स–साना कुरालाई ध्यान नदिँदा घरको सुन्दरता बिग्रन्छ
सुन्दर गृहको चाहना सबैको हुन्छ । घर सानो होस वा ठूलो । आफ्नै होस वा भाडाको । स–साना कुराहरूलाई राम्रोसँग सजाउने हो भने सुन्दर देखिन्छ । तर, कतिपय स–साना कुरालाई ध्यान दिँदैनौँ र घरको सुन्दरतालाई बिगार्छौँ । जब घर सजाउनुहुन्छ, तब घरमा मायाका रङ्ग भरिन्छ । आउनुहोस् आज घरलाई सजाउने केही तरिका बताउने कोसिस गरेका छौँ ।
फर्निचर रिअरेन्ज
फर्निचरलाई घरमा एक निश्चित स्थानमा राखिन्छ । फर्निचरलाई पटक–पटक बदल्न सम्भव हुँदैन । यदि, तपाईँ आफ्नो घरमा बदल्न चाहनुहुन्छ भने घरको स्पेसको हिसाबले फर्निचरलाई रिअरेन्ज गर्न सकिन्छ । यदि, चाहने हो भने आफ्नो फर्निचरलाई पेन्ट गरेर नयाँ रूप दिन सकिन्छ । यो एउटा बदलावले गर्दा तपाईँको पूरा घरको नयाँ रूप बन्न सक्छ ।
फोकल पोइन्ट क्रिएट
भित्तामा फोकल पोइन्ट बनाउनुको फाइदा यो हुन्छ कि यसले गर्दा पूरै रुमको लुक्स ब्यालेन्स हुन्छ । साथै रुमको हरेक कुनामा डेकोरेसनको आवश्यक पर्दैन । आवश्यक पर्दैन कि भित्तामा फोकल पोइन्ट क्रिएट गर्नुपर्छ । रूममा गमला राखी या अन्य तरिकाबाट पनि फोकल क्रिएट गर्न सकिन्छ ।
गो ग्रिन
यदि, घरमा हरियाली भयो भने पूरै घर सुन्दर देखिन्छ । फूल बिरुवाहरूको सहयोगले घरलाई सजाउन सकिन्छ । यो सस्तो पनि हुन्छ र स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । यसले तपाईँको घरलाई सुन्दर बनाउन मद्दत गर्छ । यदि, स्पेस कम छ भने हेंगिग प्लांटिङको सहाराबाट पनि घरमा हरियाली बढाउन सकिन्छ । नयाँ आकार दिने भित्तालाई कोठाका भित्ताहरू पूरै कोठाको शान बढ्छ । यसको बदलावले कोठालाई सुन्दर बनाउँछ । विभिन्न कलर वा आजकल थ्री डी डिजाइनबाट पनि कोठालाई रियल लुक्स दिन्छ । यसले गर्दा पूरै रुमको रौनक बढ्छ र सुन्दर पनि देखिन्छ ।
सानो-सानो बदलाव
यदि, तपाईँ घरमा नयाँपन चाहनुहुन्छ भने सानो सानो कुरालाई बदल्नुहोस् । जस्तै, पर्दा, टेबल रर्नस, बेड सिट, कभर आदि कुरालाई बदल्न सकिन्छ । यदि, तपाई घरमा बिरुवालाई धेरै प्रकारका कलरहरू लगाई अझ बढी आकर्षक बनाउन सकिन्छ । साथै, नक्कली फूल लिएर पनि घरलाई सजावट गर्न सकिन्छ । यस्तो गर्दा सस्तो पनि हुन्छ र धाएर फेरि पटक–पटक प्रयोग गर्न सकिन्छ ।
यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट
Ferne
What i don't realize is in reality how you are not actually a lot more well-liked than you may be now. You're so intelligent. You know therefore significantly in terms of this topic, produced me personally believe it from a lot of numerous angles. Its like men and women aren't fascinated except it is something to accomplish with Girl gaga! Your personal stuffs nice. At all times maintain it up! my web page :: сколько стоит свести тату