English

स–साना कुरालाई ध्यान नदिँदा घरको सुन्दरता बिग्रन्छ



सुन्दर गृहको चाहना सबैको हुन्छ । घर सानो होस वा ठूलो । आफ्नै होस वा भाडाको । स–साना कुराहरूलाई राम्रोसँग सजाउने हो भने सुन्दर देखिन्छ । तर, कतिपय स–साना कुरालाई ध्यान दिँदैनौँ र घरको सुन्दरतालाई बिगार्छौँ । जब घर सजाउनुहुन्छ, तब घरमा मायाका रङ्ग भरिन्छ । आउनुहोस् आज घरलाई सजाउने केही तरिका बताउने कोसिस गरेका छौँ ।

फर्निचर रिअरेन्ज

फर्निचरलाई घरमा एक निश्चित स्थानमा राखिन्छ । फर्निचरलाई पटक–पटक बदल्न सम्भव हुँदैन । यदि, तपाईँ आफ्नो घरमा बदल्न चाहनुहुन्छ भने घरको स्पेसको हिसाबले फर्निचरलाई रिअरेन्ज गर्न सकिन्छ । यदि, चाहने हो भने आफ्नो फर्निचरलाई पेन्ट गरेर नयाँ रूप दिन सकिन्छ । यो एउटा बदलावले गर्दा तपाईँको पूरा घरको नयाँ रूप बन्न सक्छ ।

फोकल पोइन्ट क्रिएट

भित्तामा फोकल पोइन्ट बनाउनुको फाइदा यो हुन्छ कि यसले गर्दा पूरै रुमको लुक्स ब्यालेन्स हुन्छ । साथै रुमको हरेक कुनामा डेकोरेसनको आवश्यक पर्दैन । आवश्यक पर्दैन कि भित्तामा फोकल पोइन्ट क्रिएट गर्नुपर्छ । रूममा गमला राखी या अन्य तरिकाबाट पनि फोकल क्रिएट गर्न सकिन्छ ।

गो ग्रिन

यदि, घरमा हरियाली भयो भने पूरै घर सुन्दर देखिन्छ । फूल बिरुवाहरूको सहयोगले घरलाई सजाउन सकिन्छ । यो सस्तो पनि हुन्छ र स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । यसले तपाईँको घरलाई सुन्दर बनाउन मद्दत गर्छ । यदि, स्पेस कम छ भने हेंगिग प्लांटिङको सहाराबाट पनि घरमा हरियाली बढाउन सकिन्छ । नयाँ आकार दिने भित्तालाई कोठाका भित्ताहरू पूरै कोठाको शान बढ्छ । यसको बदलावले कोठालाई सुन्दर बनाउँछ । विभिन्न कलर वा आजकल थ्री डी डिजाइनबाट पनि कोठालाई रियल लुक्स दिन्छ । यसले गर्दा पूरै रुमको रौनक बढ्छ र सुन्दर पनि देखिन्छ ।

सानो-सानो बदलाव

यदि, तपाईँ घरमा नयाँपन चाहनुहुन्छ भने सानो सानो कुरालाई बदल्नुहोस् । जस्तै, पर्दा, टेबल रर्नस, बेड सिट, कभर आदि कुरालाई बदल्न सकिन्छ । यदि, तपाई घरमा बिरुवालाई धेरै प्रकारका कलरहरू लगाई अझ बढी आकर्षक बनाउन सकिन्छ । साथै, नक्कली फूल लिएर पनि घरलाई सजावट गर्न सकिन्छ । यस्तो गर्दा सस्तो पनि हुन्छ र धाएर फेरि पटक–पटक प्रयोग गर्न सकिन्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



...
免费Binance账户

Your article helped me a lot, is there any more related content? Thanks!

...
binance Препоръчителство

Your article helped me a lot, is there any more related content? Thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested