अनुसार कम्पोष्ट मल बनाउन चाहिने सामग्री, ठाउँको छनोट र बनाउने तरिकालाई यहाँ प्रस्तुत गरिएको छ ।

चाहिने सामग्री

१. पराल, छ्वाली, बोटबिरुवाको पात पतिङ्गर

२. झारपात, रूखबाट झरेको पात, जराहरू

३ .मानिस तथा जनावरको मलमुत्र

४. तरकारी तथा फलफूल केलाएर फ्याँकिने बोक्राहरू

५. कुहिएर जाने वस्तुहरु

६. चुन, खरानी

ठाउँको छनोटः

१. सकभर आफूलाई पायक पर्ने ठाउँ घरको नजिक अलिकति अग्लो ठाउँ

२. रेखदेख पुग्ने ठाउँ

३. खाडल खनेर

४. थुप्रो बनाएर

५. ड्रमको प्रयोग गरेर

६.पानी कम पर्ने ठाउँ

७. पानीको सतह कम भएका ठाउँहरूमा खाडलको साईज आवश्यकताअनुसार फरक–फरक गर्न सकिन्छ तर गहिराई १ मिटरभन्दा बढी नगर्नु राम्रो ।

८. कौशी खेतीको लागि घरमा नै मल बनाउँदै हुनुहुन्छ भने ड्रम्रमा नै मल बनाउन सकिन्छ । त्यसका लागि ड्रम्रभित्र कुहिने चिजहरु दुर्गन्ध नफैलने गरी छोपेर राख्नुपर्दछ ।

बनाउने तरिका

१. उपयुक्त नापको खाडल बनाइसकेपछि फोहोर वस्तुलाई तह–तह पारी खाडलमा राख्ने । यसैगरी खाडलको सट्टा ड्रमको पनि प्रयोग गर्न सकिन्छ ।

२. प्रत्येक तह धेरै बाक्लो नबनाई करिब ६ देखि १० इन्चसम्म बनाउनु पर्दछ ।

३. हरेक तह पिच्छे जोरनको रूपमा कम्पेलसाल, चुन, चल्तिको माटो, पानी हाल्नुपर्दछ ।

४. सामान भरिसकेपछि माटोले छोप्ने, जसले झिंगा र दुर्गन्धबाट बचाउँछ र खाद्य तत्व खेर जानबाट बचाउँछ ।

५. वर्षा याममा पानीबाट बचाउन छोप्ने वा छानोको व्यवस्था गर्ने ।

६. सामान भरेको एक महिनापछि दोस्रो पल्टाई
पहिलो पल्टाईको एक महिनापछि तेश्रो वा अन्तिम पल्टाई
दोस्रो पल्टाई १ देखि ५ महिनापछि कम्पोष्ट पल्टाउँदा तह पिच्छे पानी छर्कने । पल्टाउँदा मल एकनाशले पाक्ने हुन्छ ।

७. तापक्रम, चिस्यान, प्रयोग गरिएका सामग्रीमा भर पर्दछ । तर सामान्यतया ३
महिनामा कम्पोष्ट मल तयार हुन्छ ।

८. यसरी तयार भएको मल कालो अथवा खैरो रङ्गको, गन्धहीन, छाम्दा फिस्स जाने र हातमा नटाँसिने भएमा खेतबारीमा प्रयोग गर्न सकिन्छ ।

कम्पोष्ट मलका फाईदा

१. बोट बिरूवाहरूको लागि आवश्यक पर्ने विभिन्न किसिमका खाद्यतत्व प्रदान गर्दछ ।

२. माटोको पानी सोस्ने क्षमता बढ्छ ।

३. माटोको भौतिक, रासायनिक र जैविक गुणलाई सुधार्छ ।

४. माटोमा हावा तथा पानीको आवागमन तथा निकास राम्रो हुन्छ ।

५. कम्पोष्ट मल माटोमा धेरै समयसम्म रहिरहन्छ ।

६. सुक्ष्म जीवाणुहरूको संख्यालाई बढाउँछ ।

७ .आफूलाई पायक पर्ने ठाउँमा तयार गर्नसकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested