English

गर्भवतीलाई संगीत कति आवश्यक छ ?



डा.बालकृष्ण साह

संगीता २३ वर्षीया नवविवाहित जागिरे हुन् । उनी अहिले गर्भवती भएकी छिन् । पहिलो पटक गर्भवती भएकामा उनी हर्षित मात्र नभै के गर्दा गर्भको शिशुलाई राम्रो हुन्छ अनि ऊ प्रतिभाशाली हुन्छ भन्ने कुरामा संवेदनशील पनि छिन् । शिक्षित महिलाहरू आफ्नो गर्भका बारेमा बढी संवेदेनशील हुनु पनि स्वाभाविकै हो ।

संगीतले आमा र गर्भको शिशु दुवैमा ऊर्जा पैदा गर्छ, तर अत्यधिक ठूलो आवाजमा संगीत सुन्दा नकारात्मक असर पनि पर्न सक्छ । त्यसैले सानो वा ठिक्क आवाजमा हल्का, क्लासिकल वा मेलोडी तथा प्रकृतिका ध्वनिहरू निश्चित समयका लागि एकाग्र भएर सुन्नु उपयोगी सावित हुनसक्छ ।

गर्भवती भएका बेला लामो यात्रा गर्नु हुँदैन । गाह्रो काम गर्नु हुँदैन तथा भारी बोक्नु हुँदैन । यस्ता कुरामा सजग छिन् संगीता । चिकित्सकको सल्लाहबमोजिम औषधीहरू लिन, व्रत नबस्न, थोरै–थोरै गरेर धेरै पटक खान, पानी, सागपात, गेडागुुडी प्रशस्त मात्रामा खान पनि उनी पछि परेकी छैनन् । आफ्ना साना कुरालाई पनि महत्व दिने र अति जिम्मेवारीका साथ पूरा गर्न खोजेकी छिन संगिताले । गीत संगीतमा रुचि राख्ने संगीतालाई गर्भवती भएको बेला संगीत सुन्न हुन्छ ? अनि कस्तो संगीत सुन्ने भन्ने कुराको हेक्का थियो ।


सैद्धान्तिक रूपमा ध्वनीको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमताको विकास गराउनेमा हुन्छ । ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ चिकित्सक विश्वविद्यालयले २ सय ३६ गर्भस्थ महिलामा गरेको अध्ययनअनुसार गर्भावस्थामा दुई साता संगीत सुन्नाले गर्भवती महिलाहरूलाई तनावबाट मुक्ति मिल्छ । ती महिलाहरूले क्लासिकल संगीत तथा प्रकृतिका ध्वनिहरू सुन्ने गरेका थिए । उक्त अध्ययनअनुसार मानसिक रूपमा तनाव महसुस गरिरहेका गर्भस्थ महिलाहरूलाई अनिवार्य रूपमा दुई साता मधुर संगीत सुन्न सल्लाह दिइएको छ, तर कति घन्टा सुन्ने भनिएको छैन ।
प्रसिद्ध मनोवैज्ञानिक डा.एलान डी. रेटमेनका अनुसार संगीतलाई गर्भका विभिन्न अवस्थाहरूसँगै प्रसवको अवस्थामा पनि सुन्नु प्रभावकारी हुन सक्छ । संगीतले गर्भस्थ महिलाहरूलाई तनावबाट मुक्त गर्नुको साथै उनीहरूमा रिस, राग, द्वेश हटाउन मद्दत गर्छ । यसले प्रसवको पीडा पनि घटाउँछ । डा. रेटमेनका अनुसार न्यून ध्वनीमा क्लासिकल तथा प्रकृतिका ध्वनीहरू वा मनपर्ने संगीत शान्त भएर एकाग्रताका साथ करिब आधा घण्टा सुन्नु उपयुक्त हुन्छ ।
गर्भावस्थामा संगित सुन्ने प्रयोग नयाँ होइन । थाहा भएर वा नभएर पनि गर्भावस्थामा भजन तथा विभिन्न किसिमका मेलोडीहरू सुन्ने चलन हाम्रो समाजमा छँदैछ । विकसित मुलुकहरूमा सन १९९० तिर देखि नै गर्भको शिशुका लागि गर्भवतीहरूले ‘ओम्व म्युजिक’ अर्थात् गर्भ संगीत सुन्ने गरेका हुन् गर्भको शिशु पाँच महिना भैसकेपछि, उसमा सुन्ने शक्तिको विकास भैसकेको हुन्छ । त्यसैले गर्भको शिशुले पनि संगीत सुन्न सक्ने अनुमान विज्ञहरूको छ । यस्तो अवस्थामा गर्भस्थ महिलाले संगीत सुन्नाले गर्भको शिशु जन्मिसके पछि उसको आत्मबल बढ्नुका साथै मानसिक विकासमा मद्दत पुर्याउँछ । यसले आमा र शिशुबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । यस्ता शिशुहरू बढी संवेदनशील हुने तथा उनीहरूको स्नायु प्राणीको राम्रो विकास हुने विज्ञहरूको धारणा छ ।
संगीतले आमा र गर्भको शिशु दुवैमा ऊर्जा पैदा गर्छ, तर अत्यधिक ठूलो आवाजमा संगीत सुन्दा नकारात्मक असर पनि पर्न सक्छ । त्यसैले सानो वा ठिक्क आवाजमा हल्का, क्लासिकल वा मेलोडी तथा प्रकृतिका ध्वनिहरू निश्चित समयका लागि एकाग्र भएर सुन्नु उपयोगी सावित हुनसक्छ ।

(स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. साह बिराटनगर स्थित मोरङ सहकारी अस्पतालमा कार्यरत हुनुहुन्छ ।)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले