English

यस्ता छन् केरा खानुका फाइदा र बेफाइदा



मानिसहरूलाई स्वस्थ रहन फलफूल खाने सल्लाह दिइन्छ। फलफूलले शरीरलाई पोषण दिन्छ। फलफूलमा भिटामिन, प्रोटिन, मिनरल्स लगायतका पौष्टिक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ । भनिन्छ, हरेक बिहान खाली पेटमा एउटा स्याउ खाँदा मानिस स्वस्थ रहन्छ, तर स्याउबाहेक पनि धेरै फलफूल छन्, जुन निकै पौष्टिक हुन्छन् ।

यदि तपाई स्वस्थ रहन लाभदायक आहार खान चाहनुहुन्छ भने केरा पनि फाइदाजनक हुन सक्छ । विज्ञहरूले दिनमा एउटा केरा खान सल्लाह दिन्छन्। केरामा भिटामिन र पोषक तत्त्व हुन्छ । केरामा पाइने कार्बोहाइड्रेट, भिटामिन ए, सी र बी–६, आइरन, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, जिङ्क, सोडियम, पोटासियमले शरीरलाई पूर्ण पोषण प्रदान गर्छ । यसबाहेक, प्राकृतिक चिनीहरू जस्तै सुक्रोज, फ्रक्टोज र ग्लुकोज पाइन्छ। केरालाई सुपरफुड भन्न सकिन्छ । तर केरा खानुका केही बेफाइदा पनि छन् । केरा खानुका फाइदा र बेफाइदाहरू बारे जान्नुहोस्।

केरा खानुका फाइदा

–केरामा पोटासियम हुन्छ, कसरत पछि केरा नियमित खानु फाइदाजनक हुन्छ।
–केरामा भिटामिन बी ६ पाइन्छ, जसले मस्तिष्कको शक्ति बढाउनका साथै यसको सेवनले स्मरण शक्तिलाई तेजिलो बनाउँछ ।
–केरा तौल नियन्त्रणमा फाइदाजनक हुन्छ ।
–केराले कब्जियत र पेटको समस्याबाट राहत दिन्छ।
–केरामा अमिनो एसिडको मात्रा बढी हुने भएकाले हर्मोनको स्तर ठिक रहन्छ र मुड ठिक रहन्छ। यसले तनाव कम गर्छ।
–केराले मुटु रोगबाट बचाउँछ ।

केरा खानुका बेफाइदा

–केरामा धेरै क्यालोरी हुन्छ, जसले तौल बढाउँछ। त्यसैले तौल बढी भएका व्यक्तिहरूले केराको कम सेवन गर्नु पर्छ।
–केरामा प्रोटिन कम हुन्छ, जसका कारण यसको सेवनले मांसपेशी कमजोर हुन सक्छ।

यो पनि…
रुघाखोकीमा यी फलफूल फाइदाजनक
यी ५ फलफूल र तरकारी, जसले बुढ्यौली रोक्छ



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested