किन उदाहरणीय भयो, अमेरिकी लाईफ ?



नविन रायमाझी, अमेरिका ।

अंग्रेजी भाषामा एउटा भनाई छ, ‘अमेरिकन लाइफ, जापानीज वाइफ एण्ड चाइनिज फुड’ अर्थात् अमेरिकी जीवन, जापानी श्रीमती र चिनियाँ खाना’ । यो उखान कसले सिर्जना गर्यो, त्यो पंक्तिकारलाई थाहा भएन । तर, जसले सिर्जना गर्यो, त्यो शत–प्रतिशत ठीक सोंचेरै ग¥यो भन्ने लाग्छ ।
अमेरिकन जिन्दगी स्वतन्त्र, खुल्ला र आनन्ददायक भएजस्तै जापानी श्रीमतीले आफ्नो श्रीमानलाई अत्यन्तै माया गर्ने तथा चिनियाँ खाना जस्तो स्वादिष्ट खाना अर्को नभएको बताइन्छ ।

पंक्तिकारको विचारमा अमेरिकी जीवनलाई उत्कृष्ट भन्नुको अर्थ सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा काम गरेर पनि आवश्यक भौतिक सामग्री खरिद गर्न सक्ने, कामको आधारमा ठूलो सानोको भेदभाव नहुने, प्रचलित कानूनको उलंग्घन नगरेसम्म कसैले केही गर्न नसक्ने कारणले भनिएको हो ।

पंक्तिकारले अमेरिकामा आफ्नो संघर्षका दिनमा एउटा नर्सिङ होममा सफाई कर्मचारीको काम गर्थ्यो। भूँई पुछ्ने, शौचालय सफा गर्ने, कार्पेटको धुलो भ्याकुम क्लिनरले सफा गर्ने र फोहरको भाँडोबाट फोहर झिक्ने मुख्य काम हुन्थ्यो । पूर्वीय हेराईमा त्यस्तो सानो स्तरको काम गर्ने भएपनि उक्त नर्सिङ होमका प्रमुखले म लगायत म जस्तै सबैसँग हात मिलाएर सन्चो बिसन्चोको खबर लिन्थे । अब तपाईं कल्पना गर्नुस्, यदि नेपालमै भएको भए त्यो स्तरको हाकिम र यो स्तरको सफाई कर्मचारीका बीच हात मिलाउने कुरा त परै जाओस्, दोहोरो संवाद पनि सम्भव हुँदैन । यसरी बौद्धिक क्षमताको आधारमा कामको जिम्मेवारी ठूलो सानो भए पनि एउटा मान्छेको आधारमा सबै बराबरी छन् भन्ने कुरा उनीहरू सधै मनन गर्छन् ।

त्यस्तै यहाँ, को कति धनी वा गरिब छ भन्ने कुरा उसले चढेको गाडीको आधारमा मूल्याङ्कन हुन्छ । अमेरिकामा गाडी भनेको नेपालमा कामदारले आफ्नो काम गर्ने सामान बोकेको जस्तो हो । यदि तपाईंसँग सवारी साधन छैन भने अधिकांश ठाउँमा तपाईंले काम पाउनुहुन्न । यहाँ सानो काम र न्युनतम ज्यालामा काम गरेको व्यक्तिले पनि गाडी चढ्नु भनेको नेपालको जस्तो विलासिता को बिषय होइन । यद्यपी, अमेरिकी सरकारको तथ्याङ्कअनुसार केवल ८२ प्रतिशत व्यक्तिसँग मात्र निजी सवारी साधन छ भन्ने छ । तर सवारी साधनको संख्याको आधारलाई मान्ने हो भने प्रतिव्यक्ति ३ सवारी साधन पर्न आउँछ ।

पहिरनमा यहाँ युरोपको जस्तो अनिवार्य ‘ड्रेस कोड’ छैन, जसलाई जस्तो ड्रेस लगाउन मन लाग्यो, त्यस्तै किसिमको लुगा लगाए हुन्छ । यद्यपी, त्यसको पनि निश्चित सीमा हुन्छ । ड्रेस कोड हुँदैन भन्दैमा बिकनी लगाएर कार्यालयमा जाने अर्थ नलागोस् ।
मनोरञ्जनको क्षेत्रमा हेर्ने हो भने यहाँ सबै किसिमका मनोरञ्जनका साधन उपलब्ध छन् । जति खुल्ला समाज भएपनि अमेरिकामा यौनशालालाई कानूनी रूपमा मान्यता दिइएको छैन । यौनकर्मीलाई राम्रो दृष्टिकोणले हेरिन्न ।

यहाँ सरकारी स्तरबाटै चिठ्ठा (लोटरी) बिक्री गरिन्छ । प्रायः सबैले यस्तो लोटरी खरिद गर्छन्, भाग्यले पर्यो भने पर्यो, होइन भने सरकारलाई सहयोग हुन्छ भनेर लोटरी खरिद गर्छन् । उक्त लोटरीको टिकट बिक्रीबाट प्राप्त पैसा सरकारले शिक्षा र स्वास्थ क्षेत्रमा खर्च गर्छ ।

त्यस्तै, खाद्य पदार्थ न्युनतम मूल्यमा पाइने र सरकारी स्तरमा भन्दा औसत कम आय हुनेलाई सरकारले ‘फुड स्ट्याम्प’ अर्थात् खाद्य सुविधा दिने गरेको छ । यस्तो सुविधा परिवारको संख्या हेरेर प्रतिमहिना ३ सय डलरदेखि एक हजार डलर सम्मको हुन्छ । यो सुविधाअनुसार कुनै पनि पसलबाट खाद्यसामग्री खरिद गर्न सकिन्छ ।

त्यस्तै, आवासको पक्षमा पनि कम आय हुनेलाई सामुदायिक आवासको ब्यवस्था गरिएको हुन्छ । यस्तो घरमा प्रतिमहिना आम्दानीको हिसाबले घरभाडा तय हुने हुनाले एकै किसिमको घरमा बसे पनि भिन्न भिन्न भाडा दर रहेको हुन्छ ।

स्वास्थ बिमा यहाँको न्युनतम सुविधा हो । विरामी पर्दा त्यो बिमाले उपचार खर्च व्यहोर्छ । कुनै कारणले उपचार खर्च तिर्न पुगेन भने महिनामा निश्चित रकम तिर्दै गएपनि हुन्छ । यदि त्यो पनि सकिदैन भने मैले सक्दिन भन्दा हुन्छ । तर त्यो ‘पब्लिक चार्ज’ अर्थात् सरकारी रेकर्डमा चढ्छ । नेपालमा जस्तो पहिले पैसा जम्मा नगरी उपचार गर्ने होइन, यहाँ पहिले बिरामीलाई बचाउने त्यसपछि मात्र शुल्क लिने प्रचलन रहेको छ । त्यस्तै खानपिनको सन्दर्भमा हाम्रोजस्तो दैनिक घरमै पकाएर खाने चलन हुँदैन । सप्ताहन्तमा घरमै पकाएर खानेकुरा खाएमा अमेरिकन आज हामीले घरमै पकाएर खाएको भनेर खुशी हुने गर्छन् । यो हामीलाई भने अच्चम लाग्न सक्छ ।

न्युनतम आय गरेर पनि आनन्द साथ बाँच्न सकिने हुनाले अमेरिकी जीवन उत्कृष्ट भनेको हुन सक्ने पंक्तिकारको बुझाइ छ । आर्थिक रूपमा जस्तोसुकै गरिबले पनि आफ्नो इच्छा लागेको बस्तु वा सेवा प्रयोग गर्न सक्ने हुनाले संसारभरका मानिसको आकर्षणको केन्द्र अमेरिका बनेको हो ।



...
Omignee

viagra vs cialis This usually means you have a problem with ovulation

...
Jerrold

Aw, this was a really gooid post. Spendong some time and axtual erfort to pdoduce a reallly good article… but whaqt cann I say… I procrastinate a whokle lott and don't manage to gget aything done. Heere is mmy webpage; 011

...
Nancy

Wonderful blog! I foubd it wile browsing onn Yahoko News. Do you hawve any suggestions oon hoow too gget listed in Yahopo News? I've been tryingg forr a while butt I never seem too geet there! Thanks Heree is my page; 226

...
Maximo

Outstanding post hosever I wass wanting to knopw iff you could writte a littfe more oon this subject? I'd be very tankful if yoou could elpaborate a little bit more. Kudos! Allso visit my webpagge ... 385

...
Javier

Today, I wennt to the bachfront with mmy kids. I foud a seea shesll aand gafe iit to my 4 year olld dauvhter and said "You can hear the ocean if you put this to your ear." She putt tthe shell tto her eear andd screamed. There waas a hermit crazb inside andd iit pinched hher ear. She never wants tto ggo back! LoL I know this iis totally off toopic butt I hhad too tell someone! my page saba-206-stn-5 [dev.xxxcrunch.com]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई